NE/Prabhupada 0188 - जीवनका सबै समस्याको अन्तिम समाधान



Lecture on SB 2.3.17 -- Los Angeles, July 12, 1969

विष्णुजन: प्रभुपाद, हजुरले व्याख्या गर्नुभयो कि भगवान् मूल कारण हुनुहुन्छ र कसैलाई पनि भगवानको बारेमा थाहा नभएको कारण मानिसहरुलाई कसरी थाहा हुन्छ कि तिनीहरु कसरी नियन्त्रित छन् ? कसैलाई पनि कृष्णको बारेमा तथा उहाँ मूल कारण हुनुहुन्छ भनेर थाहा नभएको कारण उनीहरुलाई कसरी थाहा हुन्छ कि उनीहरु कसरी नियन्त्रित छन् ? उनीहरुलाई कसरी थाहा हुन्छ कि कृष्णको कारणले सम्पूर्ण कार्यहरु सम्पन्न हुँदैछन् ?

प्रभुपाद: तिमीलाई कसरी थाहा हुन्छ कि तिमी राज्यद्वारा नियन्त्रित छौ ? तिमीलाई कसरी थाहा हुन्छ ?

विष्णुजन: एउटा राज्यसँग कानूनी किताब हुन्छ |

प्रभुपाद: हामीसँग पनि कानूनी किताब छन् | अनादि बहिर्मुख जीव कृष्ण भुलि गेला, अत​एव कृष्ण वेद​-पुराणे करिला | तिमीले कृष्णलाई भुलेको कारण कृष्णले तिमीलाई धेरै किताबहरु दिनुभएको छ, वैदिक साहित्यहरु | त्यसैले म जोड दिंदै थिएँ, नचाहिने साहित्य पढेर तिम्रो समय खेर नफाल | केवल यी वैदिक साहित्यहरुमा आफ्नो दिमाग केन्द्रित गर | त्यसपछि तिमीलाई थाहा हुन्छ | किन यी किताबहरु यहाँ छन्? तिमीलाई कानूनबद्द बनाउन | तर यदि तिमीले यसको फाइदा उठाएनौ भने तिमीले आफ्नो जीवनको दुरुपयोग गर्दैछौ | यो प्रचार कार्य, यी ग्रन्थको प्रकाशन, साहित्य, पत्रिका, यो कृष्ण भावनामृत अभियान्, सबै कुरा तिमीलाई याद गराउन हो कि तिमीलाई भगवानले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ, तिम्रो जीवन कसरी सार्थक हुन सक्छ, तिमीले कसरी यो नियन्त्रित जीवनबाट राहत प्राप्त गर्न सक्छौ, कसरी तिमि मुक्त हुन सक्छौ | यो नै एकमात्र अभियान हो | यो कृष्ण भावनामृत अभियान यस प्रयोजनको लागि हो; अन्यथा यो अभियानको को के आवश्यकता छ ? यो कुनै "वाद" होइन, केवल क्षणिक आनन्दको लागि | यो सबै समस्याको प्रमुख समाधान हो, यस कृष्ण भावनामृत अभियान | र जप नै हृदयको एकमात्र मार्ग हो, जहाँबाट हामीले सन्देश प्राप्त गर्छौं | चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२), हृदयको सफाइ | त्यसपछि मात्र तिमीले त्यो सन्देश प्राप्त गर्न सक्दछौ | त्यसैले हाम्रो अभियान वैज्ञानिक तथा प्रमाणिक छ र यदि कसैले यो ग्रहण गर्छ भने उसलाई बिस्तारै थाहा हुन्छ र उसको स्तरोन्नति हुनेछ | यसमा कुनै शंका छैन |