NE/Prabhupada 0092 - हामीले आफ्ना इन्द्रियलाई कृष्णको सन्तुष्टिको निमित्त प्रशिक्षण दिनुपर्छ



Lecture on BG 2.20-25 -- Seattle, October 14, 1968


जो यस भौतिक जगतमा छन्, तिनीहरु इन्द्रियतृप्तिबाट बाँधिएका छन् | उच्च लोकमा या तल्लो लोकमा | जस्तै जनावर राज्यमा इन्द्रिय संवेग हुन्छ, र मानवमा पनि | के यो मानव? हामी सभ्य जीव हौँ, हामी के गर्दैछौं ? उही कुरा | आहार, निद्र, मैथुन | उही कुरा जुन कुकुरले गर्दैछ | भौतिक जगतमा जहाँ पनि, उच्च लोकमा या तल्लो लोकमा, इन्द्रियतृप्ति प्रधान छ | केवल आध्यात्मिक जगतमा इन्द्रियतृप्ति हुँदैन | त्यहाँ केवल कृष्णलाई सन्तुष्ट गर्ने प्रयास हुन्छ | त्यो... यहाँ सबैजना आफ्नो इन्द्रिय सन्तुष्ट पार्न प्रयासरत छन् | त्यो भौतिक जगतको नियम हो | त्यो भौतिक जीवन हो | जबसम्म तपाई आफ्नो इन्द्रिय सन्तुष्ट गर्न चाहनुहुन्छ, त्यो तपाईको भौतिक जीवन हो | र जब तपाई कृष्णका इन्द्रियलाई सन्तुष्ट गर्न थाल्नुहुन्छ, त्यो तपाईको आध्यात्मिक जीवन हो | यो धेरै सजिलो कुरा हो | आफ्नो सन्तुष्ट गर्नुभन्दा..... हृषीकेण हृषिकेश सेवनम् (सी सी मध्य १९।१७०) |

त्यो भक्ती हो | तपाईसँग इन्द्रिय छन् | तपाईले सन्तुष्ट गर्नुपर्छ | इन्द्रिय, इन्द्रियबाट तपाईले सन्तुष्ट पार्नुपर्छ | आफुलाई सन्तुष्ट पार्नुहोस्... तर तपाईलाई थाहा छैन | बद्ध जीवहरु यो जान्दैनन् कि कृष्णका इन्द्रियलाई सन्तुष्ट पार्दा, उसको इन्द्रिय स्वत: सन्तुष्ट हुन्छ | उही उदाहरण | जस्तै जरामा पानी हाल्दा.... वा यी औंलाहरु, मेरो शरीरको अंश, पेटलाई खानेकुरा दिंदा स्वत: औंलाहरु सन्तुष्ट हुन्छन् | यो रहस्य हामीहरुले छुटाएका छौं | हामी सोच्दैछौं कि हामी आफ्ना इन्द्रियाहरुलाई सन्तुष्ट गरेर खुसी हुन्छौं | कृष्ण भावना भनेको आफ्नो इन्द्रिय सन्तुष्ट पार्ने प्रयास नगर्नुहोस् | तपाई कृष्णका इन्द्रियहरु सन्तुष्ट पार्ने प्रयास गर्नुहोस्; स्वत: तपाईका इन्द्रियहरु सन्तुष्ट हुनेछन् | यो कृष्ण भावनाको रहस्य हो | विपक्षीहरु, तिनीहरु सोच्छन् "ओहो! म किन सन्तुष्ट पार्ने? म कृष्णको लागि किन दिन-रात काम गर्ने? बरु कर्मीको लागि प्रयास गरूँ |" जस्तै तपाईहरु दिन-रात कृष्णको लागि कार्यरत हुनुहुन्छ, तिनीहरु सोच्दैछन्, "तिनीहरु कस्ता मूर्ख हुन् | हामी धेरै बुद्धिमान छौं | हामी आफ्नै इन्द्रियतृप्तिको लागि दिन-रात काम गर्दैछौं, र तिनीहरु किन कृष्णको लागि कार्यरत छन्?" यो भिन्नता छ भौतिकवादी र अध्यात्मवादी बिचको | अध्यत्मवादीको प्रयास भनेको दिन-रात मेहेनतपूर्वक काम गर्ने, कुनै विराम बिना, केवल कृष्णको लागि |

त्यो आध्यात्मिक जीवन हो | र भौतिकवादी भनेको उही प्रयास, सधैं आफ्नो व्यक्तिगत इन्द्रिय सन्तुष्ट पार्न | त्यो भिन्नता छ, भौतिकवादी र अध्यात्मवादीबीच | त्यसैले कृष्ण भावनामृत अभियान भनेको हामीले आफ्नो इन्द्रियलाई कृष्णको सन्तुष्टिको लागि अभ्यास दिनुपर्छ | त्यति हो | धेरै पहिलेदेखि, हजारौं-लाखौँ जीवनमा, हामीले केवल आफ्नो इन्द्रिय,व्यक्तिगत इन्द्रिय सन्तुष्ट पार्ने प्रयास गर्यौं | यो जीवन कृष्णको इन्द्रिय सन्तुष्ट पार्न समर्पित होस् | त्यो हो कृष्ण भावना | एक जीवन | हामीले कैयौं जीवनमा आफ्नो व्यक्तिगत इन्द्रिय सन्तुष्ट पार्ने प्रयास गर्यौं | यो जीवन, कम्तिमा एक जीवन, प्रयास गरेर हेरौं, के हुन्छ | हामी हरुवा होइनौं | हामीले आफ्ना इन्द्रियलाई सन्तुष्ट नपार्दा असुविधाको अनुभव भए तापनि हामी हरुवा होइनौं | केवल कृष्णको इन्द्रिय सन्तुष्ट पार्ने प्रयास गर्नुहोस, तब सब ठिक हुनेछ |