NE/Prabhupada 0126 - केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि



Lecture on BG 4.18 -- Delhi, November 3, 1973


महिला भक्त: हजुरले भन्नुभयो कि यदि हामी कुनै गतिविधि गर्छौं भने त्यस गतिविधिबाट भगवान् कृष्ण खुसी हुनुभयो कि भनेर परिक्षण गर्नुपर्छ | तर त्यो परिक्षण के हो ?

प्रभुपाद: यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो तपाईले दैनिक गाउनुहुन्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि | यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो हो परिक्षण | यदि उहाँ खुसी हुनुहुन्न भने ऊसँग अरु कुनै उपाय छैन |

त्यो बुझ्नलाई धेरै सजिलो छ | मानौं कोहि कार्यालयमा कार्यरत छ, उसको तत्कालको वरिष्ठ व्यक्ति प्रमुख हुन्छ, प्रमुख बैदार यो त्यस विभागको निर्देशक | सबैजना कार्यरत छन् | यदि उसले निर्देशकलाई सन्तुष्ट पार्छ भने, वा प्रमुख बैदरलाई सन्तुष्ट पार्छ भने यो बुझिन्छ कि उसले प्रबन्ध निर्देशकलाई खुसी बनाएको छ | यो धेरै कठिन छैन | तपाईको तत्कालको वरिष्ठ व्यक्ति, कृष्णको प्रतिनिधि, उहाँ सन्तुष्ट हुनुपर्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य​ | तसर्थ आध्यात्मिक गुरुको मार्गदर्शन चाहिन्छ | कृष्ण आध्यात्मिक गुरुको रुपमा मार्गनिर्देशन दिन आउनुहुन्छ | यो चैतन्य चरितामृतमा उल्लेख गरिएको छ | गुरु-कृष्ण​-कृपाय​ | गुरु-कृष्ण​-कृपाय​ | त्यसैले गुरु-कृपा, गुरुको कृपा नै कृष्णको कृपा हो | जब उहाँहरु दुवैजना खुसी हुनुहुन्छ, तब हाम्रो बाटो सजिलो हुन्छ | गुरु-कृष्ण-कृपाय पाय भक्ति लता बीज (चै च मध्य १९।१५१) | तब हाम्रो भक्तिमय सेवा पूर्ण हुन्छ | तपाईले यस बयान गुर्वाष्टक​मा याद गर्नुभएन ? यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि |

जस्तै यो अभियान | यो अभियान केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि सुरु गरिएको हो | उहाँले चाहनुहुन्थ्यो | चैतन्य महाप्रभुले चाहनुहुन्थ्यो कि यो अभियान सारा विश्वभरि फैलीयोस् | तसर्थ उहाँले मेरा धेरै गुरुभाईहरुलाई आदेश दिनुभयो, र चाहनुभयो.... आदेश पनि होइन, उहाँले चाहनुहुन्थ्यो | उहाँले मेरा केहि गुरुभाईहरुलाई प्रचार गर्न विदेश पठाउनुभयो, तर कुनै कारणवश उहाँहरु त्यति सफल हुनुभएको थिएन | उहाँहरुलाई फिर्ता बोलाइयो | त्यसैले मैले सोचें,"यो बुढो उमेरमा मैले केहि प्रयास गर्नुपर्यो |" मेरो एकमात्र इच्छा आफ्नो गुरु महाराजको इच्छा पुरा गर्नु थियो | तपाईहरुले अहिले मदत गर्नुभएको छ | यो अहिले सफल हुँदैछ | र यो नै यस्य प्रसादाद् भगवत्-प्रसादः हो । वास्तवमा यदि हामी इमान्दारीपुर्वक गुरुको निर्देशनमा कार्य गर्छौं भने त्यो कृष्णको सन्तुष्टि हो र कृष्णले हामीलाई अघि बढ्न मदत गर्नुहुन्छ |