NE/Prabhupada 0239 - कृष्णलाई बुझ्न मानिसलाई विशेष इन्द्रिय चाहिन्छ



Lecture on BG 2.3 -- London, August 4, 1973


यो सहानुभूति अर्जुनको सहानुभूति जस्तै हो | यो सहानुभूति, अहिले हत्यारालाई मार्नुहुँदैन भनेर सहानुभूति देखाइन्छ | यी हुन् अर्जुन | त्यो हृदय​-दौर्बल्यम् हो | त्यो कर्तव्य होइन | जसले पनि वरिष्ठ अधिकारीद्वारा दिइएको आज्ञा कडा रुपमा पालन गर्नुपर्छ, कुनै विमर्श बिना | यो हृदयका कमजोरी हो, यस प्रकारको सहानुभूति | तर साधारण मानिसले बुझ्दैनन् | तसर्थ कृष्णलाई बुझ्न मानिसलाई विशेष इन्द्रिय चाहिन्छ, साधारण इन्द्रिय होइन | विशेष इन्द्रिय भनेको तपाईले आफ्नो आँखा निकालेर अर्को आँखा हाल्नुपर्छ ? होइन | तपाईले शुद्धिकरण गर्नुपर्छ | तत्-परत्वेन निर्मलम् (चै च मध्य १९|१७०) | जस्तै यदि तपाईको आँखामा कुनै रोग छ भने तपाईले औषधि लाउनुहुन्छ, र जब यो सन्चो हुन्छ, तपाईले सबै कुरा स्पष्टसँग देख्न सक्नुहुन्छ; त्यसैगरी, हामीले यी कमजोर इन्द्रियद्वारा कृष्ण को हुनुहुन्छ भनेर बुझ्न सक्दैनौं | सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः (चै च मध्य १९।१७०) | श्री कृष्णको नामादौ, कृष्णको नाम, रुप, गुण इत्यादी, यी कमजोर इन्द्रियद्वारा बुझ्न सकिंदैन, त्यसोभए यो कसरी गर्नुपर्छ | सेवोन्मुखे हि जिह्वादौ | फेरी जिह्वादौ, जिब्रोबाट सुरु गरेर, जिब्रोलाई नियन्त्रण गर्ने | हेर्नुहोस्, यो केहि विशेष छ, कि "तपाईले कृष्णलाई जिब्रो नियन्त्रण गरेर बुझ्नुपर्छ ?" यो केहि आश्चर्यजनक छ | कसरी ? मैले कृष्णलाई बुझ्न आफ्नो जिब्रो नियन्त्रण गर्नुपर्छ ? तर यो शास्त्रको उपदेश हो: सेवोन्मुखे हि जिह्वादौ | जिह्वा भनेको जिब्रो | कृष्णलाई देख्नको लागि, कृष्णलाई बुझ्नको लागि प्रथम कार्य भनेको तपाईको जिब्रो नियन्त्रण गर्नुपर्छ | तसर्थ हामी भन्छौं, मासु नखानुहोस्, मदिरापान नगर्नुहोस् | किनकि यो जिब्रोलाई रोक्नु हो | जिब्रो इन्द्रिय, विकृत इन्द्रियहरुमा सबभन्दा बलियो शत्रु हो | र यी धूर्तहरु भन्छन्,"होइन, तिमीले जे पनि खान सक्छौ | यसको धर्मसँग कुनै सरोकार छैन |" तर वैदिक शास्त्रमा भनिएको छ "तिमी धूर्त, सर्वप्रथम आफ्नो जिब्रो नियन्त्रण गर | तब तिमीले भगवान् को हुनुहुन्छ बुझ्न सक्छौ |" यसलाई वैदिक उपदेश भनिन्छ- पूर्ण | यदि तपाई आफ्नो जिब्रो नियन्त्रण गर्नुहुन्छ भने तपाई आफ्नो पेट नियन्त्रण गर्नुहुन्छ, त्यसपछि तपाई आफ्नो जनेन्द्रिय नियन्त्रण गर्नुहुन्छ | रुप गोस्वामीले उपद्श दिनुहुन्छ,

