NE/Prabhupada 0138 - भगवान् धेरै दयालु हुनुहुन्छ । तपाईले जे इच्छा गर्नुहुन्छ, उहाँले पुरा गर्नुहुन्छ



Ratha-yatra -- Philadelphia, July 12, 1975


महिला तथा सज्जनहरु, सुरुमा म तपाईलाई धन्यवाद दिन चाहन्छु, यस महान शहर, फिलाडेल्फियाका वासिन्दाहरु | तपाईहरु यस अभियानमा सहभागी हुन यति दयालु, उत्सुक हुनुहुन्छ | म तपाईप्रति धेरै आभारी छु | म विशेषगरि अमेरिकी युवा र युवतीप्रति आभारी छु, जसले मेरो यति धेरै मदत गर्दैछन्, यस कृष्ण भावनामृत अभियान पश्चिमी राष्ट्रमा फैलाउन | मलाई पश्चिमी देशमा यस कृष्ण भावनामृत अभियान प्रचार गर्न मेरो गुरु महाराजले आदेश दिनुभएको थियो | १९६५मा म प्रथम पटक न्यु योर्क आएँ | त्यसपछि १९६६मा यस संघ न्यु योर्कमा दर्ता भयो, र १९६७देखि यस अभियान निरन्तर अमेरिका, युरोप, क्यानाडा, प्रशान्त महासागरको दक्षिण, अस्ट्रेलिया, र सारा संसारभरी चलिरहेको छ | म तपाईलाई यस अभियान, कृष्ण भावनाबारे थोरै जानकारी दिन चाहन्च्चु | कृष्ण अर्थात् सर्व-आकर्षक | कृष्ण हरेक जीवको लागि आकर्षक हुनुहुन्छ, मानवमात्र होइन तर पशु, पंक्षी, माहुरी, रुख, फुल, फल, पानी सबैको लागि आकर्षक हुनुहुन्छ | त्यो वृन्दावनको तस्विर हो | यो भौतिक जगत् हो | हामीसँग आध्यात्मिक जगतको कुनै अनुभव छैन | तर हामीले एउटा झलक पाउन सक्छौं कि आत्मा के हो र पद्धार्थ के हो | केवल एउटा जीवित मानिस र मृत शरीरको भिन्नता बुझ्ने प्रयास गर्नुहोस् | मृत शरीर भनेको जब शरीरभित्रको जीव जान्छ, तब त्यो बेकार मृत पद्धार्थ हुन्छ | र जबसम्म जीव त्यहाँ हुन्छ, शरीर धेरै महत्वपूर्ण हुन्छ | जसरी हामीले यो शरीरमा अनुभव गर्छौं, यसमा कुनै कुरा मृत हुन्छ र कुनै कुरा जीवित हुन्छ, त्यसैगरी, दुई जगत् छन्: भौतिक जगत् र आध्यात्मिक जगत् | हामी जीवहरु सबजना आध्यात्मिक जगतसँग सम्बद्ध छौं | हामी यो भौतिक जगतसँग सम्बद्ध छैनौं | कुनै कारण हामी यो भौतिक जगत् र भौतिक शरीरको सम्पर्कमा आएका छौं र हामी शाश्वत जीव भए तापनि यो भौतिक शरीरसँगको सम्पर्कको कारण हामीले चार दु:ख स्वीकारेका छौं: जन्म, मृत्यु, रोग र बुढ्यौली | हामी त्यसबाट गुज्रिनुपर्छ | यो भौतिक जगतमा हामीले एउटा प्रकारको शरीर प्राप्त गर्दैछौं र यो निश्चित समयमा नाश हुन्छ | कुनै पनि भौतिक वस्तु जस्तै | उदाहरणको लागि तपाईले आफ्नो वस्त्र लिनुहोस् | तपाईले एउटा वस्त्र पहिरिएको हुन्छौ तर जब यो पुरानो हुन्छ र प्रयोग गर्न मिल्दैन, तब तपाईले यसलाई फाल्दिनुहुन्छ र अर्को वस्त्र लिनुहुन्छ | यो भौतिक शरीर पनि आत्माको वस्त्र हो | तर हामीले भौतिक जगतसँग आशक्त भएर यसको भोग गर्ने इच्छा राखेको कारण हामीले विभिन्न वस्त्र प्राप्त गर्छौं | भगवद् गीतामा यसलाई यन्त्रको रुपमा वर्णन गरिएको छ | वास्तवमा यो शरीर यन्त्र हो | भगवद् गीतामा बताइएको छ,

ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति
भ्रामायान् सर्व​-भूतानि यन्त्रारूढानि मायया
(भ गी १८।६१)

हामी जीवहरु इच्छा गर्छौं | "मनुष्यले प्रस्ताव गर्छ, भगवानले पुरा गर्नुहुन्छ |" भगवान् धेरै दयालु हुनुहुन्छ | तपाईले जे इच्छा गर्नुहुन्छ, उहाँले पुरा गर्नुहुन्छ | उहाँले "यस प्रकारको भौतिक इच्छाले तिमीलाई कहिल्यै सन्तुष्ट गर्नेछैन" भन्नुभए तापनि हामी इच्छा गर्छौं | भगवान् कृष्णले हामीलाई विभिन्न इच्छा पुरा गर्न विभिन्न शरीर प्रदान गर्नुहुन्छ | यसलाई भौतिक बद्ध जीवन भनिन्छ | इच्छा अनुरुपको शरीरको परिवर्तनलाई विकासवादी प्रक्रिया भनिन्छ | लाखौं शरीरको क्रमिक-विकासद्वारा हामी मानव शरीरसम्म आइपुग्छौं | जलजा नव​-लक्षाणि स्थावरा लक्ष​-विंशति पानीमा हामी ९,००,००० प्रजातिका जीवनबाट गुज्रिनुपर्छ | त्यसैगरी, बीस लाख प्रकारका वृक्षहरु छन् | यस प्रकार, प्रकृतिले आफ्नै तरिकाले हामीलाई मानव जीवनमा ल्याउँछिन्, केवल हाम्रो चेतना विकास गर्न वा हामीलाई जागरुक बनाउन | प्रकृतिले हामीलाई अवसर दिन्छिन्,"अब तिम्रो के इच्छा छ ? अब तिमीसँग विकसित चेतना छ | अब तिमी पुनः विकासवादी प्रक्रियामा जान चाहन्छौ वा तिमी उच्च लोकमा जान चाहन्छौ , वा तिमी भगवान् कृष्णकहाँ जान चाहन्छौ वा तिमी यहाँ रहन चाहन्छौ ?" यी विकल्पहरु हुन्छन् | भगवद् गीतामा भनिएको छ,

यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः
भूतेज्या यान्ति भूतानि मद्-याजीनो ऽपि यान्ति माम्
(भ गी ९।२५)

अब आफ्नो छनौट गर्नुहोस् | यदि तपाई उच्च लोकमा जान चाहनुहुन्छ भने तपाई जान सक्नुहुन्छ | यदि तपाई यस मध्यम ग्रहमा रहन चाहनुहुन्छ भने तपाईले त्यसो गर्न सक्नुहुन्छ | यदि तपाई तल्लो ग्रहमा जान चाहनुहुन्छ भने तपाईले त्यसो गर्न सक्नुहुन्छ | र यदि तपाई भगवान् कृष्णकहाँ जान चाहनुहुन्छ भने तपाईले त्यसो पनि गर्न सक्नुहुन्छ | यो तपाईको छनौटमा निर्भर हुन्छ | तसर्थ, यो भौतिक जगतमा कस्तो भिन्नता छ, हुन सक्छ उच्च ग्रह वा तल्लो ग्रह, र आध्यात्मिक जगत् के हो ? आध्यात्मिक जगत् भनेको त्यहाँ कुनै भौतिक आवश्यकता हुँदैन | मैले भनिसकें कि सबै कुरा सजीव हुन्छ | रुख, फुल, फल, पानी, पशु- सबै आध्यात्मिक हुन्छन् | त्यसैले त्यहाँ कुनै विनाश हुँदैन | त्यो शाश्वत हुन्छ | यदि तपाई त्यस आध्यात्मिक जगतमा जान चाहनुहुन्छ भने तपाईले यो मानव जीवनमा मौका प्राप्त गर्न सक्नुहुन्छ र यदि तपाई यो भौतिक जगतमा रहन चाहनुहुन्छ भने तपाईले त्यसो गर्न सक्नुहुन्छ |