NE/Prabhupada 0204 - मैले गुरुको कृपा पाइरहेको छु, यो वाणी हो



Morning Walk -- July 21, 1975, San Francisco


प्रभुपाद: तिमीले दुवैसँग सङ्ग गर्नुपर्छ | गुरु कृष्ण-कृपाय पाय भक्ति लता बीज (चै च मध्य १९|१५१)| गुरुको कृपा र कृष्णको कृपा, दुवैलाई जोड्नुपर्छ | तब तिमीले पाउनेछौ |

जयाद्वैत: हामी गुरु-कृपा प्राप्त गर्न निकै उत्सुक छौं |

प्रभुपाद: को?

जयाद्वैत: हामी सबैजना |

प्रभुपाद: हो | यस्य प्रसादाद् भगवत् प्रसाद: | यदि तिमीले गुरुको कृपा पायौ भने स्वत: कृष्णलाई प्राप्त गर्छौ |

नारायण: गुरु-कृपा केवल गुरुलाई खुसी बनाएर प्राप्त गरिन्छ, श्रील प्रभुपाद ?

प्रभुपाद: अन्यथा कसरी त ?

नारायण: मैले बुझिनँ ?

प्रभुपाद: अन्यथा कसरी प्राप्त गर्न सकिन्छ ?

नारायण: अनि ती शिष्य जसले हजुरसँग भेट्न अथवा बोल्न पाउँदैनन्.....

प्रभुपाद: त्यो कुरा उसले भन्दैथ्यो, वाणी र वपुः | तिमीले उहाँको शरीर नदेखे पनि उहाँको वाणीलाई ग्रहण गर |

नारायण: तर तिनीहरुले कसरी थाहा पाउने कि हजुर खुसी हुनुहुन्छ, श्रील प्रभुपाद?

प्रभुपाद: यदि तिमीले गुरुको शब्द अनुसरण गर्यौ भने यसको मतलब हुन्छ कि गुरु खुसी हुनुहुन्छ | अनि यदि अनुसरण गरेनौ भने गुरु कसरी खुसी हुने?

सुदामा: त्यो मात्र होइन, तपाईको कृपा सर्वत्र फैलिएको छ र यदि हामीले यसको फाइदा उठायौं भने हजुरले एकपटक भन्नुभएको थियो, तब हामीले परिणाम अनुभव गर्नसक्नेछौं |

प्रभुपाद: हो |

जयाद्वैत: र यदि हामीमा गुरुको वाणीप्रति श्रद्दा छ भने हामीले त्यो स्वत: गर्नेछौं |

प्रभुपाद: हो| मेरो गुरु महाराज १९३६मा जानुभयो र मैले यो अभियान १९६५मा सुरु गरें, ३० वर्ष पछि | अनि ? मैले गुरुको कृपा पाइरहेको छु | यो वाणी हो | गुरुको शरीर नरहँदा पनि, यदि तिमीले वाणीको अनुसरण गर्यौ भने तिमीले मदत पाउँछौ |

सुदामा: त्यसोभए शिष्यले गुरुको आदेश पालन गरेसम्म विछोडको कुरा नै रहँदैन |

प्रभुपाद: होइन | चक्षु दान दिलो येइ... अनि के हो रे?

सुदामा: चक्षु दान दिलो येइ, जन्मे जन्मे प्रभु सेइ |

प्रभुपाद: जन्मे जन्मे प्रभु सेइ, तब विछोड कहाँ हुन्छ त ? जसले तिम्रो आँखा खोल्नुभयो, उहाँ हरेक जन्ममा तिम्रो प्रभु हुनुहुन्छ |

परमहंस: हजुर आफ्नो गुरुसँग तिव्र विछोडको अनुभव गर्नुहुन्न ?

प्रभुपाद: त्यो प्रश्न तिमीलाई आवश्यक छैन |