NE/Prabhupada 0055 - श्रवणद्वारा कृष्णलाई छुने



Lecture on BG 2.18 -- Hyderabad, November 23, 1972

चैतन्य महाप्रभुको भविष्यवाणी: "जति पनि शहर र गाउँ यो पृथ्वीको सतहमा छन्, सबै ठाउँमा यो हरे कृष्ण मन्त्र, अथवा चैतन्य महाप्रभुको नामको, पुजा हुनेछ |" त्यो हुँदैछ | यो हरे कृष्ण सम्प्रदायलाई विश्व भरि फैलाउने ठुलो अवसर छ | त्यो व्यवहारिक छ | दुर्भाग्यवस, चैतन्य महाप्रभुले यो कुरा हरेक भारतीयलाई सुम्पिनुभए तापनि... यो होइन कि बंगालीलाई, किनकि उहाँ बंगालमा आउनुभयो | उहाँले कहिल्यै बंगलीलाई भन्नुभएन | उहाँले भन्नुभयो, भारत भुमिते मनुष्य जन्म हैल यार (चै च अादि ९।४१ ) | "यस पवित्र भारतवर्षको भूमिमा जसले मनुस्य जन्म लिएको छ, उसले आफ्नो जीवन सार्थक बनाउनुपर्छ |" जन्म सार्थक करी | तपाईले सुरुमा आफ्नो जीवन सार्थक नबनाई प्रचार गर्न सक्नुहुन्न | यदि म अपूर्ण रहन्छु भने म प्रचार गर्न सक्दिनँ | हामी पूर्ण हुनैपर्छ | त्यो त्यति गाह्रो छैन |

हामीसँग महान साधु एवं सन्तको र भगवान् कृष्णको मार्गनिर्देशन छ | त्यसैले हाम्रो जीवन सार्थक बनाउन त्यति गाह्रो छैन | हामी केवल उपेक्षा गरिरहेका छौं | यो हाम्रो दुर्भाग्य हो | मंदा: सुमंद-मतयो मंद भाग्या: (श्री भा १।१।१०) हामी मन्द भएको कारण, मन्द-मत:, हामीले केहि गलत तर्क, गलत "वाद" स्वीकार्छौं र आफ्नो समय नाश गर्छौं | हामीले शास्त्रबाट सहि बाटो ग्रहण गर्नुपर्छ | तब हामी बुद्धिमान हुनेछौं | सु-मेधस: | यज्ञै: संकीर्तन-प्रायैर् यजन्ति हि सु-मेधस: (श्री भा ११।५।३२ ) । छोटो विधि | बुद्धिमान मानिस आफ्नो जीवनको आध्यात्मिक प्रगतिको लागि यस संकीर्तन आन्दोलनमा सहभागी हुनेछन् | यो तथ्य हो, यो वैज्ञानिक छ, यो आधिकारिक छ |

त्यसैले उपेक्षा नगर्नुहोस् | यो हरे कृष्णको जप-कीर्तन मन र आत्मामा लिनुहोस्, र जहाँ पनि.... नियमितः स्मरणे न काल: | यसमा कुनै नियम-कानुन छैन, कि "तपाईले यो समयमा, यो स्थानमा जप-कीर्तन गर्नुपर्छ |" होइन | यो विशेषत: पतित जीवको लागि भएको कारण यसमा कुनै कडा नियम छैन | नाम्नाम् अकारि बहुधा निज​-सर्व​-शक्तिस् तत्रार्पिता नियमितः स्मरणे न कालः | यो नाम, कृष्णको पवित्र नाम कृष्ण समान शक्तिशाली छ | कृष्ण र कृष्णको नाममा कुनै अन्तर छैन | कृष्ण परम हुनुहुन्छ | त्यसैले कुनै अन्तर छैन, कृष्णको नाम, कृष्णको रुप, कृष्णको गुण, कृष्णको परिकर, कृष्णको लिला, कृष्णभन्दा भिन्न छैन | सबै कृष्ण हुन् |

यदि तपाई कृष्णको बारेमा सुन्नुहुन्छ भने तपाईले थाहा पाउनुपर्छ कि तपाई कृष्णलाई श्रवनद्वारा छुँदै हुनुहुन्छ | यदि तपाईले कृष्णको विग्रह देख्नुहुन्छ भने त्यो भनेको तपाईले कृष्णलाई व्यक्तिगत रुपमा देख्दै हुनुहुन्छ | किनकि कृष्ण परम हुनुहुन्छ | उहाँ तपाईको सेवा कुनै रुपमा स्वीकार गर्न सक्नुहुन्छ | किनकि कृष्ण सबै हुनुहुन्छ | ईशावास्यम् इदं सर्वं ( इशो १) । उहाँको शक्ति | परस्य ब्रम्हण: शक्तिस् तथेदम् अखिलं जगत् (विष्णु पुराण)। सबै कुरा कृष्णको शक्ति हो | त्यसैले यदि हामी थोरै ज्ञान सहित कृष्णको शक्तिको सम्पर्कमा छौं भने हामी प्रत्यक्ष कृष्णको सम्पर्कमा छौं | यो विधि हो |

जब तपाई निरन्तर कृष्णसँग सम्पर्कमा हुनुहुन्छ, त्यो कृष्ण भावाना हो | तब तपाई शुद्ध हुनुहुन्छ | शुद्ध | जस्तै यदि तपाईले एउटा फलामको छड आगोमा हाल्नुभयो भने, त्यो तातो हुन्छ, अझ तातो, अझ तातो, र अन्त्यमा त्यो तातेर रातो हुन्छ | जब त्यो तातेर रातो हुन्छ, त्यो आगो बन्छ | त्यो छड रहन्न | त्यसैगरी, यदि तपाई सधैं कृष्ण भावानामा रहनुहुन्छ भने तपाई कृष्ण समान बन्नुहुन्छ | यो विधि हो | तब सबै शुद्ध हुन्छ; तब तपाईको आध्यात्मिक जीवन प्रकट हुन्छ | तब तपाईको जीवन सफल हुन्छ |