NE/Prabhupada 0073 - वैकुण्ठ भनेको दु:खरहित



Lecture on BG 10.2-3 -- New York, January 1, 1967


यो होइन कि यस सङ्गमा तपाईले यसो गर्नुपर्छ | तपाईले यो कला सिक्न सक्नुहुन्छ, र तपाईले घरमा पनि गर्न सक्नुहुन्छ | तपाईले पनि यस्तो परिकार, राम्रो परिकार घरमा बनाउन सक्नुहुन्छ, कृष्णलाई भोग लगाउन सक्नुहुन्छ |यो त्यति गाह्रो छैन | हामी हरेक दिन बनाउँछौं, कृष्णलाई भोग लगाउछौं र मन्त्र जप्छौँ, नमो ब्रह्मण्य​-देवाय गो-ब्राह्मण​-हिताय च जगद्-धिताय कृष्णाय गोविन्दाय नमो नमः | यति हो | यो त्यति गाह्रो छैन |

सबैले भोजन तयार गर्न सक्छन् र कृष्णलाई भोग लगाएर ग्रहण गर्न सक्छन्, परिवारसँग वा साथीसँग बसेर, कृष्णको तस्विर अघि जप्न सक्छन्,

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे

र शुद्ध जीवन बाँच्न सक्छन् | नतिजा त हेर्नुहोस् | यदि हरेक घर, हरेक मानिसले कृष्णलाई बुझ्ने यस सिद्धान्तलाई आत्मसात गर्छ भने..... सारा संसार वैकुण्ठ बन्छ |

वैकुण्ठ भनेको जहाँ दु:ख हुँदैन | वैकुण्ठ | वै भनेको बिना, र कुण्ठ भनेको दु:ख | यो संसार दु:खले भरिएको छ | सदा समुद्विग्न धियाम् असद् ग्रहात् (श्री भा ७।५।५ ) | हामीले यो क्षणिक भौतिक जीवन रोजेको कारण हामी सधैँ दु:खमा अल्झिएका छौं | आध्यात्मिक जगतमा यसको ठिक उल्टो हुन्छ, जहाँका ग्रहहरुलाई वैकुण्ठ भनिन्छ | वैकुण्ठ भनेको दु:खरहित |

हामी दु:खबाट मुक्त हुन चाहन्छौं | सबैजना आफुलाई दु:खबाट मुक्त गर्न प्रयासरत छन् तर उनीहरुलाई थाहा छैन कि यो दु:खबाट कसरी मुक्त हुने | आफुलाई दु:खबाट मुक्त पार्न नशाको आश्रय लिनु फलदायी हुँदैन | यो लागुऔषध हो | यो विस्मृति मात्र हो | कहिलेकहीं, हामी सबै बिर्सन्छौं तर फेरी जब आफ्नो चेतनामा आइन्छ, उहि दु:ख र उहि कुरा छ | त्यसैले यसले मदत गर्दैन |

यदि तपाईलाई दु:खबाट मुक्ति चाहिन्छ र यदि तपाईलाई साच्चिकै आनन्द र ज्ञान सहितको नित्य जीवन चाहिन्छ भने यो विधि हो | यो विधि हो | तपाईले कृष्णलाई बुझ्नुपर्छ | यहाँ स्पष्ट भनिएको छ कि न मे विदु: सुर गणा: (भ गी १०।२ ) | कसैले बुझ्न सक्दैन | तर एउटा उपाय छ | सेवोन्मुखे हि जिह्वादौ स्वयं एव स्फ़ुरति अद: (भ र सि १|२|२३४) | यो विधि हो |

श्रीमद् भागवतमा धेरै स्थानमा यो विधिलाई विभिन्न तरिकाले व्याख्या गरिएको छ | जस्तै एक ठाउँमा भनिएको छ

ज्ञाने प्रयासम् उदपास्य नमन्त एव
जीवन्ति सन्-मुखरितां भवदीय​-वार्ताम्
स्थाने स्थिताः श्रुति-गतां तनु-वाङ्-मनोभिर्
ये प्रायशो ऽजित जितो ऽप्य् असि तैस् त्रि-लोक्याम्
(श्री भा १०।१४।३ )

यो धेरै राम्रो श्लोक छ | यहाँ भनिएको छ कि अजित, कसैले जान्न सक्दैन | भगवानको अर्को नाम अजित हो | अजित भनेको कसैले उहाँलाई जित्न सक्दैन | कोहि उहाँसम्म पुग्न सक्दैन | त्यसैले उहाँको नाम अजित हो | अजितलाई जित्न सकिन्छ | अजित जितो ऽपि असि | यद्यपि भगवानलाई बुझ्न सकिन्न, भगवानलाई जित्न सकिन्न, तर पनि, उहाँ जितिनुहुन्छ | कसरी? स्थाने स्थिता: |