NE/Prabhupada 0105 - यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ



Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972


भक्त: श्रील प्रभुपाद, कसैले प्रश्न राखेका थिए कि "यो अभियानलाई हजुर पछि कसले अघि बढाउनेछन् ?"

प्रभुपाद: जसले मलाई भन्छ, उसले गर्नेछ | (हाँसो चल्छ)

भारतीय मानिस(५): के म आफ्ना प्रिय भक्तहरुलाई हजुरको आज्ञ पालन गर्ने भन्न सक्छु , हजुर पछि यो अभियानलाई अघि बढाउने, श्री भक्तिवेदान्त प्रभु पछि जे हुन्छ, यो गतिलाई कायम राख्न: हरे कृष्ण, हरे कृष्ण |

प्रभुपाद: त्यो कुरा भगवद्-गीतामा उल्लेख गरिएको छ:

इमं विवस्वते योगं
प्रोक्तवान् अहम् अव्ययम्
विवस्वान् मनवे प्राह
मनुर् इक्ष्वाकवे ऽब्रवीत्
(भ गी ४|१)

सर्वप्रथम, कृष्णले यस कृष्ण भावनाको विज्ञान सूर्यदेवलाई भन्नुभयो, र सूर्यदेव विवस्वानले आफ्ना छोरा मनुलाई | र मनुले आफ्ना छोरा इक्ष्वाकुलाई | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझ्न सकिन्छ | जसरी हामीले आफ्ना गुरु महाराजबाट परम्परामा बुझेका छौं, त्यसैगरी जो शिष्यले बुझेका छन्, उनीहरुले अघि बढाउनेछन् | यो विधि हो | यो नयाँ कुरा होइन | यो पुरानो कुरा हो | केवल हामीले यसलाई ठिक ढंगले वितरण गर्नुपर्छ, जसरी हामीले आफ्ना पूर्व आचार्यबाट सुनेका छौं | तसर्थ भगवद् गीतामा सिफारिश गरिएको छः आचार्य उपासनम्:"मानिस आचार्य समक्ष जानैपर्छ |" आचार्यवान् पुरुषो वेद​ । केवल मनागढ़न्ते तरिकाबाट, तथाकथित विद्वताबाट यो सम्भव छैन | यो सम्भव छैन | आचार्य समक्ष जानैपर्छ | आचार्य परम्परा विधिबाट, गुरु शिष्य परम्पराबाट आएका हुन्छन् | तसर्थ कृष्णले सिफारिश गर्नुहुन्छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया: (भ गी ४|३४) | "आचार्य समक्ष गएर प्रणिपात, समर्पणबाट बुझ्ने प्रयास गर्नुपर्छ |" सारा कुरा आत्मसमर्पणमा निर्भर गर्छ | ये यथा मां प्रपद्यन्ते | शरणागतिको विधि, शरणागतिको स्तर कृष्णलाई बुझ्ने तरिका हो | यदि हामी पूर्णतः शरणागत हुन्छौं भने हामीले पूर्ण रुपमा कृष्णलाई बुझ्न सक्दछौं | यदि हामी केहि मात्रामा शरणागत छौं भने हामीले केहि मात्रामा कृष्णलाई बुझ्न सक्दछौं | त्यसैले ये यथा मां प्रपद्यन्ते | शरणागतिको अनुपात | जसले पूर्ण आत्मसमर्पण गरेको छ, उसले यो दर्शन बुझ्न सक्छ र कृष्णको कृपाले उसले प्रचार पनि गर्न सक्छ |