NE/Prabhupada 0160 - कृष्णले विरोध गर्दै हुनुहुन्छ



Conversation at Airport -- October 26, 1973, Bombay


हाम्रो कृष्ण भावनामृत अभियान मानिसलाई जीवनको मूल्य सिकाउनको लागि हो | आधुनिक शैक्षिक प्रणाली र सभ्यता यति पतित छ कि मानिसले जीवनको मूल्य बिर्सिएका छन् | साधारणतया, यो भौतिक जगतमा सबजनाले जीवनको मूल्य बिर्सन्छन्, तर मानव जीवन भनेको जीवनको महत्व पुनर्जागृत पार्नको लागि हो | श्रीमद् भागवतममा भनिएको छ, पराभवस् तावद् अबोध​-जातो यावन् न जिज्ञासत आत्म​-तत्त्वम् | जबसम्म मानिस आत्म-साक्षात्कारको चेतनामा जागरुक हुँदैन, तबसम्म मूर्ख जीवले जे गरे पनि, त्यो उसको हार हो | जीवनको निच श्रेणीमा हार चल्दैछ किनकि तिनीहरु जीवनको मूल्य बुझ्न सक्दैनन् | तिनीहरुको चेतना विकसित छैन | तर मानव जीवनमा पनि त्यहि हार लम्बियो भने त्यो धेरै राम्रो सभ्यता होइन | त्यो लगभग पशु सभ्यता हो | आहार​-निद्रा-भय​-मैथुनं च समान्या एतत् पशुभिर् नराणाम् | यदि मानिसहरु केवल शारीरिक मागका चार सिद्धान्तमा व्यस्त हुन्छन्- खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु- त्यो पशु जीवनमा पनि देखिन्छ, त्यो सभ्यताको कुनै विकास होइन | हाम्रो प्रयास भनेको कृष्ण भावनामृत अभियानद्वारा मानिसलाई मानव जीवनको जिम्मेवारीमा आउने शिक्षा दिनको लागि हो | त्यो हाम्रो वैदिक सभ्यता हो | जीवनको समस्या भनेको यो जीवनको छोटो अन्तरालमा हुने केहि कठिनाइहरु होइनन् | जीवनको वास्तविक समस्या भनेको कसरी जन्म, मृत्यु, बुढ्यौली र रोगको समाधान गर्ने हो | यो भगवद् गीताको उपदेश हो | जन्म-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | मानिसहरु जीवनका धेरै समस्यादेखि निराश छन्, तर जीवनको वास्तविक समस्या भनेको कसरी जन्म, मृत्यु, बुढ्यौली र रोग रोक्ने | तर मानिसहरु निर्दयी छन् | तिनीहरु यति मूर्ख भएका छन् कि तिनीहरु जीवनको समस्या बुझ्दैनन् | धेरै अघि जब विश्वामित्र मुनिले महाराज दशरथलाई देख्नुभयो, महाराज दशरथले विश्वामित्र मुनिसँग सोधे, ऐहिस्तं यत् तं पुनर् जन्म जयय​: | "मेरो प्रिय महाशय, तपाई मृत्युमाथि जित प्राप्त गर्न प्रयासरत हुनुहुन्छ, के त्यो प्रयास राम्ररी चल्दैछ ? के कुनै बाधा भोग्नुपरेको छ ?" यो हाम्रो वैदिक सभ्यता हो, कसरी जन्म, मृत्यु, बुढ्यौली र रोगमाथि जित प्राप्त गर्ने |

