NE/Prabhupada 0124 - हामीले आध्यात्मिक गुरुको वाणीलाई आफ्नो जीवन र आत्माको रुपमा लिनुपर्छ



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Disappearance Day, Lecture -- Los Angeles, December 9, 1968

आफ्नो जीवनकालमा उहाँ अखण्ड ब्रह्मचारी हुनुहुन्थ्यो | भक्तिविनोद ठाकुरका अरु धेरै पुत्रहरु थिए, र उहाँ पाचौं पुत्र हुनुहुन्थ्यो | उहाँका केहि अरु दाजुभाईले पनि विवाह गर्नुभएन | मेरो गुरु महाराज, उहाँले पनि विवाह गर्नुभएन | बाल्यकालदेखि उहाँ पक्का ब्रह्मचारी हुनुहुन्थ्यो, भक्तिसिद्धान्त सरस्वती गोस्वामी महाराज | उहाँले यो अभियान, विश्वव्यापी अभियान सुरुवात गर्न निकै कठिन तपस्याहरु गर्नुभयो | त्यो उहाँको लक्ष्य थियो | भक्तिविनोद ठाकुरले यो गर्न चाहनुहुन्थ्यो | उहाँले, १८९६मा भक्तिविनोद ठाकुरले यस कृष्ण भावनामृत अभियानलाई यहाँ चिनाउन चाहनुहुन्थ्यो, आफ्नो यस पुस्तक पठाएर, श्री चैतन्य महाप्रभु, उहाँको जीवन र उपदेश | भाग्यवश, त्यस वर्ष मेरो जन्म-वर्ष थियो र कृष्णको प्रबन्धले हामी सम्पर्कमा आयौं | म भिन्न परिवारमा जन्मिएको थिएँ, मेरो गुरु महाराज भिन्न परिवारमा जन्मिनुभएको थियो | कसलाई थाहा थियो कि म उहाँको संरक्षणमा आउनेछु ? कसलाई थाहा थियो कि म अमेरिका आउनेछु ? कसलाई थाहा थियो कि अमेरिकी युवाहरु मकहाँ आउनेछन् ? यो सब कृष्णको प्रबन्ध हो | हामी बुझ्न सक्दैनौं कि कसरी यी कार्यहरु हुँदैछन् |

१९३६मा...आज नवौं डिसेम्बर, १९३८(६८) हो | यसको मतलब बत्तीस वर्षअघि | त्यतिबेला म बम्बईमा केहि व्यापार गरिरहेको थिएँ | अचानक, सायद यस मितिमा, नवौं वा दशौँ डिसेम्बरको बिचमा | त्यस समयमा गुरु महाराज थोरै अस्वस्थ हुनुहुन्थ्यो र उहाँ जगन्नाथ पुरीमा हुनुहुन्थ्यो, समुद्र किनारमा | मैले उहाँलाई पत्र लेखें, "मेरा प्रिय गुरु महाराज, हजुरका अरु शिष्यहरू, ब्रह्मचारी, सन्यासीले हजुरको प्रत्यक्ष सेवा गरिरहेका छन् | र म गृहस्थ छु | म हजुरसँग बस्न सक्दिनँ, मैले हजुरको सेवा राम्रोसँग गर्न सकिरहेको छैन | मलाई थाहा छैन | म हजुरको सेवा कसरी गर्न सक्छु ?" केवल एक विचार, मैले उहाँको सेवा गर्ने सोचिरहेको थिएँ ,"म उहाँको सेवा कसरी गम्भिरतापूर्वक गर्न सक्छु ?" मैले त्यसको जवाफ १३ डिसेम्बर, १९३६मा पाएँ | त्यस पत्रमा उहाँले लेख्नुभयो,"मेरो प्रिय यो-यो, म तिम्रो पत्र पाएर निकै प्रसन्न छु | मलाई लाग्छ तिमीले हाम्रो अभियान अंग्रेजीमा अघि बढाउनुपर्छ |" त्यो थियो उहाँको लेखन |

"र त्यसले तिमीलाई र तिम्रो मदत गर्ने व्यक्तिहरुलाई राम्रो गर्नेछ |" "र म चाहन्छु..." त्यो थियो उहाँको उपदेश | र १९३६मा, ३१ डिसेम्बरमा, त्यो भनेको आफ्नो प्रस्थानको दुई साताअघि यस पत्र लेखेपछि- उहाँ बित्नुभयो | तर मैले आफ्नो गुरु महाराजको आदेश निकै गम्भिरतापूर्वक लिएँ, तर मैले सोचिनँ कि मैले यसो-यसो गर्नुपर्नेछ | म त्यस समयमा गृहस्थ थिएँ | तर यो कृष्णको प्रबन्ध हो | यदि हामी पक्का रुपमा गुरुको, उहाँको आदेशको सेवा गर्न चाहन्छौं भने कृष्णले हामीलाई सबै सुविधा दिनुहुनेछ | त्यो हो रहस्य | यद्यपी कुनै सम्भावना थिएन, मैले कहिल्यै सोचिनँ, तर मैले यसलाई थोरै गम्भिरतापूर्वक लिएँ विश्वनाथ चक्रवर्ती ठाकुरद्वारा भगवद् गीतामाथि गरिएको टिका पढेर | भगवद् गीतामा व्यवसायात्मिका-बुद्धिर् एकेह कुरु-नन्दन (भ गी २।४१) श्लोक, यस श्लोकसँग सम्बन्धित, विश्वनाथ चक्रवर्ती ठाकुरले आफ्नो टिका दिनुहुन्छ कि हामीले गुरुको वाणीलाई आफ्नो जीवन र आत्माको रुपमा लिनुपर्छ | हामीले उपदेशको, गुरुको विशेष उपदेशको पालन गर्ने प्रयास गर्नुपर्छ, निकै कडा रुपमा, आफ्नो व्यक्तिगत लाभ वा हानिको ख्याल नराखी |

मैले त्यस भावमा थोरै प्रयास गरें | त्यसैले उहाँले मलाई उहाँको सेवा गर्न सबै सुविधा दिनुभएको छ | परिस्थिति यस्तो भएको छ कि यस बुढो उमेरमा म तपाईको देशमा आएँ, र तपाईले पनि यस अभियानलाई गम्भिरतापूर्वक लिनुभएको छ, यसलाई बुझ्ने प्रयास गर्दै हुनुहुन्छ | हामीसँग अहिले केहि पुस्तक छन् | त्यसैले अहिले यस अभियानको थोरै पाउ राख्ने ठाउँ छ | आज मेरो गुरु महाराजको तिरोभाव तिथिको अवसरमा, जसरी मैले उहाँको इच्छा पालन गर्न प्रयासरत छु, त्यसैगरी, म पनि तपाईहरुलाई मेरो इच्छाद्वारा त्यहि आदेश पालन गर्न आग्रह गर्छु | म बुढो छु, म कुनै पनि क्षणमा जान सक्छु | त्यो प्रकृतिको नियम हो | कसैले यसलाई रोक्न सक्दैन | यो त्यति आश्चर्यजनक छैन, तर मेरो गुरु महाराजको तिरोभव दिवसमा तपाईहरुप्रति मेरो यो प्रार्थना छ, कि तपाईहरुले कृष्ण भावनामृत अभियानको सार केहि हदसम्म भए पनि बुझ्नुपर्छ | तपाईहरुले यसलाई अघि बढाउन प्रयास गर्नुपर्छ | मानिसहरु यस चेतनाको चाहनामा पिडित छन् |