NE/Prabhupada 0136 - गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ



Lecture with Translator -- Sanand, December 25, 1975

भगवान् भनेको परम पुरुषोत्तम भगवान् | परम सत्य तीन स्तरमा अनुभव गरिन्छ: ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते (श्री भ १।२।११) | परम सत्य सुरुवातमा निराकार ब्रह्मको रुपमा अनुभव गर्न सकिन्छ, जुन ज्ञानीको उद्देश्य हो, र अर्को, परमात्मा रुपमा, जुन योगीको उद्देश्य हो, र अन्तिममा, परम सत्यको अन्तिम शब्द व्यक्ति हुनुहुन्छ, परम पुरुषोत्तम भगवान् | अन्तिम विषय परम पुरुषोत्तम भगवान् हुनुहुन्छ, जसतै हामीले बुझ्छौं कि सूर्यमा एक परम व्यक्ति हुनुहुन्छ वा सूर्य-नारायण, वा सूर्य ग्रहका मुख्य व्यक्ति | उहाँको नाम पनि भगवाद् गीतामा दिइएको छ- विवस्वान | भगवानले चौथो अध्यायमा भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: (भ गी ४।१)) | "मैले सर्वप्रथम यस विज्ञान, भगवद् गीताको यस योग विधिको ज्ञान विवस्वान, सूर्य-देवलाई दिएँ |" विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत्. | र विवस्वान, सूर्यदेवले मनुलाई व्याख्या गर्नुभयो र मनुले आफ्नो पुत्रलाई व्याख्या गर्नुभयो | यस प्रकारले गुरु-शिष्य परमपराद्वारा ज्ञान आएको छ | त्यसैले जब हामी ज्ञान, विद्याको कुरा गर्छौं, यो एक व्यक्तिबाट सिक्नुपर्छ | भगवान्, परम सत्यको अन्तिम शब्द, उहाँले भगवाद् गीतामा भन्नुहुन्छ |

व्यासदेवले विशेषगरी यहाँ भन्नुहुन्छ, भगवान् उवाच | उहाँले भन्नुहुन्न कि कृष्ण उवाच, किनकि कहिलेकहीं मूर्खले कृष्णलाई बुझ्दैनन् | त्यसैले भगवान् उवाच, यस शब्द भनेको जे उहाँले भन्नुहुन्छ, त्यसमा कुनै कमी वा कमजोरी छैन | हामीजस्ता साधारण व्यक्तिमा चार कमी छन्: भ्रम प्रमाद विप्रलिप्सा कर​-णापाटव​ | परम पुरुषोत्तम भगवान् कृष्ण वा आत्मा साक्षात्कार गरेका व्यक्तिमा, कृष्णका सेवक, जसले कृष्णलाई बुझेका छन्, तिनीहरुमा कुनै कमजोरी हुँदैन | तिनीहरु पूर्ण हुन्छन् | यस कारणले कृष्णले उपदेश दिनुहुन्छ,

तद् विद्धि प्रणिपातेन
परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति तद् ज्ञानं
ज्ञानिनस् तत्त्व​-दर्शिनः
(भ गी ४।३४))

जसले वास्तवमा सत्य देखेको वा अनुभव गरेको छ, तिमी ऊबाट ज्ञान लिऊ | त्यसैले हामी त्यस्तो व्यक्ति समक्ष जानुपर्छ | अन्यथा, यदि हामी कुनै कल्पना गर्ने व्यक्ति समक्ष जान्छौं भने हामीले वास्तविक ज्ञान प्राप्त गर्न सक्दैनौं | जो कल्पना गर्ने छन्, तिनीहरुले बुझ्न सक्दैनन् कि भगवान् को हुनुहुन्छ | तसर्थ तिनीहरु गल्ति गर्छन् कि "भगवान् यस्तो हुनुहुन्छ," "भगवान् त्यस्तो हुनुहुन्छ," "भगवान् हुनुहुन्न," "आकार छैन |" यी सबै नचाहिने कुराहरु प्रस्ताव गरिएको छ किनकि तिनीहरु अपूर्ण छन् | तसर्थ भगवान् भन्नुहुन्छ, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रिताः (भ गी ९।११) | उहाँ हाम्रो फाइदाको लागि मानव रुपमा आउनुभएको कारण मूर्ख र मूर्तहरु उहाँलाई साधारण मानिसको रुपमा सोच्छन् | यदि भगवान् भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता (भ गी १४।४), "म बिउ दिने पिता हुँ," हामी सबजनालाई थाहा छ कि मेरो पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, त्यसोभए परम पुरुष वा परम पिता किन निराकार हुनुहुन्छ ? किन ? तसर्थ हामीले भगवान्, परम पुरुषबाट जान्नुपर्छ, पूर्ण ज्ञान | तसर्थ यस भगवद् गीता पूर्ण पुरुष भगवानबाट प्राप्त भएको पूर्ण ज्ञान हो | हामीले यस भगवाद् गीताको एक शब्दपनि परिवर्तन गर्न सक्दैनौं | त्यो मूर्खता हो | हाम्रो यस कृष्ण भावनामृत अभियानले यस सिद्धान्त पालन गर्छ | हामी कुनै रचिएको कुरा उत्पादन गर्दैनौं | हामी केवल परम पुरुषोत्तम भगवानले दिनुभएको सन्देश वितरण गर्छौं | र यो व्यवहारिक रुपमा प्रभावशाली भएको छ |