वाचो-वेगं मनसो क्रोध​-वेगम् जिह्वावेगम् उदरोपस्थ​-वेगम्
एतान् वेगान् यो विषहेत धीरः सर्वाम् अपीमां स पृथिविं स शिष्यात्
(उपदेशामृत १)

यो उपदेश छ कि जो मानिस जिब्रो नियन्त्रण गर्न सक्षम भएको छ, मन नियन्त्रण गर्न, क्रोध नियन्त्रण गर्न, पेट नियन्त्रण गर्न र जनेन्द्रिय नियन्त्रण गर्न- यदि छ प्रकारको वेग माथि कसैको नियन्त्रण छ भने ऊ आध्यात्मिक गुरु बन्न सक्षम हुन्छ, उसले संसारभरि शिष्य बनाउन सक्छ | र यदि तपाईले आफ्नो जिब्रो नियन्त्रण गर्न सक्नुहुन्न, आफ्नो क्रोध नियन्त्रण गर्न सक्नुहुन्न, आफ्ना मानसिक कल्पना नियन्त्रण गर्न सक्नुहुन्न भने तपाई आध्यात्मिक गुरु पनि कसरी बन्न सक्नुहुन्छ ? त्यो सम्भव छैन | पृथिविं स शिष्यात् | जसले गर्न सक्यो..... उसलाई भनिन्छ गोस्वामी वा स्वामी, इन्द्रियका मालिक | यी छ प्रकारका वेग नियन्त्रण गर्ने मालिक | त्यसैले सुरुवात जिह्वा हो | सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः [भ र सि १|२|२३४] | सेवा | जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराउन सकिन्छ | कसरी ? तपाईले हरे कृष्ण जप्न सक्नुहुन्छ, सधैं महिमागान गर्न सक्नुहुन्छ | वाचांसि वैकुण्ठ​-गुणानुवर्णने | वाचांसि भनेको बोल्नु | बोल्नु जिब्रोको कार्य हो, र स्वाद लिनु जिब्रोको कार्य हो | त्यसैले तपाई आफ्नो जिब्रोलाई महिमागान गरेर भगवानको सेवामा संग्लग्न गराउनुहोस् | तपाईले एक वाचा गर्नुहोस् कि "जब म बोल्नेछु, म केवल कृष्णको महिमागान गर्नेछु, अरु केहि होइन |" त्यो जिब्रोको नियन्त्रण हो | यदि तपाईले आफ्नो जिब्रोलाई केहि नचाहिने कुरा बोल्न अनुमति दिनुहुन्न भने ग्राम्य-कथा.... हामी कहिलेकहीं सँगै बस्छौं | हामी धेरै नचाहिने कुरा बोल्छौँ | त्यो नियन्त्रित हुनुपर्छ | "अब मैले आफ्नो जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराएको छु, त्यसैले हामीले इन्द्रियतृप्तिको लागि केहि पनि बोलुहुन्न |" यो जिब्रोको नियन्त्रण हो | "मैले कृष्णलाई अर्पण नगरेको केहि पनि खान हुँदैन |" यो जिब्रोको नियन्त्रण हो | यी साना पद्धति हुन्, तर यसको धेरै ठुलो-ठुलो मूल्य छ, कृष्ण तपस्याबाट खुसी हुनुहुन्छ, र उहाँ तपाई सामु प्रकट हुनुहुन्छ | तपाईले बुझ्न सक्नुहुन्न | तपाईले कृष्णलाई देख्न सक्नुहुन्न | तपाईले कृष्णलाई आदेश दिन सक्नुहुन्न,"कृष्ण, कृपया आउनुहोस्, बाँसुरीसँग नाच्दै | म हजुरलाई हेर्नेछु |" यो आदेश हो | कृष्ण कुनै आदेशको अधिनमा हुनुहुन्न | तसर्थ चैतन्य महाप्रभुले हामीलाई उपदेश दिनुहुन्छ, अश्लिष्य वा पाद​-रतां पिनस्तु मां मर्म​-हतां करोतु वा अदर्शनम् (चै च अन्तय २०।४७) |