NE/Prabhupada 0190 - भौतिक जीवनप्रति वैराग्य बढाऊ



Lecture on SB 7.6.11-13 -- New Vrindaban, June 27, 1976


यदी हामीले भक्ति-मार्गको अनुसरण गर्यौं भने हामीले अनाशक्त हुन भिन्न प्रयास गर्न जरुरि छैन | वैराग्य पछि-पछि आउँछ | वाशुदेवे भगवति भक्ति-योगः प्रयोजितः जनयति आशु वैराग्यम् (श्री भा १|२|७) | वैराग्यम् भनेको अनाशक्त हुनु | भक्ति योगलाई वैराग्य पनि भनिन्छ | सार्वभौम भट्टाचार्यले वैराग्यको बारेमा श्लोक लेख्नुभएको छ | वैराग्य​-विद्या-निज​-भक्ति-योग​- शिक्षार्थम् एकः पुरुषः पुराणः श्री-कृष्ण​-चैतन्य​-शरीर​-धरि कृपाम्बुधिर् यस् तम् अहं प्रपद्ये (चै च मध्य ६|२५४) यहाँ श्री कृष्ण चैतन्य महाप्रभु हुनुहुन्छ, जो स्वयं कृष्ण हुनुहुन्छ | उहाँ हामीलाई वैराग्य-विद्या सिकाउन आउनुभएको छ | यो थोरै कठिन छ | साधारण व्यक्तिले वैराग्य-विद्या सम्बन्धि बुझ्न निकै कठिन हुन्छ | उनीहरुको कार्य भनेको कसरी शरीरसँग आशक्ति बढाउने भन्ने हुन्छ, र कृष्ण भावनामृत अभियान भनेको कसरी यो भौतिक जीवनप्रति वैराग्य उत्त्पन्न गर्ने भन्ने हुन्छ | त्यसैले यसलाई वैराग्य-विद्या भनिन्छ | वैराग्य-विद्या सजिलै प्राप्त गर्न सकिन्छ, यसको सिफारिश गरिएको छ, वासुदेवे भगवति भक्ति-योगः प्रयोजितः जनयति आशु वैराग्यम् (श्री भा १|२|७), धेरै छिटो | जनयती आशु वैराग्यं ज्ञानं च​ | मानव जीवनमा दुई कुरा आवश्यक हुन्छ | एउटा कुरा हो ज्ञानम्, ज्ञानं-विज्ञानम् आस्तिक्यं ब्रह्म​-कर्म स्व​-भाव​-जम्. यो ज्ञानम् भनेको, ज्ञानको सुरुवात भनेको "म यो शरीर होइन | म आत्मा हुँ |" यो ज्ञान हो | जब मानिस ज्ञानको स्तरमा अवस्थित हुन्छ, यो सहज हुन्छ | मनिसहरु आफ्नो शरीरको हितको लागि कार्यरत छन् | तर जब कसैले बुझ्छ, ऊ ज्ञानको स्तरमा अवस्थित हुन्छ, तब ऊउ प्राकृतिक रुपमा अनाशक्त हुन्छ कि "म यो शरीर होइन |" किन म यो शरीरको लागि यति कठिन परिश्रम गर्दैछु ?" ज्ञानम् च यद् अहैतुकम् (श्री भा १|२|७) | स्वतः.... दुई कुराहरु आवश्यक छन् | चैतन्य महाप्रभुले धेरै ठाउँमा यो कुरामा जोड दिनुभएको छ, र आफ्नो जीवनद्वारा उहाँले ज्ञानम् र वैरग्यम सिकाउँदै हुनुहुन्छ | एकतर्फ ज्ञानम्, रुप गोस्वमीलाई दिनुभएको शिक्षामा, सनातन गोस्वामीलाई दिनुभएको शिक्षामा, सार्वभौम भट्टाचार्य, प्रकाशानन्द सरस्वती र रामानन्द रायसँगको वार्तालापमा | हामीले यो सबै कुरा चैतन्य महाप्रभुको दिव्यउपदेशमा पुस्तकमा उल्लेख गरेका छौं | यो ज्ञानम् हो | र उहाँको जीवनको उदाहरण, सन्न्यास लिएको उदाहरणबाट उहाँले वैराग्य सिकाउँदै हुनुहुन्छ | ज्ञान र वैराग्य, यी दुई कुरा अत्यन्त आवश्यक छन् | हामी ज्ञानम् र वैराग्यम् स्तरमा अचानक अवस्थित हुन सक्ने होइन, तर यदि हामीले अभ्यास गर्छौं भने यो सम्भव हुन्छ | यो होइन कि यो असम्भव छ | यसको सिफारिश गरिएको छ: वासुदेवे भगवति भक्ति-योगः प्रयोजितः जनयत्य् आशु वैराग्यं ज्ञानं च यद् अहैतुकम् (श्री भा १|२|७) | यो आवश्यक छ | कृष्ण भावनामृत अभियान ज्ञानम् त वैरग्यम् प्राप्त गर्नको लागि हो | यदि हामी भौतिक संसारमा आशक्त हुन्छौं भने.... र हामी कसरी आशक्त हुन्छौं ? प्रह्लाद महाराजले विस्तृत विवरण दिनुभएको छ | श्रीमती, बालबच्चा, घर, जनावर र सेवक, वस्त्र इत्यादी, अरु धेरै कुराहरु | मानिसहरु दिनरात काम गर्दैछन्, केवल यी कुराहरुको लागि | के राम्रो महल, राम्रो जनावर, अरु राम्रो कुराहरु हामीले देखेका छैनौँ ? केको लागि? आशक्ति बढाउन | यदि हामीले आशक्ति बढाउँछौं भने यो भौतिक बन्धनबाट मुक्त हुने कुरा नै छैन | त्यसैले हामीले वैराग्यको अभ्यास गर्नुपर्छ |