NE/Prabhupada 0129 - कृष्णमा आश्रित हुनुहोस्-कुनै अभाव हुनेछैन



Lecture on SB 7.6.1 -- Vrndavana, December 2, 1975

कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी ९।३४) । हामी यो प्रचार गर्दैछौं | यस मन्दिरमा हामी सबैलाई भन्दैछौं "यहाँ कृष्ण हुनुहुन्छ | सधै कृष्णको बारेमा सोच्नुहोस् | हरे कृष्ण जप्नुहोस् |" तब तपाईले सोच्नुपर्नेछ | "हरे कृष्ण, हरे कृष्ण," मतलब कृष्णको बारेमा सोच्नु | तपाईले कृष्णको नाम सुन्न साथ्, मन-मना | र त्यो कसले गर्छ ? मद्-भक्त | जबसम्म तपाई कृष्णको भक्त बन्नुहुन्, तपाईले आफ्नो समय नाश गर्न सक्नुहुन्न,"कृष्ण, हरे कृष्ण, हरे कृष्ण |" त्यसको मतलब केवल हरे कृष्ण मन्त्र जपेर तपाई कृष्णको भक्त बन्नुहुन्छ | मन्-मना भव मद्-भक्तो मद्-याजी |

अब, कृष्णको यो आरधना.... सारा दिन कृष्णको मंगल-आरतिकको लागि संग्लग्न छ, कृष्णको जपको लागि, कृष्णको खान पकाउनको लागि, कृष्णको प्रसाद वितरणको लागि, धेरै उपायहरु | त्यसैले हाम्रो भक्तहरु सारा संसार भरि छन्- १०२ केन्द्रहरु छन्- तिनीहरु केवल कृष्ण भावनामा संग्लग्न छन् | त्यो हो हाम्रो प्रचार, सधैं, अरु कुनै कार्य छैन | हामी कुनै कार्य गर्दैनौं तर हामि कम्तिमा पच्चीस लाख रुपैंया खर्च गर्दैछौं, पच्चीस लाख रुपैंया हरेक महिना, तर कृष्णले आपूर्ति गर्दै हुनुहुन्छ | एषां नित्याभियुक्तानां योग​-क्षेमं वहाम्य् अहम् (भ गी ९।२२) । यदि तपाई कृष्ण भावनामृत रहनुहुन्छ, कृष्णमा पूर्ण आश्रित, तब कुनै अभाव हुँदैन | मैले यस कृष्ण कार्य चालिस रुपैंयाबाट सुरु गरें | अब हामीसंग चालिस करोड रुपैंया छ | यस संसारमा कुनै व्यापारी छ जसले दश वर्षमा चालिस रुपैंयाबाट चालिस करोडमा बढाउन सक्छ ? कुनै उदाहरण छैन | र दश हजार मानिसहरु, तिनीहरु दिनक प्रसादम सेवन गर्दैछन् | त्यसैले यस कृष्ण भावना । योग​-क्षेमं वहाम्य् अहम् (भ गी ९।२२) । जब तपाई कृष्ण भावानाभावित हुनुहुन्छ, तपाई केवल उहाँमा आश्रित हुनुहोस् र इमान्दारीपूर्वक कार्य गर्नुहोस् | र तब कृष्णले सबै आपूर्ति गर्नुहुन्छ | सबै |

त्यसैले यो व्यवहारिक रुपमा व्यक्त भएको छ | भनौं, उदाहरंको लागि, बम्बईमा, अहिले जमिनको मूल्य एक करोड रुपैया बराबर छ | र जब मैले यस जमिन खरिद गरें मसँगn हुनसक्छ, तिन वा चार लाख थियो | त्यसैले त्यो पुरा कल्पना थियो किनकि मा विश्वस्त थिएँ कि "मैले तिर्न सक्छु | कृष्णले मलाई दिनुहुन्छ |" त्यहाँ पैसा थिएन | त्यो लामो इतिहास छ | मेरो छलफल गर्ने चाहना छैन | तर मसँग अहिले व्यवहारिक अनुभव छ कि तपाई कृष्णमा आश्रित हुनुहोस्- कुनै अभाव हुनेछैन | तपाईले जे चाहनुहुन्छ, त्यो पुरा हुनेछ । तेषां नित्याभियुक्तानाम्.| त्यसैले सधै कृष्ण भावनामा संग्लग्न हुनुहोस् | तब सबै पुरा हुनेछ, कुनै इच्छा, यदि तपाईसँग छ |


