NE/Prabhupada 0183 - श्रीमान् उल्लू, कृपया आँखा खोल्नुहोस् र सूर्य हेर्नुहोस्



Lecture on SB 6.1.37 -- San Francisco, July 19, 1975


भगवानले प्रचार गर्दै हुनुहुन्छ कि " म यहाँ छु. म आएको छु|"परित्राणाय साधुनाम् विनशाय च दुष्कृतम् (भ गी ४|८) | "म तिमीहरुलाई राहत दिन आएको छु|" परित्राणाय साधुनाम् | तिमी मलाई बुझ्न चाहन्छौ, त्यसैले म यहाँ छु| म उपस्थित छु| किन तिमी भगवान निराकार हुनुहुन्छ भनेर सोच्छौ? म यहाँ छु, कृष्ण, साकार | तिमीले देख्न सक्छौ, मैले हातमा बाँसुरी लिएको छु| मलाई गाई अति मनपर्छ| म गाई, साधु र ब्रम्हालाई माया गर्छु, सबैलाई समान, किनभने तिनीहरु सबै विभिन्न शरीरमा भएका मेरा सन्तान हुन्|" कृष्ण खेल्दै हुनुहुन्छ, कृष्ण बोल्दै हुनुहुन्छ| अझै पनि, यी धूर्तहरुले कृष्णलाई बुझ्दैनन् | कृष्णको गल्ति के छ? यो त हाम्रो गल्ती हो | अन्धा | उल्लू जस्तै | उल्लूले दिनमा कहिले पनि आँखा खोल्दैन र कहिले पनि घाम देख्दैन | उल्लू थाहा छ नि ? तिनीहरुले आँखा खोल्दैनन्| तिमीहरुले भन्न सक्छौ, "श्रीमान् उल्लू ,कृपया आँखा खोल्नुहोस् र सूर्यलाई हेर्नुहोस्," "हुँदैन, सूर्य छैन| म त देख्दिनँ |" (हाँसो) यो उल्लू सभ्यता हो | यी उल्लुहरुसँग लड्नुपर्छ| तिमीहरु निकै बलियो हुनुपर्छ, विशेषगरी सन्यासीहरू| हामीले उल्लुहरुसँग युद्ध गर्नुपर्छ | उनीहरुको आँखा यहि यन्त्रले खोल्नुपर्छ| (हाँसो) यो चलिरहेको छ| यस कृष्ण भावनामृत अभियान उल्लूहरु विरुद्धको युद्ध हो| यहाँ एउटा चुनौती छ : युयम् वै धर्म​राजस्य यदि निर्देश​-करिण: | निर्देश ​-करिण: | दास भनेको उनीहरुसँग मालिकको आदेश पालना गर्नुबाहेक अर्को विकल्प नै हुँदैन| तसर्थ निर्देश ​-करिण: | उनीहरु तर्क गर्न सक्दैनन् | अहँ| जे आदेश दिइन्छ, त्यसको पालना हुन्छ| यदि कोहि आफुलाई गुरूको अथवा भगवानको दास भनेर दाबी गर्छ भने.........उसले आशा गरिरहेको छ........मलाई लाग्छ.............

यहाँ विष्णुदूतहरुको पनि उल्लेख गरिएको छ, वसुदेवोक्त​-करिण: | उहाँहरु पनि दास हुनुहुन्छ| उक्त भनेको वासुदेवले जे आदेश दिनुभयो, उहाँहरुले त्यसको पालना गर्नुहुन्छ| त्यसैगरी , यमदूतहरु, उनीहरु यमराजका दास हुन् | तिनीहरुलाई पनि निर्देश कारिण: भनेर सम्बोधित गरिएको छ| "यदि तिमी वास्तवमा यमराजका दास हौ भने उनको निर्देशन अनुसार कार्य गर, र तिमीलाई थाहा हुनुपर्छ कि धर्म के हो र अधर्म के हो|" उनीहरु वास्तवमा यमराजका आधिकारीक दास हुन्, यसमा कुनै शंका छैन| अहिले उनीहरु आफ्नो परिचय यसरी दिंदैछन्, यमदुत उचु: वेद​-प्रणिहितो धर्म:, तुरुन्तै जवाफ दिए| "धर्म के हो?" प्रश्न यहि थियो | तुरुन्त जवाफ पनि दिइहाले| उनीहरुलाई धर्म के हो भन्ने थाहा छ | वेद​-प्रणिहितो धर्म: "धर्म भनेको वेदमा जे वर्णन गरिएको छ|" तिमीले धर्मको रचना गर्न सक्दैनौ | वेद, मूल ज्ञान,वेद भनेको ज्ञान| वेद-शास्त्र| सृष्टिको प्रारम्भदेखि, वेद ब्रम्हाजीलाई दिइएको थियो| वेदलाई..........तसर्थ अपौरुषेय​ भनिएको छ; यो उत्पादित हुँदैन| यसको वर्णन श्रीमद् भागवतममा गरिएको छ,तेने ब्रह्म हृद आदि-कवये | ब्रह्म, ब्रह्म भनेको वेद| वेदको आर्को नाम ब्रह्म हो, आध्यात्मिक ज्ञान,अथवा पूर्ण ज्ञान,ब्रह्म | तेने ब्रह्म आदि कवये हृद | त्यसैले केवल आध्यात्मिक गुरुको आश्रयमा वेदको अध्ययन गर्नुपर्छ | यो भनिन्छ कि ब्रम्हा वेद बुझ्ने पहिलो जीवात्मा हुन्| कसरी उनले बुझे त? शिक्षक को थिए? अरु कुनै प्राणी थिएनन् | कसरी बुझे त वेद? शिक्षक कृष्ण हुनुहुन्थ्यो र उहाँ सबै जीवत्मको हृदयमा विराजमान हुनुहुन्छ| ईश्वरः सर्व​-भुतानाम् हृद्-देशे अर्जुन तिस्ठति (भ गी १८|६१) | उहाँले हृदयबाट सिकाउँदै हुनुहुन्छ| कृष्णले सिकाउनुहुन्छ -उहाँ अति दयालु हुनुहुन्छ, हृदयबाट, र बाहिरबाट आफ्नो प्रतिनिधि पठाउनुहुन्छ| चैत्य-गुरू र गुरू, दुवै तरिकाले, कृष्ण प्रयासरत हुनुहुन्छ| कृष्ण अति दयालु हुनुहुन्छ| तसर्थ वेद, यी मानव-रचित पुस्तक होइनन्| वेद,अपौरुषेय| अपौरुषेय भनेको मानव निर्मित होइन....... वेदलाई सामान्य मनगढ़न्ते पुस्तकको रुपमा लिनुहुँदैन| यो पूर्ण ज्ञान हो | र यसलाई यथा रुप ग्रहण गर्नुपर्छ, कुनै मिसावटबिना, व्याख्या बिना | भगवद् गीता भगवानको वाणी हो| तसर्थ भगवद् गीता पनि वेद हो| यो कृष्णले बोल्नुभएको हो| तसर्थ यसमा कुनै थपघट वा फेरबदल गर्नुहुन्न| यसलाई यथारुप ग्रहण गर्नुपर्छ| तबमात्र सहि ज्ञान प्राप्त हुन्छ|