NE/Prabhupada 0209 - कसरी घर, भगवद्-धाम फर्कने



Lecture on SB 6.1.16 -- Denver, June 29, 1975

मानव जीवन यो शुद्धिकरणको लागि हो | हामी आफ्नो दैनिक रोटि प्राप्त गर्न धेरै मेहेनत गर्दैछौं | मानिसहरुले आफ्नो दैनिक रोटि आलस्य बनेर प्राप्त गर्दैनन् | त्यो सम्भव छैन | तिनीहरु धेरै मेहेनत गर्दैछन् | यहाँ डेनभर जस्तो राम्रो शहर छ | यो जङ्गल वा मरुभूमिबाट उत्पन्न भएको होइन | मानिसले यो शहर यति राम्ररी, पूर्ण रुपमा ल्याउन धेरै मेहेनत गरे | हामीले कार्य गर्नुपर्छ | यदि हामी खुसी चाहन्छौं भने हामीले कार्य गर्नुपर्छ | यसमा कुनै शंका छैन | तर कृष्ण भन्नुहुन्छ कि यान्ति देव व्रता देवान् (भ गी ९।२५) | यस भौतिक जगतमा कोहि धेरै ठुलो मानिस बनेर खुसी हुन मेहेनत गर्दैछन्, वा कोहि थोरै बुद्धिमान बनेर, तिनीहरु यो जीवनमा खुसी छैनन्, तर तिनीहरु अर्को जीवनमा खुसी हुन चाहन्छन् | कहिलेकहीं तिनीहरु उच्च ग्रहमा जान्छन् | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः (भ गी ९।२५) | तपाईले जस्तो कार्य गर्नुहुन्छ, त्यस्तै नतिजा प्राप्त गर्नुहुन्छ | तर अन्तिम पंक्तिमा कृष्ण भन्नुहुन्छ, मद्-याजिनोऽपि यान्ति माम्: "यदि तिमी मेरो आराधना गर्छौ वा मेरो लागि कार्य गर्छौ भने तिमी मकहाँ आउँछौ |" कृष्णमा जानु र यस भौतिक जगतमा रहनुमा के भिन्नता छ ? भिन्नता यो छ कि आब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८।१६) | यस भौतिक जगतमा तपाई सर्वोच्च लोक, ब्रह्मलोकमा जानुभए पनि, त्यहाँ जन्म, मृत्यु, बुढ्यौली र रोग हुन्छ | वा तपाई फेरी फकनुपर्छ |

जस्तै यी मानिसहरु चन्द्रमामा जाँदैछन् र फेरी यहाँ फर्कदैछन् | यस प्रकारको जानु र फर्कनु राम्रो होइन | यद् गत्वा न निवर्तन्ते (भ गी १५|६) | यदि तपाई त्यस्तो ग्रहमा जानुहुन्छ जहाँबाट तपाई यस भौतिक जगतमा फर्कनुपर्दैन, त्यो सर्वोच्च पूर्णता हो | त्यो कृष्णलोक हो | त्यसैले कृष्णले भन्नुहुन्छ कि "तिमी यस भौतिक जगतमा खुसी हुन यति धेरै मेहेनत गर्दैछौ, उही मेहेनतले, यदि तिमीले मेरो आराधना गर्छौ भने तिमी मकहाँ आउँछौ |" मद्-याजिनो ऽपि यान्ति माम् | यसमा के विशेष फाइदा छ ? माम् उपेत्य क्औन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति: (भ गी ८।१५) "जो मकहाँ आउँछ, ऊ फेरी भौतिक जगतमा फर्कनुपर्दैन |" त्यसैले हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई कसरी घर फर्कने, भगवद्-धाम, कृष्णकहाँ फर्कने सिकाउँदैछ | त्यसले मानिसलाई शाश्वत रुपमा खुसी बनाउनेछ | यो जीवनमा पनि, कृष्ण भावनाभावित मानिसरु दु:खी हुँदैनन् | तपैले व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ | हामी धेरै राम्रो कोठामा बस्दैछौं, हरे कृष्ण जप्दैछौं र प्रसादम् लिंदैछौं | दु:ख कहाँ छ ? कुनै दु:ख छैन | र अरु विधिहरु, तिनीहरु धेरै पीडादायी प्रक्रियाबाट गुज्रनुपर्छ | कृष्ण भावनामा कुनै दु:ख छैन | भगवद्-गीतामा यसको उल्लेख गरिएको छ: सुसुखम् कर्तुम् अव्ययम् (भ गी ९।२) | सुसुखम् | जब तिमी भक्ति सम्पन्न गर्छौ, यो सुखम् मात्र छैन- सुखम् भनेको खुसी- तर अर्को शब्द जोडिएको छ, सुसुखम्,"धेरै आरामदायी, धेरै खुसी |" कर्तुम्, भक्तिमय सेवा गर्नु भनेको ठुलो आनन्दओ कुरा हो, ठुलो सुख हो | र अव्ययम् | अव्ययम् भनेको तिमीले जे गर्छौ, त्यो तिम्रो स्थायी सम्पति हो | अरु कुराहरु, ती नाशवान छन् |

