NE/Prabhupada 0058 - आध्यात्मिक शरीरको अर्थ शाश्वत जीवन



Lecture on BG 2.14 -- Mexico, February 14, 1975

वास्तवमा आध्यात्मिक शरीर भनेको आनन्द र ज्ञानको शाश्वत शरीर | हामीसँग भएको वर्तमान शरीर, भौतिक शरीर, यो न शाश्वत छ, न आनन्दमय छ, न ज्ञानले पूर्ण छ | हामी सबैजना, हामीलाई थाहा छ कि यो भौतिक शरीर नाशवान् छ | र यो अज्ञानताले पूर्ण छ | हामी यो पर्खालभन्दा उता के छ भन्न सक्दैनौं | हामी केहि भन्न सक्दैनौं तर यी सबै सिमित छन्, अपूर्ण छन् | कहिलेकहीं हामी यी आँखामा धेरै गर्व गर्छौं र चुनौती दिन्छौं "के तिमी मलाई भगवान् देखाउन सक्छौ?" तर हामी बिर्सन्छौं कि प्रकाश जाने बित्तिकै हाम्रो आँखाको शक्ति जान्छ | तसर्थ हाम्रो सम्पूर्ण शरीर अपूर्ण र अज्ञानताले भरिएको छ |

आध्यात्मिक शरीर भनेको ज्ञानले भरिपुर्ण, ठ्याक्क उल्टो | हामीले त्यस्तो शरीर अर्को जन्ममा पाउन सक्छौं, र हामीले त्यस्तो शरीर पाउन आफुलाई विकास गर्नुपर्छ | हामीले अर्को शरीर उच्च लोकमा पाउन आफुलाई विकास गर्न सक्छौं वा हामीले अर्को शरीर कुकुर बिरालो जस्तो पाउन आफुलाई विकास गर्न सक्छौं र हामीले सत्-चिद्-आनन्दमय शरीर विकास गर्न सक्छौं | तसर्थ सबभन्दा बुद्धिमान मानिसले अर्को शरीर पूर्ण आनन्दमय, ज्ञानमय र शाश्वत चाहन्छ | यसको व्याख्या भगवाद् गीतामा गरिएको छ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम​ (भ गी १५।६ ) | त्यो ठाउँ, त्यो लोक, वा त्यो आकाश, जहाँ तपाई जानुहुन्छ र फेरी यो भौतिक जगतमा फर्कनुहुन्न | भौतिक जगतमा, तपाई उच्च लोक वा ब्रह्मलोकमा पुग्नुभए पनि, तपाई पुनः फर्कनुपर्छ | र यदि तपाईले आफ्नो सम्पूर्ण क्षमताका साथ आध्यात्मिक जगत्, आफ्नो घर, भगवाद् धाम जान खोज्नुहुन्छ भने, तपाईले पुनः यस भौतिक शरीर ग्रहण गर्न यहाँ आउनुपर्दैन |