तर आधुनिक समयमा त्यस्तो कुनै जानकारी छैन, न कोहि इच्छुक छन् | ठुला, ठुला प्राध्यापकहरुलाई थाहा छैन कि जीवन पछाडि के छ | तिनीहरु विश्वास गर्दैनन् कि मृत्यु पछाडि पनि जीवन हुन्छ | अहिले अन्धो सभ्यता चल्दैछ | हामी तिनीहरुलाई जीवनको लक्ष्य सम्बन्धि शिक्षा दिन प्रयासरत छौं, विशेषगरी मानव जीवन जीवनका शारीरिक आवश्यकताभन्दा भिन्न छ: खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | भगवद् गीतामा पनि भनिएको छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये: (भ गी ७|३) "लाखौं मानिसहरुमध्ये एउटा मानिसले जीवनमा सफल हुने प्रयास गर्नसक्छ |" सिद्धये, सिद्धि | यो सिद्धि हो, कसरी जन्म, मृत्यु, बुढ्यौली र रोगमाथि जित प्राप्त गर्ने | र मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये: | आधुनिक सभ्य मानिस यति मूर्ख छ कि उसलाई थाहा छैन, सिद्धि के हो | तिनीहरु सोच्छन् कि "यदि मैले केहि धन, एउटा बङ्गला र एउटा गाडी प्राप्त गर्छु भने त्यो सिद्धि हो |" त्यो सिद्धि होइन | तपाईले केहि वर्षमा धेरै राम्रो बङ्गला, एउटा गाडी, राम्रो परिवार प्राप्त गर्न सक्नुहुन्छ | तर कुनै पनि समयमा त्यो व्यवस्था समाप्त हुनेछ र तपाईले अर्को शरीर स्वीकार्नुपर्छ | त्यो तपाईलाई थाहा छैन | न तिनीहरु थाहा पाउन मतलब गर्छन् | तिनीहरुले शिक्षा, सभ्यताको विकासमाथि यति गर्व गरे तापनि तिनीहरु धेरै मूर्ख भएका छन् | तर हामी विरोध गर्दैछौं | हामी विरोध गर्दैछौं | मैले विरोध गरेको होइन | कृष्णले विरोध गर्दै हुनुहुन्छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः माययापहृत​-ज्ञाना आसुरं भावम् आश्रिताः (भ गी ७|१५) यी धूर्तहरु, मानवमध्ये अधमहरु र सधैं पापमा संगलग्न, यस्ता मानिसहरुले कृष्ण भावना स्वीकार्दैनन् | "होइन | धेरै एम.ए, पी.एच.डी.हरु छन् |" कृष्ण भन्नुहुन्छ, माययापहृत​-ज्ञाना | "हेर्दा तिनीहरु धेरै शिक्षित छन्, तर तिनीहरुको वास्तविक ज्ञान मायाले ढाकिदिएकी छिन् |" आसुरं भावम् आश्रिताः | यो नास्तिक सभ्यता धेरै भयानक छ | मानिसहरु यस कारण पीडा भोग्दैछन् | तर तिनीहरु त्यति गम्भीर छैनन् | तसर्थ तिनीहरुलाई कृष्णले मूढाः, धुर्त भनेर सम्बोधन गर्नुभएको छ | न मां दुष्कृतिनो मूढाः | हामीले यी मूढःहरुलाई, मूढ सभ्यतालाई आध्यात्मिक जीवनको प्रकासमा ल्याउन सानो प्रयास गर्दैछौँ | त्यो हाम्रो विनम्र प्रयास हो | तर यो पहिल्यै भनिएको छ, मनुष्याणां सहस्रेषु: (भ गी ७|३) "लाखौं मानिसहरुमध्ये एक मानिसले यो स्वीकार्छ |" मनुष्याणां सहस्रेषु: कश्चिद् यतति सिद्धये | तर त्यसको मतलब यो होइन कि हामी रोकिनेछौं | जस्तै हाम्रो विद्यालय, कलेजका दिनहरुमा, श्रीमान आसुतोश मुखर्जीले विश्वविद्यालयमा केहि उच्च शिक्षा, स्नातकोत्तर शिक्षा सुरु गरे | एक वा दुईजना विद्यार्थीहरु मात्र थिए, तर पनि हजारौं रुपैंया खर्च गरेर कक्षा संचालन हुन्थ्यो, एउटा वा दुइटा विद्यार्थी भन्ने सोच नराखी | त्यसैगरी, यो कृष्ण भावनामृत अभियान चल्नुपर्छ | यसको मतलब हुँदैन कि मूर्ख मानिसहरुले यो बुझ्दैनन् वा यहाँ आउँदैनन् | हामीले आफ्नो प्रचार गर्नुपर्छ | धेरै, धेरै धन्यवाद |