मानौं तिमी धेरै विकसित तथा शिक्षित मानिस हौ | तिमीले एम.ए., पीएच.डी, वा केहि उत्तीर्ण गरेका छौ | तर यो अव्ययम् होइन, यो व्ययम् हो | व्ययम् भनेको यो नाशवान छ | जब तिम्रो शरीर सकिन्छ, तिम्रो तथाकथित शिक्षा सबै सकिन्छन् | तब फेरी अर्को जीवन, यदि तिमी मानव बन्छौ..... अवश्य पनि एम.ए., पीएच.डी उत्तीर्ण गर्ने सम्भावना हुन्छ, तर यो जीवनको एम.ए., पीएच.डी समाप्त हुन्छ | हामीले यहाँ जे प्राप्त गर्दैछौं, त्यो अव्ययम् छैन | व्ययम् भनेको खर्च र अ भनेको "नहुने", खर्च नहुने | यदि तिमीसँग केहि पैसा छ, यदि तिमी खर्च गर्छौ भने यो व्ययम् हुन्छ, केहि समयमा सकिन्छ | अव्ययम् भनेको तिमीले सकेसम्म खर्च गरे पनि यो सकिंदैन | त्यो अव्ययम् हो | त्यसैले कृष्णको भक्ति सुसुखं कर्तुम् अव्ययम् भनेर वर्णित छ | जे तिमी गर्छौ, यदि तिमीले दश प्रतिशत सफलता प्राप्त गरेका छौ भने त्यो दश प्रतिशत तिम्रो स्थायी लाभ हुनेछ | तसर्थ भगवद्-गीतामा भनिएको छ, शुचीनां श्रीमतां गेहे योग​-भ्रष्टो सञायते (भ गी ६।४१) | जसले यो जीवनमा भक्ति योग सकाउन सक्दैनन्, उनीहरुले मानव जीवनको अर्को मौका पाउँछन् | मानव जीवनमात्र होइन, भनिएको छ कि उनीहरु स्वर्ग लोक गएर भोग गर्छन् र पुनः यस लोकमा आउँछन् | त्यो पनि साधारण मानिसको रुपमा होइन | शुचीनां श्रीमतां गेहे: उसले धेरै पवित्र परिवारमा जन्म लिन्छ, जस्तै ब्राह्मण-वैष्णव, शुचीनां र श्रीमतां, धेरै धनी | तब यो उसको कर्तव्य हुन्छ | त्यसैले, जो धनी परिवारमा जन्मिएका छन्..... तिमी अमेरिकीहरु, तिमीहरु धनी परिवारमा जन्मिएको मानिन्छौ | वास्तवमा यो ठिक हो | त्यसैले तिमीहरुले यसरी सोच्नुपर्छ कि "हाम्रो अघिल्लो भक्तिमय सेवाको कारणले, कृष्णको कृपाले हामीले यस राष्ट्रमा जन्म पाएका छौं | यहाँ कुनै गरिबी छैन," श्रीमतां | तिमीहरुले कृष्ण भावनालाई धेरै गम्भिरतापूर्वक लिनुपर्छ | तिमीहरुसँग अवसर छ | तिमीहरु गरिबीको मारमा छैनौ | तिमीहरुले आफ्नो समय नाश गर्नुपरेको छैन,"खाना कहाँ छ ? खाना कहाँ छ ? खाना कहाँ छ ?" जस्तै अरु गरिब राष्ट्रहरु खाना खोज्न व्याकुल छन् | तर तिमीहरु धेरै भाग्यमानी छौ, त्यसैले यो अवसरलाई हिप्पी बनेर नाश नगर | नाश नगर | भक्त बन, कृष्णको भक्त | कृष्ण भावनामृत अभियान यहाँ छ र हाम्रा धेरै केन्द्रहरु छन् | केवल कृष्ण भावनामृत विज्ञान सिक्ने प्रयास गर र आफ्नो जीवन पूर्ण बनाऊ | त्यो हाम्रो आग्रह हो |

धेरै धेरै धन्यवाद |