NE/Prabhupada 0243 - एक शिष्य गुरु समक्ष प्रबुद्धताको लागि आउँछन्



Lecture on BG 2.9 -- London, August 15, 1973


प्रद्युम्न: अनुवाद,"सञ्जयले भने: यति भनेपछि शत्रुहरुलाई दमन गर्ने अर्जुनले कृष्णलाई भने, 'गोविन्द, म युद्ध गर्दिनँ,' र शान्त रहे |"

प्रभुपाद: अगाडिको श्लोकमा अर्जुनले भने कि "यस युद्धमा सहभागी हुँदा केहि फाइदा छैन किनकि अर्को पक्ष, तिनीहरु सब मेरा नातेदार, आफन्त हुन्, र उनीहरुलाई मारेर, म विजयी भए पनि, के लाभ प्राप्त हुन्छ ?" त्यो हामीले वर्णन गरिसक्यौं, त्यस प्रकारको वैराग्यता कहिलेकहीं अज्ञानतामा आउँछ | वास्तवमा, यो त्यति बुद्धिमानीपूर्वक स्थापित छैन | यस प्रकारले, एवम् उक्त्वा,"युद्धमा कुनै फाइदा छैन |" एवम् उक्त्वा,"यति भनेर," हृषिकेशम्, उनी इन्द्रियका मालिकसँग बोल्दैछन् | र अगाडिको श्लोकमा उनले भने, शिष्यस् ते ऽहं प्रपन्नम्: (भ गी २।७) "म हजुरको शरणागत शिष्य हुँ |" कृष्ण गुरु बन्नुभयो र अर्जुन शिष्य बने | पहिले, उनीहरु मित्रको रुपमा बोल्दै थिए | तर मित्रतापुर्वक बोल्नाले कुनै गम्भीर प्रश्नको जवाफ आउँदैन | जब केहि गम्भीर विषय हुन्छ, यसको छलफल अधिकारीहरु बीच हुनुपर्छ | हृषीकेशम्, मैले धेरै पटक व्याख्या गरिसकें | हृषीक भनेको इन्द्रियहरु र ईश भनेको मालिक | हृषीक-ईश, र यी दुई जोडिएका छन् | हृषीकेश | त्यसैगरी, अर्जुन पनि | गुडाक ईश | गुडाक भनेको अन्धकार, र ईश...... अन्धकार भनेको अज्ञानता | अज्ञान​-तिमिरान्धस्य ज्ञानाञ्जन​-शलाकया चक्षुर्-उन्मीलितं येन तस्मै श्री-गुरुवे नमः गुरुको कर्तव्य भनेको...... एउटा शिष्य गुरु समक्ष प्रबुद्धताको लागि आउँछन् | जन्मँदा सबजना मूर्ख हुन्छन् | सबजना | मानव पनि, किनकि तिनीहरु पशु-राज्यबाट विकसित हुँदै आउँछन्, जन्म उही हो, अज्ञानता, पशु जस्तै | तसर्थ, कोहि मानव भए पनि, उसलाई शिक्षा चाहिन्छ | पशुले शिक्षा लिन सक्दैन, तर एउटा मानवले शिक्षा लिन सक्छ | तसर्थ शास्त्रमा भनिएको छ, नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विद्-भुजां ये (श्री भ ५।५।१) | मैले कैयौं पटक यो श्लोक भनेको छु, कि अब..... मानवभन्दा तल्लो प्रजातिमा हामीले धेरै मेहेनत गर्नुपर्छ, जीवनका केवल चार आवश्यकताको लागि: खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | इन्द्रियतृप्ति | मुख्य उद्देश्य इन्द्रियतृप्ति हो | तसर्थ सबजनाले धेरै मेहेनत गर्नुपर्छ | तर मानव जीवनमा, कृष्णले हामीलाई यति धेरै सुविधा, बुद्धि दिनुभएको छ | हामीले आफ्नो जीवनको स्तर धेरै आरामदायी बनाउन सक्छौं, तर कृष्ण भावनामा पूर्णता प्राप्त गर्ने प्रयोजनका साथ | तपाई आरामका साथ बस्नुहोस् | त्यो ठिक छ | तर पशु जसरी नबस्नुहोस्, केवल इन्द्रियतृप्ति बढाएर | मानाव प्रयास आरामदायी जीवन बाँच्न व्यतित हुँदैछ, तर तिनीहरु इन्द्रियतृप्तिको लागि आरामदायी जीवन बाँच्दैछन् | यो आधुनिक सभ्यताको गल्ति हो | युक्ताहार​-विहारश् च योगो भवति सिद्धिः | भगवद् गीतामा युक्ताहार भनिएको छ | हो, तपाईले खानुपर्छ, तपाई सुत्नुपर्छ, तपाईले आफ्ना इन्द्रियहरु सन्तुष्ट पार्नुपर्छ, तपाईले रक्षाको लागि व्यवस्थापन गर्नुपर्छ- सम्भव भएसम्म, आफ्नो ध्यान धेरै मोड्नको लागि होइन | हामीले खानुपर्छ, युक्ताहर | त्यो तथ्य हो | तर अत्याहार होइन | रुप गोस्वामीले आफ्नो उपदेशामृतमा सल्लाह दिनुभएको छ,

अत्याहारः प्रयासश् च प्रजल्पो नियमग्रहः
लौल्यं जन​-सङ्गश् च षड्भिर् भक्तिर् विनश्यति
(उपदेशामृत २)

यदि तपाई आध्यात्मिक चेतना विकास गर्न चाहनुहुन्छ भने-किनकि त्यो जीवनको एकमात्र उद्देश्य हो- तपाईले धेरै खानुहुँदैन, अत्याहारः, वा धेरै जम्मा गर्नुहुँदैन | अत्याहारः प्रयासश् च प्रजल्पो नियमग्रहः | त्यो हाम्रो सिद्धान्त हो |