NE/Prabhupada 0194 - यहाँ आदर्श मानिस छन्



Lecture on SB 7.6.4 -- Toronto, June 20, 1976


हामी शास्त्र​-विधिमा संलग्न हुनुपर्छ, यो नै सभ्यताको वास्तविक विकास हो | किनकि जन्म-जन्मान्तरदेखि हामीले भगवानसँगको सम्बन्ध बिर्सेका छौं, र यो एकमात्र मौका हो, मानव जीवन, जसबाट हामीले भगवानसँगको आफ्नो सम्बन्ध पुनर्स्थापित गर्न सक्छौं | चैतन्य चरितामृतमा भनिएको छ कि : अनादि बहिर्-मुख जीव कृष्ण भुलिऽ गेला अत​एव कृष्ण वेद​-पुराण करिला | यी वेद, पुरणहरु किन छन् ? विशेषगरि भारतमा, हामीसँग धेरै वैदिक साहित्यहरु छन् | सर्वप्रथम चार वेद - साम्, यजुर्, ऋग्, अथर्व | र यिनीहरुको सारको दर्शन, वेदान्त -सुत्र | त्यसपछि वेदान्तको व्याख्या, पुराण, पुराण भनेको पूरक | साधारण मानिसहरुले वैदिक भाषा बुझ्न सक्दैनन् | तसर्थ ऐतिहासिक सन्दर्भबाट यी वैदिक सिद्धान्तहरुको शिक्षा दिइएको छ | यसलाई पुराण भनिन्छ | र श्रीमद्-भागवतमलाई महा-पुराण भनिन्छ | यो विशुद्ध पुराण हो, श्रीमद्-भागवतम्, किनकि अरु पुराणमा भौतिक कुराहरु गरिएको छ, तर यो महा-पुराण, श्रीमद्-भागवतममा केवल आध्यात्मिक कार्यहरु लेखिएको छ | यो आवश्यक छ | यो श्रीमद्- भागवतम् व्यासदेवले नारदको निर्देशनमा लेख्नुभएको हो | महा-पुराण | हामीले यसको फाइदा लिनुपर्छ | धेरै अमुल्य साहित्यहरु | मानव जीवन त्यसैको लागि हो | किन तिमी उपेक्षा गर्दैछौ ? हाम्रो प्रयास, यो कृष्ण भावनामृत अभियान भनेको वेद र पुराणको ज्ञानलाई कसरी फैलाउनु भन्ने हो, ताकी मानिसहरुले यसको लाभ लिएर आफ्नो जीवन सफल बनाउन सकुन् | अन्यथा, यदि उनीहरुले दिन-रात सुँगुरजस्तै कडा परिश्रम गरे पनि..... सुँगुर दिन-रात धेरै परिश्रम गर्छ " दिसा कहाँ छ ? दिसा कहाँ छ ?" र विस्टा खाएर, जब उसले थोरै बोसो पाउँछ ... सुँगुरहरु मोटो हुन्छन्, किनकि दिसामा भोजनको सम्पूर्ण प्रमुख तत्त्व हुन्छ | चिकित्सा विज्ञानको अनुसार, दिसा हाइड्रोफोसफेट युक्त हुन्छ | हाइड्रोफोसफेट धेरै राम्रो टनिक हो | यदि कसैलाई प्रयास गर्नु छ भने गरे हुन्छ | ( हाँसो ) तर यो तथ्य हो | सुँगुर दिसाले गर्दा मोटो हुन्छ |

यो जीवन सुँगुरजस्तो हुनको लागि होइन | मानिस सन्त-पुरुष हुनुपर्छ | यो मानव सभ्यता हो | तसर्थ वैदिक सभ्यतामा - ब्राह्मण, प्रथम श्रेणीका मानिसहरु | अहिलेको समाजमा प्रथम श्रेणीका मानिस छैनन् | सबैजना तेस्रो, चौथो, पाँचौं श्रेणीका मानिसहरु छन् | सत्य​-शम​-दम​-तित्क्ष आर्जव ज्ञानं​-विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम् (भ गी १८|४२) | यो प्रथम श्रेणीको मानिस हो | सत्यवादी, धेरै शान्त, ज्ञानले भरिएको, धेरै सरल, सहनशील, र शास्त्रमा विश्वास गर्ने | यी प्रथम श्रेणीको मानिसका गुण हुन् | सारा संसार दुनियामा प्रथम श्रेणीका मानिस कहाँ छन् त? ( विराम) ....कृष्ण भावनामृत अभियान प्रथम श्रेणीको मानिस बनाउन प्रयासरत छ, ताकी मानिसहरुले देख्न सक्छन्, " ओहो, यहाँ आदर्श मानिस छन् |" तसर्थ जो कृष्ण भावनामृत अभियानमा संलग्न भएका छन्, यो मेरो आग्रह हो, उनीहरुले सावधानीपूर्वक आफुलाई प्रथम श्रेणीको मानिसको रुपमा राख्नुपर्छ | मानिसहरुले सराहना गर्छन् र उनीहरुले अनुसरण गर्न खोज्छन् | यद् यद् आचरति श्रेष्ठस् तत् तद् एवेतरो जन: (भगी ३।२१) | यदि प्रथम श्रेणीका मानिसहरु भए भने मानिसहरुले सराहना गर्नेछन् | उनीहरु प्रथम श्रेणीका मानिस बन्न नसके पनि, कमसेकम उनीहरुले अनुसरण गर्न खोज्छन् | उनीहरुले अनुसरण गर्न खोज्छन् | तत् तद् एव​, स यत् प्रमाणं कुरुते लोकस् तद् अनुवर्तते | प्रथम श्रेणीका मानिसहरुको आवश्यकता छ | यदि उसले कार्य गर्यो भने अरुले अनुसरण गर्छन् | यदि एक शिक्षकले धुम्रपान गर्दैन भने विद्यार्थीहरुले पनि स्वाभाविक रुपमा धुम्रपान गर्न छोड्छन् | तर यदि शिक्षकले धुम्रपान गर्दैछ भने कसरी विद्यार्थीले .....? उनीहरुले पनि कक्षामा धुम्रपान गर्छन् | मैले न्यु योर्कमा देखेको छु | भारतमा अझै यो सुरु भएको छैन | तर यो सुरु हुन्छ | किनकि उनीहरुले पनि प्रगति गर्दैछन् | ( हाँसो ) यी दुष्टहरुले प्रगती गर्दैछन्, नर्क जाने प्रगति| ( हाँसो )

प्रह्लाद महाराजले सुझाव दिंनुहुन्छ, आफ्नो बहुमुल्य जीवन तथाकथित आर्थिक विकास र अरु बेकार कार्यको लागि नाश नगर | मुकुन्दको भक्त हुने प्रयास गर | तब तिम्रो जीवन सफल हुन्छ |