NE/Prabhupada 0173 - हामी सबैको मित्र बन्न चाहन्छौं



Lecture on SB 1.7.6 -- Vrndavana, April 23, 1975


हामीले भगवद् गीताबाट अथवा श्रीमद् भागवतमबाट भगवानको बारेमा ज्ञान लिनुपर्छ | कृष्णे परम​-पूरुषे भक्तिर् उत्पद्यते| यदि तिमीले श्रीमद् भागवतम् सुन्छौ भने.... अवश्य पनि, यदि कृष्णको आधारभूत सिद्धान्त वा पूर्णताको सिद्धान्त बुझ्दैनौ भने..... श्रीमद् भागवतमको सुरुवातमा यसको वर्णन गरिएको छ| धर्मः प्रोज्झित​-कैतवः अत्र परमो निर्मत्सराणाम् (श्री भा १|१|२) | श्रीमद् भागवतममा तथाकथित उत्पादित धर्महरुलाई नकारिएको छ | यो त परमहंसका लागि हो | निर्मत्सराणाम्| निर्मत्सराणाम् भनेको जो ईर्ष्यालु छैनन् | हाम्रो ईर्ष्यालु स्वभाव कृष्णबाट नै सुरु भएको हो | हामीले कृष्णलाई स्वीकार्दैनौं | प्राय: तिनीहरु भन्छन्, "किन कृष्ण मात्र भगवान् ? अरु थुप्रै पनि छन्|" त्यो हो ईर्ष्या | हाम्रो ईर्ष्या कृष्णबाट नै सुरु भयो, तसर्थ हाम्रो ईर्ष्या धेरै तरिकाले विस्तारित भएको छ, र हाम्रो सामान्य जीवनमा हामी ईर्ष्या गर्छौं| हामी आफ्ना साथी, मातापिता, बालबच्चासँग त ईर्ष्या गर्छौं भने अरुको त के कुरा गर्ने- व्यापारी, राष्ट्र, समाज, समुदाय, केवल ईर्ष्या, मत्सरता छ| "किन ऊ अगाडि बढ्ने ?" म ईर्ष्यालु बन्छु | यो भौतिक प्रकृति हो| जब हामीले कृष्णलाई बुझ्छौं,कृष्णभावनाभावित बन्छौं, तब हामी ईर्ष्यामुक्त हुन्छौं |

उहाँ मित्र बन्न चाहनुहुन्छ | सुहृदः सर्व​-भूतानाम् | यस कृष्णभावानामृत अभियान भनेको हामी सबैसँग मित्र बन्न चाहन्छौँ| उनीहरु कृष्णभावना बिना दुःखी भएको कारण हामी दैलोदैलोमा जाँदैछौं, शहर-शहरमा, गाउँ-गाउँमा, कृष्णभावनाको प्रचार गर्न | र कृष्णको कृपाले हामीले बुद्धिमान वर्गका मानिसहरुलाई आकर्षित गर्दैछौं| यदि हामीले यो प्रक्रिया निरन्तर गर्यौं, ईर्ष्यालु बनेनौं...... ईर्ष्यालु बन्नु पशुको, कुकुरको. सुंगुरको स्वभाव हो | मानव स्वभाव भनेको पर दुखः दुखी | अरुको दयनीय अवस्था देखेर दु:खी हुनुपर्छ| सबैजना कृष्णभावनामृतको खोजीमा दु:खी छन्| हाम्रो एकमात्र कार्य भनेको कृष्णभावनाको जागरण गराउनु हो र तब सारा विश्व नै खुसी हुनेछ| अनर्थ उपशमं साक्षाद् भक्ति-योगम् अधोक्षजे, लोकस्य अजानतः | मानिसहरुलाई यसबारे ज्ञान छैन | त्यसैले हामीले यस आभियानलाई आघि बढाउन जोड दिनुपर्छ| लोकस्याजान्..., विद्वांश् चक्रे सात्वत​-संहिताम् (श्री भा १|७|६) | श्रीमद् भागवतम् | कृष्ण भावनाको आर्को नाम भनेको भागवत धर्म हो| भागवत धर्म| यदि हामीले यसलाई स्वीकार गर्छौं भने सारा सामाज खुसी हुनेछ |

धेरै धेरै धन्यवाद|