NE/Prabhupada 0272 - भक्ति दिव्य हुन्छ



Lecture on BG 2.7 -- London, August 7, 1973


यी मूर्ख क्रियाकलाप हुन् | तर जब मानिस सत्त्व गुणमा हुन्छ, ऊ धीर हुन्छ | उसलाई थाहा हुन्छ कि जीवनको महत्व के हो, हामी कसरी बाँच्नुपर्छ, जीवनको लक्ष्य के हो, जीवनको उद्देश्य के हो ? जीवनको लक्ष्य भनेको ब्रह्मलाई बुझ्नु हो | ब्रह्म जानातीति ब्राह्मणः | त्यसैले सत्त्व गुण भनेको ब्राह्मण | त्यसैगरी, क्षेत्रीय | त्यो गुण​-कर्म​-विभागशः. हो | गुण | गुणको पनि ख्याल गर्नुपर्छ | तसर्थ श्री कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४।१३) | हामी कुनै गुणको प्रभावमा छौं | यो धेरै कठिन हुन्छ | तर हामीले तत्काल सबै गुण पार गर्न सक्छौं | तत्काल | कसरी ? भक्ति योगको माध्यमबाट | स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४।२६) | यदि तिमीले भक्ति योग ग्रहण गर्छौ भने तिमी प्रभावमा पर्दैनौ, सत्त्व, रजो वा तमो गुणमध्ये कुनैको प्रभावमा पर्दैनौ | त्यो पनि भगवद्-गीतमा बताइएको छ: मां च अव्यभिचारिणी भक्ति-योगेन सेवते | जो कृष्णको भक्तिमय सेवामा संग्लग्न हुन्छ, अव्यभिचारिणी, कुनै विचलन बिना, दृढ, धर्मनिष्ठ एकाग्रताका साथ, त्यस्तो मानिस, मां चाव्यभिचारिणी योगेन​, मां च अव्यभिचारेण योगेन भजते मां स गुणान् समतीत्य्ऐतान् (भ गी १४।२६) | ऊ तत्काल स्मपूर्ण गुणहरुभन्दा दिव्य हुन्छ | भक्तिमय सेवा यी भौतिक गुणहरुको प्रभावमा हुँदैन | त्यो दिव्य हुन्छ | भक्ति दिव्य हुन्छ | त्यसैले भक्ति बिना हामीले कृष्ण अथवा भगवानलाई बुझ्न सक्दैनौं | भक्त्या मां अभिजानाति (भ गी १८|५५) | केवल भक्त्या मां अभिजानाति | अन्यथा, यो सम्भव छैन | भक्त्या मां अभिजानाति यावन् यस् चास्मि तत्त्वतः | यदि तिमी भगवानलाई वास्तविक रुपमा बुझ्न चाहन्छौ भने तिमीले भक्ति मार्गको अनुसरण गर्नुपर्छ | त्यसपछि तिमी दिव्य हुन्छौ | त्यसैले श्रीमद् भागवतममा नारदलेभन्नुहुन्छ: त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १।५।१७) | यदि कसैले भावुक भएर गुण अनुरुपको आफ्नो कार्य त्याग्छ भने... त्यसलाई स्वधर्म भनिन्छ... स्वधर्म भनेको आफ्नो गुण अनुरुपको कर्तव्य | त्यसलाई स्वधर्म भनिन्छ | ब्राह्मण, क्षत्रिय​, वैश्य​, शूद्रलाई विभाजन गरिएको छ, गुण​-कर्म​-विभागशः (भ गी ४।१३), गुण र कर्मद्वारा |

यहाँ अर्जुनले भन्छन्, कार्पण्य​-दोषोपहतः-स्वभावः (भ गी २|७) | "म क्षत्रिय​ हुँ |" उनले बुझ्छन् कि: "म गलत गर्दैछु | म युद्ध गर्न अस्वीकार गर्दैछु | तसर्थ यो कार्पण्य​-दोष हो​, कृपण |" कृपण भनेको मसँग खर्च गर्न केहि धन छ, तर यदि मैले यसलाई खर्च गरिनँ भने यसलाई लोभ, कृपणता भनिन्छ | दुई स्तरका मानिसहरु छन्, ब्राह्मण र शुद्र | ब्राह्मण भनेको ऊ कृपण हुँदैन | ऊसँग मानव जीवनको सदुपयोग गर्ने मौका हुन्छ, लाखौँ डलर बराबरको मूल्य भएको... तर उसले यसको सदुपयोग गर्दैन | केवल हेरेर बस्छ: " म कति राम्रो छु |" त्यति मात्र | आफ्नो सुन्दरता वा आफ्नो धनको प्रयोग गर..... त्यो ब्राह्मण हो, उदार |