NE/Prabhupada 0132 - वर्गहीन समाज बेकार समाज हो



Lecture on BG 7.1 -- Hyderabad, April 27, 1974


भगवद् गीतामा हामीले मानवीय समस्याका सम्पूर्ण समाधान पाउँछौं, सम्पूर्ण समाधान | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४।१३) | जबसम्म तपाईले सम्पूर्ण मानव समाजलाई चार वर्गमा विभाजन गर्नुहुन्न, ब्राह्मण, क्षत्रिय, वैश्य, र शुद्र..... तपाईले विभाजन गर्नुपर्छ | तपाईले "वर्गहीन समाज" भन्न सक्नुहुन्न | त्यो बेकार समाज हो | वर्गहीन समाज भनेको बेकार समाज हो | "यहाँ मानव सभ्यता छ" भनेर देख्नको लागि एक बुद्धिमान उच्च वर्गको, आदर्श वर्गको मानिस हुनुपर्छ | त्यो हो ब्राह्मण | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​....(भ गी ४।१३) | जबसम्म मानिसले आदर्श मानिस देख्दैनन्, तिनीहरुले कसरी अनुसरण गर्छन् ? यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (21|भ गी ३|२१) | ब्राह्मणलाई शरीरको दिमागसँग तुलना गरिएको छ | जबसम्म दिमाग हुँदैन, यो हात र खुट्टाको के काम ? यदि कसैको दिमाग खुस्किएको छ, पागल छ भने उसले केहि गर्न सक्दैन | त्यसैले वर्तमान समयमा, सारा मानव समाजमा ब्राह्मण योग्य मानिसको कमी भएको कारण...... यो होइन कि......ब्राह्मण केवल भारतका हिन्दुका लागि होइन | सम्पूर्ण मानव समाजको लागि | कृष्णले कहिल्यै भन्नुहुन्न कि चातुर्-वर्ण्यं मया सृष्टम् (भ गी ४।१३) भारतको लागि हो, वा हिन्दुको लागि, वा एक वर्गका मानिसको लागि | सम्पूर्ण मानव समाजको लागि धेरै आदर्श बौद्धिक मानिस हुनुपर्छ, ताकि मानिसले अनुसरण गर्न सकुन् | दिमाग, समाजको दिमाग | त्यो भगवद् गीताको शिक्षा हो | तपाईले भन्न सक्नुहुन्न कि "हामी दिमाग बिना कार्य गर्न सक्छौं |" मानौं तपाईको शरीरबाट दिमाग काटियो, तपाईको टाउको काटियो, तब तपाई सकिनुहुनेछ | यदि दिमाग छैन भने हात र खुट्टाले के गर्न सक्छन् ? वर्तमान समयमा सम्पूर्ण मानव समाजमा दिमागको कमी छ | तसर्थ, समाज यस्तो अराजक परिस्थितिमा छ | भगवद् गीतामा वर्णित भएको जस्तै वर्गीकरणको आवश्यकता छ | मानव समाज, सम्पूर्ण मानव सभ्यतामा, यस्तो प्रकारले सुधार हुनुपर्छ, कि.... एक वर्गका मानिसहरु प्राकृतिक रुपमा बौद्धिक वर्गका हुन्छन् | प्रथम श्रेणीका बौद्धिक वर्गका मानिस हुन्छन्, दोस्रो श्रेणीका बौद्धिक, तेस्रो श्रेणी, चौथो श्रेणी, त्यस्तै | प्रथम-श्रेणीका बौद्धिक मानिस, तिनीहरु ब्राह्मण हुनुपर्छ, ब्राह्मण योग्यतामाका साथ र तिनीहरु कृष्ण भावानाभावित हुनुपर्छ | तब तिनीहरुले सम्पूर्ण समाजलाई सहि बाटोमा मार्गनिर्देशन गर्न सक्छन् | यो हो कृष्ण भावनामृत अभियान |

यहाँ कृष्णले भन्नुहुन्छ कि कसरी कृष्ण भावानाभावित हुने | यो ब्राह्मण वा बौद्धिक वर्गका मानिसको लागि हो | कृष्णद्वारा यसको बारेमा व्याख्या गरिएको छ | त्यो के हो ? मय्य् आसक्त​-मनाः "मन म, कृष्णमा आशक्त हुनुपर्छ |" यो सुरुवात हो | कुनै प्रकारले हामीले...... हाम्रो मन केहि अरु कुरामा आशक्त छ | मन अनाशक्त हुन सक्दैन | हामीसँग यति धेरै इच्छाहरु छन् | मनको कार्य- आशक्त हुनु | तसर्थ, म केहि स्वीकार्छु, म केहि नकार्छु | यो मनको कार्य हो | त्यसैले तपाई शुन्य बन्न सक्नुहुन्न, तपाई इच्छाविहीन बन्न सक्नुहुन्न | त्यो सम्भव छैन | हाम्रो विधि.....जस्तै अरु भन्छन्,"तपाई इच्छाविहिन बन्नुहोस् |" त्यो मूर्ख प्रस्ताव हो | को इच्छाविहिन बन्न सक्छ ? यो सम्भव छैन | यदि म इच्छाविहिन हुन्छु भने म मृत मानिस हुन्छु | मृत मानिसको इच्छा हुँदैन | त्यो सम्भव छैन | हामीले इच्छालाई शुद्धिकरण गर्नुपर्छ | त्यो आवश्यक छ | इच्छाको शुद्धिकरण गर्नुपर्छ | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९।१७०) | यसलाई शुद्धिकरण भनिन्छ | निर्मलम् | तत्-परत्वेन | तत्-परत्वेन भनेको जब भागवत् चेतनामा अवस्थित, कृष्ण भावानाभावित भइन्छ, तब इच्छाहरु शुद्ध हुन्छन् |

हामी इच्छाविहिन स्थानमा आउने त होइन, तर शुद्ध इच्छाको अवस्थामा आउनुपर्छ | त्यो आवश्यक छ | तसर्थ यहाँ भनिएको छ, मय्य् आसक्त​-मनाः : "तिमी आफ्नो मनलाई इच्छाविहिन बनाउन सक्दैनौ तर तिमी ममा आफ्नो मन लगाऊ |" त्यो आवश्यक छ | मय्य् आसक्त​-मनाः पार्थ | यो योग विधि हो | यसलाई भक्ति योग भनिन्छ र यसलाई प्रथम-श्रेणीको योग भनिन्छ | भगवद्-गीतामा व्याख्या गरिएको छ कि योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना (भ गी ६।४७) | योगी, प्रथम-श्रेणीको योगी, योगिनाम् अपि सर्वेषां.... "विभिन्न प्रकारका योग-विधि छन्, तर जसले यस भक्ति योग स्वीकारेको छ, उसले सधैं मेरो स्मरण गरिरहन्छ |" जस्तै यी युवा र युवतीहरु, तिनीहरुलाई सधैं कृष्णलाई स्मरण गर्ने सिकाइएको छ, "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे |" यदि तपाई भगवद् गीता पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ भने तपाईले तत्काल कसरी कृष्णमा आशक्त हुने सम्बन्धि सम्पूर्ण विज्ञान जान्नुहुन्छ | यसलाई भनिन्छ मय्य् आसक्त​-मनाः । मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन्, योगको अभ्यास गर्नु...यो हो भक्ति योग | मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो निर्देशनमा," वा "मेरो सुरक्षामा |" आश्रय |