NE/Prabhupada 0274 - हामी ब्रह्म सम्प्रदायमा पर्दछौं



Lecture on BG 2.7 -- London, August 7, 1973

तिमी परम पुरुष, अर्थात् कृष्ण वा उहाँको प्रतिनिधि समक्ष जानुपर्छ | अरु सबै धूर्त र मूर्ख हुन् | यदि तिमी त्यस्तो व्यक्ति समक्ष जान्छौ, जो कृष्णको प्रतिनिधि तिमी धूर्त समक्ष जाँदैछौ | तिमी कसरी प्रबुद्ध हुन सक्छौ? तिमी कृष्ण वा उहाँको प्रतिनिधि समक्ष जानुपर्छ | त्यो जरुरी छ | तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | गुरु को हुन् ? समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् | गुरू पूर्ण कृष्ण भावनाभावित हुनुहुन्छ | ब्रह्म​-निष्ठम् | र श्रोत्रियम् | श्रोत्रियम् भनेको जसले सुनेका छन्, जसले श्रोत्रियम् पथबाट, वरिष्ठ अधिकारीबाट सुनेर ज्ञान प्राप्त गरेका छन् | एवं परम्परा-प्राप्तम् इमं राजर्षयोः विदुः (भ गी ४।२) | हामी अर्जुनबाट सिक्नुपर्छ कि जब हामी विचलित हुन्छौं, जब हामीले आफ्नो वास्तविक कर्तव्य बिर्सिन्छौँ, र हामी विचलित हुन्छौं, तब हामी अर्जुन जस्तै कृष्ण समक्ष जानुपर्छ | यदि तिमीले भन्छौ:"कृष्ण कहाँ हुनुहुन्छ ?" कृष्ण हुनुहुन्न तर उहाँको प्रतिनिधि हुनुहुन्छ | तिमी उनी समक्ष जानुपर्छ | यो नै वैदिक आदेश हो | तद्-विज्ञानार्थमं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | गुरु शरणमा अनिवार्य जानुपर्छ | र गुरु भनेको मौलिक रुपमा कृष्ण | तेने ब्रह्म हृद या आदि-कवाये मुह्यान्ति यात सुरयाह (श्री भा १।१।१) | जन्मद्यस्य यतः अन्वयात् इतरतश् च अर्थेसु अभिज्ञः स्वराट् | तिमी जानुपर्छ | ती हुन् गुरु | त्यसैले हामीले विचार गर्नुपर्छ, हामीले ब्रह्मा... उनी यस ब्रह्माण्डको पहिलो जीव हुन्, त्यसैले उनलाई गुरको रुपमा स्वीकारिन्छ | जस्तै हामी ब्रह्म सम्प्रदायमा पर्दछौं | चार सम्प्रदायहरू छन् , ब्रह्म-सम्पदय, श्री सम्प्रदाय, रुद्र सम्प्रदाय, र कुमार सम्प्रदाय | उनीहरु सबै महाजन हुन् | महाजनो एन गतः स पन्थः (चै च मध्य १७।१८६) | हामीले महाजनबाट प्राप्त गरेको मार्ग अनुसरण गर्नुपर्छ |

ब्रह्मा महाजन हुन् | हामीले ब्रह्माको तस्विरमा उनको हातमा वेद देख्न सक्छौं | उनले वेदको पहिलो शिक्षा प्रदान गरे | तर उनले कहाँबाट वैदिक ज्ञान प्राप्त गरे ? वैदिक ज्ञान अपौरुषेय हो | यो मानवद्वारा निर्मित होइन | यो भगवानद्वारा निर्मित हो | धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६।३।१९) | कृष्णले ब्रह्मालाई कसरी ज्ञान दिनुभयो ? तेने ब्रह्म हृदा | ब्रह्म भनेको वैदिक ज्ञान | शब्द ब्रह्म | तेने | उहाँले हृदाबाट वैदिक ज्ञान प्रदान गर्नुभयो | तेषां सतत​-युक्तानां भजतां प्रिती-पूर्वकम् (भ गी १०।१०) | जब ब्रह्मा जन्मिए, उनी विचलित भए: "मेरो कर्तव्य के हो? सर्वत्र अन्धकार छ |" त्यसैले उनले तपस्या गरे, र कृष्णले उनलाई ज्ञान प्रदान गर्नुभयो कि: "यो तिम्रो कर्तव्य हो | तिमि यसो गर |" तेने ब्रह्म हृदा य आदि-कवये | आदि-कवये (श्री भा १।१।१) | ब्रह्मा आदि-कवये हुन् | वास्तविक गुरु कृष्ण हुनुहुन्छ | र यहाँ..... कृष्णले भगवद् गीतामा सुझाव दिनुहुन्छ | यी धूर्त र मूर्ख कृष्णलाई गुरुको रुपमा स्वीकार्दैनन् | उनीहरु कुनै धूर्त वा मूर्ख वा पापी व्यक्तिलाई आफ्नो गुरु स्वीकार्छन् | ऊ कसरी गुरु हुन सक्छ ?