NE/Prabhupada 0077 - तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ



Ratha-yatra -- San Francisco, June 27, 1971

कृष्णले भन्नुहुन्छ, जो निरन्तर रुपमा, चौबिस घण्टा कृष्णको सेवा संग्लग्न हुन्छ..... जस्तै यी कृष्ण भावनामृत संघका शिष्यहरु, तपाईले यिनीहरुलाई चौबिस घण्टा कृष्णको सेवामा लागिरहेको पाउनुहुन्छ | यहि हो, मैले भन्नुको मतलब, कृष्णभावनाको महत्व | तिनीहरू सधैंभरि संग्लग्न हुन्छन् । यो रथयात्रा उत्सव पनि एउटा साधन हो जसद्वारा एक दिन, तपाईहरु सबैजना कृष्ण भावनामा संग्लग्न हुन पाउनुहुनेछ । यो त एउटा अभ्यास मात्र हो, र यदि तपाईहरूले जीवनभरि अभ्यास गर्नुहुन्छ भने मृत्युको समयमा, यदि तपाईले कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ भने तपाईहरूको जीवन सफल हुनेछ। अभ्यास आवश्यक छ |

यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) |

हामीले यो शरिर त्याग्नैपर्छ, यो पक्का छ । तर मृत्युको समयमा यदि हामीले कृष्णलाई स्मरण गर्छौं भने तत्काल तपाईहरूलाई कृष्णको धाममा स्थानान्तरण गराइनेछ । कृष्ण सर्वव्यापि हुनुहुन्छ, तर पनि उहाँको विशेष धाम छ, जसलाई गोलोक वृन्दावन भनिन्छ । तपाईले बुझ्नुहुन्छ कि यो शरीर, शरीर अर्थात् इन्द्रियहरु, र इन्द्रियहरुभन्दा माथि मन छ, जुन धेरै सुक्ष्म छ र इन्द्रियहरुलाई नियन्त्रण गर्छ, र मनभन्दा माथि बुद्धि छ, र बुद्धिभन्दा माथि आत्मा छ | हामीसँग कुनै जानकारी छैन तर यदि हामीले यस भक्तियोग विधिको अभ्यास गर्छौं भने क्रमिक रुपमा हामीले आफुलाई बुझ्छौं | हामी यो शरीर होइनौं | यो कुरा ठुला-ठुला लेखक, दार्शनिक र वैज्ञानिकहरुलाई पनि थाहा छैन, उनिहरू पनि शरीरको धारणामा अवस्थित छन् । सबैले सोच्दैछन् कि "म यो शरीर हुँ", तर यो त गलत धाराणा हो। हामीहरू वास्तवमा यो शरीर होइनौं । भर्खर मैले बताएँ |

शरीर अर्थात् इन्द्रियहरू, तर इन्द्रियहरु मनद्वारा नियन्त्रित छन्, र मन बुद्धिद्वारा नियन्त्रित छ, र बुद्धि आत्माद्वारा नियन्त्रित छ | तपाईहरूलाई यो कुरा थाहा छैन। संसारमा कतै पनि आत्माको अस्तित्व बुझाउने शैक्षिक संस्था छैन, जुन मानव जातीले बुझ्नु पर्ने आधारभुत आवश्यकता हो । मानव जीवन पशु जसरी समय नाश गर्नका लागि होइन, केवल खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | यो त पशुको जीवन हो। मानवको थप बुद्धिको उपयोग यो बुझ्नमा लगाउनुपर्छ कि "म के हुँ? म एक आत्मा हुँ |" यदि हामीले बुझ्छौं कि "म आत्मा हुँ", शरिरको धारणामा आधारित जीवन, जसले यो संसारमा तनाव ल्याएको छ..... जीवनको शारीरिक अवधारणामा म सोच्दैछु "म भरातीय हुँ" तपाई सोच्दै हुनुहुन्छ "अमेरिकी" उसले केहि सोच्दैछ | तर हामी सबै एक हौँ | हामीहरू सबै आत्मा हौँ । हामी सबै कृष्ण, जगन्नाथका नित्य दास हौं।

आज धेरै राम्रो, पुण्य दिन हो । यसै दिन भगवान् कृष्ण, जब यो पृथ्वीमा उपस्थित हुनुहुन्थ्यो, उहाँ सूर्य ग्रहण लागेको बेलामा कुरुक्षेत्रमा जानुभयो, र कृष्णले, आफ्ना दाजु बलराम र बहिनी सुभद्राका साथमा कुरुक्षेत्रको मैदानमा सवार हुनुभयो। भारतमा उक्त कुरुक्षेत्र भूमि अझै पनि छ। कुनै दिन तपाईहरु भारतमा जानुभयो भने कुरुक्षेत्र भूमि आफैंले देख्न सक्नुहुनेछ । यो रथयात्रा स्मरणोत्सव कृष्ण आफ्ना दाजु र बहिनीका साथमा कुरुक्षेत्रको भ्रमण गर्नुभएको यादमा मनाइन्छ | भगवान् जग्नाथ, भगवान् चैतन्य महाप्रभु, उहाँ परम आनन्दमा हुनुहुन्थ्यो | उहाँ राधारानीको जस्तै प्रेमभावमा हुनुहुन्थ्यो, उहाँले सोच्नुहुन्थ्यो,"कृष्ण, कृपया फेरी वृन्दावन आउनुहोस् |" उहाँ रथयात्रा अगाडि नाच्दै हुनुहुन्थ्यो र तपाईले बुझ्नुहुनेछ, यदि तपाई हाम्रो समाजद्वारा प्रकाशित पुस्तक पढ्नुहुन्छ | एउटा पुस्तक छ, भगवान् श्री चैतन्य महाप्रभुका दिव्योपदेश । यो पुस्तक महत्वपूर्ण छ।

यदि कृष्णभावनामृत अभियानको बारेमा जान्न चाहनुहुन्छ भने हामीकहाँ धेरै पुस्तक छन् । तपाईहरूले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ | यदि तपाईलाई अध्ययन गर्न इच्छा छैन भने, यदि तपाईले केवल हरे कृष्ण जप्नुहुन्छ भने क्रमिक रुपमा तपाई सामु सबै कुरा प्रकट हुनेछ, र तपाईले कृष्णसँगको आफ्नो सम्बन्ध बुझ्नुहुनेछ |

यो उत्सवमा सहभागी हुनुभएकोमा म तपाईहरूलाई धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबैले हरे कृष्ण महामन्त्र जपौं र जगन्नाथ स्वामीका साथमा जाऔं । हरे कृष्ण ।