NE/Prabhupada 0066 - हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ



Lecture on BG 16.4 -- Hawaii, January 30, 1975

अब हामीले चुन्नुपर्छ कि हामी भक्त बन्न चाहन्छौं वा हामी दानव रहन चाहन्छौं | त्यो हाम्रो इच्छा हो | कृष्णले भन्नुहुन्छ कि "तिमी यो दानवीय प्रवृत्त त्याग र ममा शरणागत होऊ |" त्यो हो कृष्णको इच्छा | तर यदि तपाई कृष्णको इच्छासँग सहमत हुनुहुन्न, यदि तपाई आफ्नै इच्छापूर्ति गर्न चाहनुहुन्छ भने तब पनि कृष्ण खुसी हुनुहुन्छ, उहाँले तपाईको आवश्यकता पुरा गर्नुहुन्छ | तर त्यो त्यति राम्रो होइन | हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ |

हामीले आफ्नो इच्छा, दानवीय इच्छालाई बढ्न दिनुहुँदैन | यसलाई भनिन्छ तपस्या | हामीले आफ्नो इच्छा त्याग्नुपर्छ | त्यसलाई भनिन्छ त्याग | हामीले केवल कृष्णको इच्छा मान्नुपर्छ | यो भगवद् गीताको उपदेश हो | अर्जुनको इच्छा झगडा नगर्ने थियो, तर कृष्णको इच्छा झगडा गर्ने थियो, ठ्याक्क उल्टो | अर्जुन अन्तिममा कृष्णको इच्छासँग सहमत भए: "हुन्छ," करिष्ये वचनं तव (भ गी १८।७३ ): "हुन्छ, म हजुरको इच्छा अनुरुप काम गर्छु |"

त्यो हो भक्ति | यो भिन्नता छ भक्ति र कर्मबीच | कर्म भनेको आफ्नो इच्छा पुरा गर्नु र भक्ति भनेको कृष्णका इच्छा पुरा गर्नु | त्यहि हो भिन्नता | अब आफुले चुन्नुहोस्, तपाई आफ्ना इच्छाहरु पुरा गर्न चाहनुहुन्छ या तपाई कृष्णका इच्छा पुरा गर्नुहुन्छ | यदि तपाई कृष्णको इच्छा पुरा गर्ने निर्णय गर्नुहुन्छ भने तपाईको जीवन सफल हुन्छ | यो हो हाम्रो कृष्ण भावनाभावित जीवन | "कृष्णले यो चाहनुहुन्छ, मैले गर्नैपर्छ | मैले आफ्नो लागि केहि गर्दिनँ |" त्यो हो वृन्दावन |

सबै वृन्दावनका वासीहरु, तिनीहरु कृष्णको इच्छा पुरा गर्न चाहन्छन् | ग्वालबालहरू, बाच्छाहरु, गाईहरू, रुखहरु, फुलहरु, पानी, गोपीहरु, वयोवृद्ध वासीहरु, माता यशोदा, नन्द, उनीहरु सबै कृष्णको इच्छा पुरा गर्न लाग्छन् | त्यो हो वृन्दावन | तपाईले पनि यस भौतिक जगतलाई वृन्दावनमा परिणत गर्न सक्नुहुन्छ, यदि तपाई कृष्णको इच्छा पुरा गर्न सहमत हुनुहुन्छ | त्यो हो वृन्दावन | र यदि तपाई आफ्ना इच्छा पुरा गर्न चाहनुहुन्छ भने त्यो भौतिक हुन्छ | यो हो भिन्नता भौतिक र आध्यात्मिकबीच |