कृष्ण भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी ९।३४) । हामी यो प्रचार गर्दैछौं | यस मन्दिरमा हामी सबैलाई भन्दैछौं "यहाँ कृष्ण हुनुहुन्छ | सधैं कृष्णको बारेमा सोच्नुहोस् | हरे कृष्ण जप्नुहोस् |" तब तपाईले सोच्नुपर्नेछ | "हरे कृष्ण, हरे कृष्ण," मतलब कृष्णको बारेमा सोच्नुपर्छ | तपाईले कृष्णको नाम सुन्नासाथ, मन-मना | र त्यो कसले गर्छ ? मद्-भक्त | जब तपाई कृष्णको भक्त बन्नुहुन्छ, तपाईले आफ्नो समय नाश गर्न सक्नुहुन्न,"कृष्ण, हरे कृष्ण, हरे कृष्ण |" त्यसको मतलब केवल हरे कृष्ण मन्त्र जपेर तपाई कृष्णको भक्त बन्नुहुन्छ | मन्-मना भव मद्-भक्तो मद्-याजी |

अब, कृष्णको यो आरधना.... हामी सारा दिन कृष्णको मंगल-आरतिकको लागि संग्लग्न हुन्छौं, कृष्णको जपको लागि, कृष्णको खान पकाउनको लागि, कृष्णको प्रसाद वितरणको लागि, धेरै उपायहरु छन् | हाम्रा भक्तहरु सारा संसारभरि छन्-१०२ केन्द्रहरु छन्- तिनीहरु केवल कृष्ण भावनामा संग्लग्न छन् | त्यो हो हाम्रो प्रचार, सधैं, अरु कुनै कार्य छैन | हामी कुनै कार्य गर्दैनौं तर हामी कम्तिमा पच्चीस लाख रुपैंया खर्च गर्दैछौं, हरेक महिना पच्चीस लाख रुपैंया, तर कृष्णले आपूर्ति गर्दै हुनुहुन्छ | तेषां नित्याभियुक्तानां योग​-क्षेमं वहाम्य् अहम् (भ गी ९।२२) । यदि तपाई कृष्ण भावनामृत रहनुहुन्छ, कृष्णमा पूर्ण आश्रित हुनुहुन्छ भने कुनै अभाव हुँदैन | मैले यस कृष्ण भावनाको प्रचार चालिस रुपैंयाबाट सुरु गरें | अब हामीसँग चालिस करोड रुपैंया छ | के यो संसारमा कुनै व्यापारी छ जसले दश वर्षमा चालिस रुपैंयालाई चालिस करोडमा बढाउन सक्छ ? कुनै उदाहरण छैन | दश हजार मानिसहरु, तिनीहरु दैनिक प्रसादम् सेवन गर्दैछन् | यो हो कृष्ण भावना । योग​-क्षेमं वहाम्य् अहम् (भ गी ९।२२) । जब तपाई कृष्ण भावानाभावित हुनुहुन्छ, तपाई केवल उहाँमा आश्रित हुनुहोस् र इमान्दारीपूर्वक कार्य गर्नुहोस्, तब कृष्णले सबै आपूर्ति गर्नुहुन्छ | सबै |

यो व्यवहारिक रुपमा व्यक्त भएको छ | उदाहरणको लागि मानौं, बम्बईमा अहिले जमिनको मूल्य करिब एक करोड रुपैंया छ | र जब मैले यस जमिन खरिद गरें मसँग करिब तीन वा चार लाख थियो | त्यो पूर्णतः कल्पना थियो किनकि म विश्वस्त थिएँ कि "मैले तिर्न सक्छु | कृष्णले मलाई दिनुहुन्छ |" हामीसँग पैसा थिएन | त्यो लामो इतिहास छ | मेरो छलफल गर्ने चाहना छैन | तर मसँग अहिले व्यवहारिक अनुभव छ कि तपाई कृष्णमा आश्रित हुनुहोस्- कुनै अभाव हुनेछैन | तपाईले जे चाहनुहुन्छ, त्यो पुरा हुनेछ । तेषां नित्याभियुक्तानाम्.| त्यसैले सधैं कृष्ण भावनामा संग्लग्न हुनुहोस् | तब तपाईसँग कुनै इच्छा छ भने सबै कार्य पुरा हुनेछ |