NE/Prabhupada 0262 - हामीले सधैं सोच्नुपर्छ कि हाम्रो सेवा पूर्ण भएको छैन



Lecture -- Seattle, September 27, 1968


तमाल कृष्ण: प्रभुपाद, त्यो समयमा के हुन्छ जब हामीलाई थाहा हुन्छ कि हामीले सेवा गर्नुपर्छ र हामी सेवा गर्न चाहन्छौं तर सेवा धेरै नराम्रो हुन्छ |

प्रभुपाद: कहिल्यै नसोच कि सेवा पूर्ण भएको छ | त्यसले तिमीलाई पूर्णताको स्तरमा राख्नेछ | हो | हामीले सधैं सोच्नुपर्छ कि हाम्रो सेवा अपूर्ण छ | त्यो धेरै राम्रो हुन्छ | जस्तै चैतन्य महाप्रभुले हामीलाई सिकाउनुभयो..... उहाँले भन्नुभयो ,"मेरा प्रिय मित्रहरु, कृपया विश्वास गर कि मसँग थोरै पनि कृष्णप्रति श्रद्धा छैन | यदि तिमीले म किन रुँदैछु भन्छौ भने जवाफ यो हो कि म महान भक्त हुँ भनेर मैले देखावटी व्यवहार गर्दैछु | वास्तवमा, मसँग एक चुट्की पनि कृष्ण-प्रेम छैन | यो रोदन केवल देखावटी हो |" "हजुरले किन त्यसो भन्दै हुनुहुन्छ ?" "कुरा यो हो कि म अझै पनि कृष्णलाई नदेखी बाँच्दैछु | त्यो भनेको मसँग कृष्णप्रति कुनै प्रेम छैन | म अझै बाँच्दैछु | म कृष्णलाई नदेखेको कारण धेरै अगाडि मर्नुपर्थ्यो |" हामीले त्यसरी सोच्नुपर्छ | यो उदाहरण हो | तिमी कृष्णलाई सेवा गर्न जति पूर्ण भए पनि तिमीले सधैं थाहा पाउनुपर्छ..... कृष्ण असिमित हुनुहुन्छ, त्यसैले तिम्रो सेवा उहाँ सामु पूर्ण रुपमा पुग्दैन | त्यो अपूर्ण रहनेछ किनकि हामी सिमित छौं | तर कृष्ण धेरै दयालु हुनुहुन्छ | तिमीले इमान्दारीपूर्वक थोरै सेवा अर्पण गरे पनि उहाँले स्वीकार्नुहुन्छ | त्यो कृष्णको सुन्दरता हो | स्वल्पम् अप्य् अस्य धर्मस्य त्रायते महतो भयात् | र यदि कृष्णले तिमीबाट थोरै सेवा स्वीकार्नुहुन्छ भने तिम्रो जीवन गौरवशाली हुन्छ | कृष्णलाई पूर्णतः प्रेम गर्न एवं सेवा गर्न सम्भव छैन किनकि उहाँ असिमित हुनुहुन्छ | भारतमा गंगाजीलाई आराधना गर्ने एउटा प्रक्रिया छ | गंगाजीलाई पवित्र नदि मानिन्छ | त्यसैले भारतीयहरु गंगाजीको आराधना गर्छन्, गंगाजीबाट जल लिएर उनलाई अर्पण गर्ने | मानौं, एउटा सानो भाँडोमा वा तिम्रो हातमा, तिमीले गंगाजीबाट केहि पानी लिन्छौ र भक्ति एवं प्रेमका साथ तिमीले गंगाजीलाई अर्पण गर्छौ | तिमीले गंगाजीबाट एक ग्लास पानी लिन्छौ र गंगाजीलाई अर्पण गर्छौ, यसमा गंगाजीलाई के लाभ वा हानी हुन्छ ? यदि तिमीले गंगाजीबाट एक ग्लास पानी लिएर पुनः अर्पण गर्छौ भने