NE/Prabhupada 0134 - तिमीले मार्नुहुन्न, र तिमीहरु मार्दैछौ



Morning Walk -- October 4, 1975, Mauritius

प्रभुपाद: इसाई पादरीहरुले मलाई सोधे कि "किन इसाई धर्म क्षीण हुँदैछ ? हामीले के गर्यौं ?" मैले तिनीहरुलाई भनें, "तिमीले के गरेनौ ?" (हाँसो)

च्यवन: हो |

प्रभुपाद: "तिमीहरुले सुरुवातदेखि नै येसुको आदेश उल्लङ्घन गरेका छौ, 'तिमीले मार्नु हुँदैन,' र तिमीहरु मार्दैछौ, मार्दैमात्र छौ | तिमीहरुले के गरेनौ ?"

भक्त १: तिनीहरु भन्छन् कि मानिसले पशुमाथि प्रभुत्व जमाउनुपर्छ | तिनीहरुले.....

प्रभुपाद: तसर्थ तिमीले त्यसलाई मारेर खानुपर्छ | धेरै राम्रो तर्क | "बुवा बच्चाहरु माथि प्रभुत्व जमाउनुपर्छ; तसर्थ बच्चाहरुलाई मारेर खानुपर्छ |" धूर्तहरुले आफु धार्मिक नेताको रुपमा दाबी गर्छन् |

पुष्ट कृष्ण: प्रभुपाद, हरेक क्षण हामी श्वास फेर्दा र हिंड्दा र धेरै कार्य गर्दा मारिरहेका हुन्छौं र भनिएको छ कि,"तिमीले मार्नु हुँदैन," के भगवानले हामीलाई असम्भव उपदेश दिनुभएको छैन त?

प्रभुपाद: छैन | विवेकले तिमीले गर्नुहुँदैन | यदि तिमीले नजानेर गर्छौं भने त्यसलाई माफ गरिन्छ | (विराम).....न पुनर् बद्ध्यते. आह्लादिनी-शक्ति, यो आनन्द शक्ति हो | आनद शक्ति कृष्णको लागि पीडादायी छैन | तर यो पीडादायी छ | यो हामी बद्ध जीवको लागि पीडादायी छ | यो 'सुनौलो चन्द्रमा' (एक रेस्टुरेन्टको नाम ?), सबजना त्यहाँ आनन्दको लागि आउँछन्, तर ऊ पापमा बाँधिदैछ | तसर्थ यो आनन्द होइन | यसले उसलाई पिडा दिन्छ | धेरै परिणामहरु | यौन जीवन, अवैध नभएपनि यसका परिणामहरु पीडादायी छन् | तिमीले बच्चाहरुको ख्याल राख्नुपर्छ | तिमीले बच्चा जन्माउनुपर्छ | यो पीडादायी हुन्छ | तिमीले प्रसवको लागि अस्पताललाई पैसा तिर्नुपर्छ, त्यसपछि शिक्षा, त्यसपछि डाक्टरको बिल- धेरै पीडादायी | त्यसैले यो आनन्द, यौन आनन्दको पछाडि धेरै पीडादायी कुराहरु हुन्छन् | ताप-करी | त्यही आनन्द शक्ति जीवमा थोरै मात्रामा छ, जब तिनिहरुले त्यसको उपयोग गर्छन्, त्यो पीडादायी बन्छ | त्यहि आनन्द शक्ति आध्यात्मिक जगतमा कृष्णको गोपीहरुसँगको नाचको रुपमा हुन्छ, त्यो पीडादायी हुँदैन | त्यो आनन्दमय हुन्छ | (विराम)....यदि मानिसले मिठो खानेकुरा लिन्छ भने त्यो पीडादायी हुन्छ | यदि एउटा रोगी मानिसले लिन्छ भने......

च्यवन: ऊ अझै बिरामी बन्छ |

प्रभुपाद: अझै बिरामी | तसर्थ यो जीवन तपस्याको लागि हो, स्वीकार्न होइन- स्वेच्छाले नकार्न | तब यो राम्रो हुन्छ |