NE/Prabhupada 0048 - आर्य सभ्यता



Lecture on BG 2.2-6 -- Ahmedabad, December 11, 1972

अनार्य जुष्टम्, "जीवनको प्रगतिशील महत्वलाई बुझ्ने मानिसहरुलाई यो शोभा नदिने ।" आर्यन् । आर्यन् भनेको जो प्रगतिशील छन् | महाभारतको युद्धभूमीमा अर्जुनको विचारलाई रद्द गरिएको विषयलाई अनार्य भनेर वर्णन गरिएको छ। आर्यन्, भगवद् गीतामा वर्णन गरिएको आर्य सभ्यताका अनुसार, भगवानद्वारा सुरु गरिएको मानव समाजमा चार वर्गहरू छन् ।

पहिले पनि हामीले बताएका छौं , धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६।३।१९ ) | कुनै पनि धार्मिक प्रकृयाको व्यवस्थालाई बुझ्नु पर्दछ कि: "भगवानले दिनुभएको हो ।" मानिसहरूले कुनै पनि धार्मिक व्यवस्था सुरु गर्न सक्दैनन् । यो आर्यन् व्यवस्था, प्रगतिशील व्यवस्था, चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४।१३ ) कृष्णले भन्नुहुन्छ, "यसलाई सामाजिक पद्धतिको राम्रो व्यवस्थापनको लागि मैले ल्याएको हुँ |" ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र। अर्जुन क्षत्रिय कुलका थिए। त्यसैकारण उनले युद्धभूमीमा लडाई गर्न हिचकिचाउनु आर्य जातीलाई शोभा नदिने किसिमको हो। राजकीय परिवारलाई अहिंस्रक हुनु राम्रो होइन। क्षत्रियहरू, युद्धभूमीमा लडाई गरिरहेका बेलामा, काटमार गर्नु उनीहरूलाई कुनै पाप होइन।

त्यसैगरी, ब्राह्मणले जब बली दिन्छन्, कहिलेकहीं पशु बली दिइन्छ, त्यसको मतलब उनले हिंसा गरेका होइनन् | पशुको बली मासु खानलाई गरिने होइन। यो त वैदिक मन्त्रको परिक्षण गर्नलाई गरिने हो। जो बली दिने ब्राह्मण छन् , उनीहरुले सहि ढंगमा वैदिक मन्त्र जप गरिरहेका छन् कि छैनन्, त्यसको परिक्षण पशु बली दिएर फेरी त्यस पशुलाई नयाँ जीवन दिएर हुन्थ्यो । पशुको बली त्यस्तो थियो। कहिलेकहीं घोडा र गाईको पनि बली दिइन्थ्यो । तर कलीयुगमा ती सबै प्रतिबन्धित छन् | किनभने यस युगमा याज्ञिक-ब्राह्मण छैनन् । यो युगमा सबै किसिमका बलीलाई वर्जित गरिएको छ। अश्वमेधं गवालम्भं सन्न्यासं पल​-पैतृकम् देवरेण सुतोत्पत्तिं कलौ पञ्च विवर्जयेत् (चै च अादि १७।१६४ ) अश्वमेध यज्ञ, गोमेध यज्ञ, सन्न्यास लिन र देवरबाट बच्चा जन्माउन, देवर भनेको पतीको भाई, यी सबै यस युगमा वर्जित छन् ।