गंगाजीलाई के लाभ वा हानी हुन्छ ? तर गंगा-माताप्रतिको तिम्रो प्रक्रिया, तिम्रो श्रद्धा, तिम्रो प्रेम, "माता गंगा, म हजुरलाई थोरै जल अर्पण गर्छु," त्यो स्वीकारिन्छ | त्यसैगरी, हामीसँग कृष्णलाई अर्पण गर्न के छ ? सबै कुराको मालिक कृष्ण हुनुहुन्छ | अहिले हामीले यी फल अर्पण गरेका छौं | के यो फल हाम्रो हो ? यो फलको उत्पादन कसले गर्यो ? के मैले गरेको हुँ ? के कुनै मानिसमा त्यस्तो दिमाग छ, जसले फल, अन्न, दुध उत्पादन गर्न सक्छ ? तिनीहरुलाई धेरै महान वैज्ञानिक मानिन्छ | तिनीहरुलाई उत्पादन गर्न दिऔं | गाईले घाँस खाएर तिमीलाई दुध दिन्छिन् वैज्ञानिक प्रक्रियाद्वारा तिमीले घाँसलाई दुधमा परिणत गर्न किन सक्दैनौ ? अझै पनि धूर्तहरु सहमत हुँदैनन् कि भगवान् हुनुहुन्छ | तिमी बुझ्छौ ? तिनीहरु यति धूर्त बनेका छन्: "विज्ञान" | र तिम्रो बेकार विज्ञान के हो ? तिमीले गाईहरुले घाँस खाएर दूध दिएका देखेको छौं | तिमीले आफ्नी श्रीमतीलाई दिएर दुध किन नलिने ? तिमी किन खरिद गर्छौ ? तर यदि तिमीले यो घाँस एउटा मानवलाई दिन्छौ भने उनी मर्नेछिन् | भगवानको कानुन वा कृष्णको कानुन अन्तर्गत सबै कार्य हुँदैछ, तर पनि तिनीहरुले भन्छन् कि "भगवान् मृत हुनुहुन्छ | भगवान् हुनुहुन्न | म भगवान् हुँ |" तिमी यस्तो गर्छौ | तिनीहरु यस्तो धूर्त र मूर्ख बनेका छन् | तिनीहरु यो भेलामा किन आउँदैनन् ? "ओहो, स्वामीजीले भगवानको बारेमा भन्दै हुनुहुन्छ, पुरानो कुरा | (हाँसो) केहि नयाँ खोज गरौँ |" तिमी बुझ्छौ ? र यदि कसैले केहि नचाहिने कुरा बोल्छ भने "ओहो, ऊ...." उसले चार घण्टा शुन्यमा बोल्यो | हेर त | मन्ट्रियलमा एक सज्जनले भने,"स्वामीजी, उनी धेरै आश्चर्यजनक छन्, उनले चार घण्टा शुन्यमा बोले |" तिनीहरु यति मूर्ख छन् कि चार घण्टासम्म तिनीहरु शुन्यको बारेमा सुन्न चाहन्छन् | तिमी बुझ्छौ ? (हाँसो) शुन्यको के मूल्य छ ? र तिमी चार घण्टा नाश गर्छौ ? जे भए पनि, त्यो शुन्य हो | मानिसहरु यो चाहन्छन् | यदि हामीले सरल कुरा भन्छौं- "भगवान महान हुनुहुन्छ | तिमी शाश्वत दास हौ | तिम्रो कुनै शक्ति छैन | तिमी सधैं भगवानमा निर्भर छौ | आफ्नो दासत्व भगवानतर्फ लगाऊ, तिमी खुसी हुनेछौ" - "ओहो, यो धेरै राम्रो छैन |" तिनीहरु ठगिन चाहन्छन् | तसर्थ धेरै ठगहरु आउँछन्, ठग्छन् र जान्छन्, त्यति हो | मानिसहरु ठगिन चाहन्छन् | तिनीहरु सरल कुरा चाहँदैनन् |