NE/Prabhupada 0259 - कृष्णलाई प्रेम गर्ने दिव्य स्तरमा पुनर्स्थापित हुने



Lecture -- Seattle, September 27, 1968


के यो बैठकमा कसैले भन्न सक्छ कि ऊ कुनै पनि कुराको दास होइन ? ऊ हुनुपर्छ, किनकि त्यो उसको मौलिक अवस्था हो | तर कठिनाइ यो छ कि हाम्रा इन्द्रियहरुको सेवा गरेर समस्या एवं दु:खको कुनै समाधान निकाल्न सकिंदैन | नशा सेवन गरेर केहि समयको लागि मैले आफुलाई सन्तुष्ट पार्न सक्छु र यो नशामा मैले सोच्न सक्छु कि "म कसैको दास होइन | म मुक्त छु," तर त्यो कृत्रिम हुन्छ | जब नशा समाप्त हुन्छ , ऊ पुनः दासको अवस्थामा आउँछ | पुनः दास | यो हाम्रो अवस्था हो | तर यो संघर्ष किन छ ? मलाई सेवा गर्न बाध्य बनाइन्छ तर मलाई सेवा गर्ने इच्छा छैन | व्यवस्था कस्तो छ ? व्यवस्था भनेको कृष्ण भावना हो, यदि तपाई कृष्णको दास बन्नुहुन्छ भने तपाईको मालिक बन्ने इच्छा र उही समयमा तपाईको स्वतन्त्रताको इच्छा तत्काल प्राप्त हुन्छ | जस्तै, यहाँ तपाईले अर्जुन र कृष्णको तस्विर देख्नुहुन्छ | कृष्ण भगवान् हुनुहुन्छ | अर्जुन एक जीव हुन्, एक मानव हुन् तर उनी कृष्णलाई मित्रको रुपमा प्रेम गर्छन् | र आफ्नो मैत्रीक प्रेमको बदलामा कृष्ण उनको सारथी, उनको दास बन्नुभएको छ | त्यसैगरी, यदि हामी सबजना कृष्णलाई प्रेम गर्ने दिव्य स्तरमा पुनर्स्थापित हुन्छौं भने हाम्रो प्रभुत्वको इच्छा पुरा हुनेछ | वर्तमान समयमा यो थाहा छैन तर यदि हामी कृष्णलाई सेवा गर्न सहमत हुन्छौं भने क्रमिक रुपमा हामीले देख्छौं कि कृष्णले तपाईको सेवा गर्नुहुन्छ | त्यो अनुभूतिको कुरा हो | तर यदि हामी यो भौतिक जगतको एवं इन्द्रियहरुको सेवाबाट मुक्त हुन चाहन्छौं भने हामीले आफ्नो सेवा-भाव कृष्णतर्फ स्थानान्तरित गर्नुपर्छ | यसलाई कृष्ण भावना भनिन्छ | कामादीनां कति न कतिधा पालिता दुर्निदेशास् तेषां मयि न करुणा जाता न त्रपा नोपशान्तिः साम्प्रतम् अहम् लब्ध​-बुद्धिस् त्वाम् आयातः नियुङ्क्ष्वात्म​-दास्ये | एउटा भक्तले कृष्णलाई प्रार्थना गर्दैछन् कि "अहिलेसम्म मैले आफ्नो जीवनमा मेरा इन्द्रियहरुको सेवा गरेको छु |" कामादीनाम् | काम भनेको इन्द्रियहरु | "मैले गर्नु नहुने कार्य पनि कामवासनाको निर्देशन मानेर गरेको छु |" जसले पनि गर्नुपर्छ | जब कोहि दास वा गुलाम हुन्छ, तब उसलाई इच्छा नलाग्ने कार्य गर्न बाध्य बनाइन्छ | उसलाई बाध्य बनाइन्छ | यहाँ एक भक्तले स्वीकारेका छन् कि "मैले कामद्वारा निर्देशित भएर त्यस्तो कार्य गरें जुन मैले गनु हुँदैन थियो, तर मैले गरेको छु |" ठिकै छ, तपाईले गर्नुभयो, तपाईले आफ्ना इन्द्रियहरुको सेवा गर्नुभयो | त्यो ठिकै छ | "तर कठिनाइ भनेको तेषां करुणा न जाता न त्रपा नोपशान्तिः | मैले धेरै सेवा गरिसकें तर मैले पाएँ कि तिनीहरु सन्तुष्ट छैनन् | तिनीहरु सन्तुष्ट छैनन् | त्यो नै मेरो कठिनाइ हो | न इन्द्रियहरु सन्तुष्ट छन्, न म सन्तुष्ट छु, न इन्द्रियहरु मलाई सेवाबाट छुटकारा दिन दयालु छन् | मेरो अवस्था त्यस्तो छ |" यदि मैले अनुभव गर्थें कि, "मैले धेरै वर्षदेखि इन्द्रियहरुको सेवा गर्दै थिएँ, अहिले मेरा इन्द्रियहरु सन्तुष्ट......" होइन | तिनीहरु सन्तुष्ट हुँदैनन् | अझै निर्देशन दिंदैछन् | अझै निर्देशन दिंदैछन् | "म धेरै......" अवश्य पनि, यो धेरै प्राकृतिक हो, तर म यहाँ एउटा कुरा खोल्छु कि मेरा केहि शिष्यहरुले भनेका थिए, आफ्नो वृद्ध अवस्थामा पनि उनीहरुकी माताले विवाह गर्न चाहन्थिन् | हेर्नुहोस् त | उनका हुर्किएका बच्चाहरु छन् | र कसैले भन्यो कि उनकी हजुरआमाले पनि विवाह गरिन् | किन ? हेर्नुहोस् त | पचास वर्षमा पनि इन्द्रियहरु यति बलवान छन् कि उनलाई निर्देशन दिइएको छ: "हो, तिमीले गर्नुपर्छ |"