NE/Prabhupada 0083 - हरे कृष्ण जप्नुहोस्, सबै कुरा आउनेछ



Lecture on SB 7.9.11-13 -- Hawaii, March 24, 1969

प्रह्लाद महाराज भन्नुहुन्छ - हामीले यस बारे पहिले छलफल गरेका छौँ- कि यसको लाफी कुनै योग्यता आवश्यक छैन । भगवानलाई शान्त बनाउन, सन्तुष्ट बनाउन र खुसी पार्न कुनै किसिमको पूर्वयोग्यता चाहिंदैन: अथवा विश्वविद्यालयको परिक्षामा उतिर्ण भएको हुनुपर्छ भन्ने होइन, अथवा तपाईहरू रकेफेलर वा फर्ड जस्तो धनी हुनुपर्छ भन्ने पनि होइन, अथवा तपाई यस्तो र उस्तो हुनुपर्छ भन्ने पनि होइन......केही सर्तहरू छैनन् भक्ति गर्नको लागि । अहैतुक्य् अप्रतिहता | यदि तपाई कृष्णलाई प्रेम गर्न चाहनुहुन्छ भने कुनै रोक छैन | कुनै रोक छैन | बाटो खुल्ला छ। तपाईहरु केवल आज्ञाकारी हुनुपर्नेछ। त्यति मात्र हो। तब कृष्णले बाटो खुला पारिदिनुहुनेछ | र यदी आज्ञाकारी हुनुभएन भने कृष्णकी माया शक्ति छिन्। माया शक्तिले जहिले पनि बाधा लगाइदिनेछिन्:"यो होइन, यो होइन, यो होइन |"

प्रह्लाद महाराजले निर्णय लिनुभयो कि,"म बालक भएता पनि, मेरो शैक्षिक योग्यता छैन, मैले वेद अध्ययन गरेको छैन, र नास्तीक परिवारमा, निच कुलमा जन्मिएको छु , सबै खराब योग्यता मात्र छन्...... यसो हुँदा, भगवानको भक्ति धर्मी र बुद्धीमानी मानिसहरूले गर्दछन्, वेदको श्लोक उच्चारण गरेर, र ब्राम्हणहरु, सुसंस्कृत | मसँग यस्तो योग्यता छैन । तर पनि, यी सबै देवीदेवताहरू, जो आ-आफ्नो उच्च अवस्थामा हुनुहुन्छ, उहाँहरुले मलाई अनुरोध गर्नुभयो | यसको मतलब भगवान् मद्वारा पनि शान्त हुनुहुन्छ | अन्यथा उहाँहरुले कसरी सिफारिश गर्नुभयो? त्यसैले, मेरो जे जस्तो योग्यता छ, मेरो जे जस्तो बुद्धि छ, म कृष्णलाई अर्पण गर्न सक्छु |"

हाम्रो कृष्णभावनामृत अभियान पनि यसै किसिमको छ, कि तपाईहरुको जे जस्तो योग्यता छ, त्यो नै पर्याप्त छ | तपाईहरुले त्यही योग्यताबाट सुरु गर्नुहोस् । आफ्नो योग्यताबाट कृष्णको सेवा गर्ने प्रयास गर्नुहोस् । किनभने, वास्तविक योग्यता- तपाईको सेवा भाव हो | त्यो नै वास्तविक योग्यता हो। यो भावनालाई विकास गर्नुहोस, बाहिरी योग्यता होइन, सुन्दरता, धन, ज्ञान, चाहिने होइन। यी कुराहरुको मूल्य हुँदैन। यिनीहरु तब मूल्यवान हुन्छन् जब कृष्णको सेवामा लागाइन्छन् | यदी तपाई निकै धनी हुनुहुन्छ भने, यदि तपाईले आफ्नो सम्पत्ति कृष्णको सेवामा लगाउनुहुन्छ भने...... त्यो ठिक छ। तर यो जरुरि छैन कि तपाई निकै धनी हुनुपर्छ | तब तपाई कृष्णको सेवा गर्न सक्नुहुन्छ |

प्रह्लाद महाराज भन्नुहुन्छ, नीचो अजया गुण​-विसर्गम् अनुप्रविष्टः पूयेत येन पुमान् अनुवर्णितेन​ | अब कसैले प्रश्न गर्नसक्छ कि प्रह्लाद दुष्ट पिताका छोरा हुनुहुन्थ्यो। यो तर्क मात्र हो। प्रह्लाद दुष्ट हुनुहुन्नथ्यो, यो त तर्क लागी मानिएको हो, सानो जातमा जन्मेको,अथवा सानो परिवारको, यस्तो र उस्तो, मानिसहरुले जे पनि भन्छन् | तर प्रह्लाद महाराज भन्नुहुन्छ कि,"जब मैले सुरुवात गर्छु, केवल भगवानको गुण गाउन, तब मेरो शुद्धिकरण हुनेछ।" यदि मैले शुद्धिकरण गराउने मन्त्र जपें भने.......यो हरे कृष्ण महामन्त्र शुद्धिकरणको विधि हो | यो होइन कि पहिला म शुद्ध हुनुपर्छ र त्यसपछि हेर कृष्ण जप्न हुन्छ | होइन। तपाई जप्न सुरु गर्नुहोस् | तब तपाईको शुद्धिकरण हुनेछ | तपाई शुद्ध हुनुहुनेछ | जप गर्न सुरु गर्नुहोस् | जे जस्तो परिस्थीतिमा पनि, त्यसको मतलब छैन।

वास्तवमा मैले यसको सुरुवात, यो कृष्ण भावनामृत अभियानको- यो होइन कि उनीहरु शुद्ध स्थितिमा आएका थिए | यो कुरा तपाईहरू सबैलाई थाहा छ कि जो मकहाँ आएका थिए, तिनीहरु बच्चादेखि तालिमप्राप्त थिए..... भारतीय स्तर अनुसार उनीहरुलाई स्वच्छताको सिद्धान्त पनि थाहा छैन | शुद्धताको प्रश्न कहाँ गर्ने ? तपाई बुझ्नुहुन्छ | भारतमा यो प्रथा सानैदेखि छ, एउटा बालकलाई सानैदेखि बिहान नुहाउन, दांत माझ्न सिकाइन्छ। हो | मलाई याद छ, मेरो दोस्रो छोरो जब चार वर्षको थियो, बिहान खाजाभन्दा पहिला म उसलाई सोध्ने गर्थें,"आफ्नो दाँत देखाऊ।" उसले पनि दाँत देखाउँथ्यो...."हो |" "ठिक छ, तिमीले दांत माझेको छौ | त्यो ठिक छ | अब तिमी खाजा खान पाउँछौ |" त्यहाँ यस्तो तालीम हुन्छ | तर यहाँ, यो देशमा,त्यस्तो तालिम.... अवश्य पनि, कतै-कतै छन्, तर त्यस्तो कडा रुपमा होइन | तर यसको मतलब छैन। हरे कृष्ण जप्नुहोस् | हरे कृष्ण सुरु गर्नुहोस् । तब सबै कुरा आउनेछ | सबै आउनेछ |