NE/Prabhupada 0282 - हामीले आचार्यहरुको पदचिह्नको अनुसरण गर्नुपर्छ



Lecture on BG 7.2 -- San Francisco, September 11, 1968

मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
यतताम् अपि सिद्धानां कश्चिन् वेत्ति मां तत्त्वतः
(भ गी ७|३)

यहाँ भनिएको छ कि मनुष्यस् तेषां शास्त्र ऽधिकर यज्ञानां सहस्र​-मध्ये | अब, म को हुँ, भगवान् को हुनुहुन्छ, यो भौतिक जगत् के हो, यो कसरी कार्यरत छ, यी कुराहरु बुझ्नु एउटा शिक्षित मानिसको कर्तव्य हो | एउटा मूर्ख मानिसले यो बुझ्न सक्दैन | तसर्थ शास्त्र अधिकार | शास्त्र भनेको मानिससँग ज्ञानको पुस्तक, शास्त्र सम्बन्धि केहि ज्ञान हुन्छ | जब हामीले ज्ञानको पुस्तक, शास्त्रमा ज्ञान भएको मानिस भेट्टाउँछौं, तब यसको संख्या धेरै घट्नेछ | यदि तपाईले यस क्षेत्रमा अशिक्षित मानिसहरुको संख्या ओअत्ता लगाउनुहुन्छ भने तपाईले धेरै पाउनुहुनेछ | र जब तपाईले कति जना एम.ए.हरु छन् पत्ता लगाउन चाहनुहुन्छ, तब एकै पटकमा ठुलो संख्या घट्नेछ | त्यसैगरी, धेरै मानिसहरु छन् तर यदि तपाईले आफ्नो जीवनमा पूर्णता प्राप्त गर्न प्रयासरत मानिस खोज्नुहुन्छ भने तपाईले निकै न्यून संख्या पाउनुहुनेछ | तिनीहरुमध्ये धेरै अध्यात्मवादी, स्वामी, योगीहरु छन् | यदि तपाई तिनीहरुमा गणना गर्नुहुन्छ कि कसले भगवानलाई बुझ्न चाहन्छ, कोसँग भगवानको ज्ञान छ, एकै पटकमा ठुलो संख्या घट्नेछ | फेरी | तसर्थ कृष्णले भन्नुहुन्छ कि हजारौं मानिसहरुमध्ये थोरै मात्र आफ्नो जीवनको पूर्णता प्राप्त गर्न इच्छुक हुन्छ | र आफ्नो जीवनमा वास्तविक पूर्णता प्राप्त गर्न प्रयासरत हजारौं मानिसहरु मध्ये तपाईले थोरै पाउनुहुनेछ- वा तपाईले नपाउन सक्नुहुन्छ- जसले भगवान् वा कृष्णलाई बुझेको छ | तर कृष्ण यति दयालु हुनुहुन्छ कि सबजनाले बुझुन् भनेर उहाँ आफैं आउनुहुन्छ | र उहाँ यति दयालु हुन्छ कि भौतिक जगतबाट प्रस्थान गर्नुभन्दा अघि यस भगवद् गीता छाडिदिनुहुन्छ ताकी तपाईले उहाँको व्यक्तिगत वार्ताबाट भगवान् को हुनुहुन्छ भनेर बुझ्न सक्नुहोस् | त्यसैले जब तपाईले ठिक ढंगमा, कुनै मूर्खतापूर्ण व्याख्या नगरी भगवद् गीताको अध्ययन गर्नुहुन्छ, जसरी यो कृष्णले बोल्नुभयो, कुनै निराधार तर्क नगरी, तर यथारुपमा..... हुकुमलाई हुकुम भन्नुहोस् | कृष्ण भन्नुहुन्छ कि "म परम पुरुषोत्तम भगवान् हुँ |" यो संकरणलाई आफ्नो मूर्खतापूर्ण व्याख्या नदिनुहोस्, तर कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा स्वीकार्नुहोस् | र उहाँको कार्यद्वारा, उहाँको शास्त्रीय ज्ञानद्वारा, विद्वताद्वारा...... पहिलेका सब आचार्यहरुले स्वीकारेका थिए |

त्यसैले हामीले आचार्यहरुको पदचिह्नको अनुसरण गर्नुपर्छ | महाजनो येन गतः स पन्थाः (१८६) | हामीले महान व्यक्तिहरुको पदचिह्नको अनुसरण नगरी उच्चतम कुराहरु बुझ्न सक्दैनौं | जस्तै वैज्ञानिक जगतमा पनि गुरुत्वाकर्षणको नियम छ | तपाईलाई गुरुत्वाकर्षणको नियम सम्बन्धि केहि थाहा छैन, तर सर आइज्याक निउटनले भने कि गुरुत्वाकर्षणको नियम विद्यमान छ | उनले स्वीकारे | त्यति हो | त्यो भनेको तपाईले महान व्यक्तित्वको अनुसरण गर्नुपर्छ | त्यसैगरी, कृष्णलाई निराधार रुपमा भगवान् स्वीकार्नुहुँदैन | तर उहाँलाई चैतन्य महाप्रभु, रामानुजाचार्य, शङ्कराचार्यजस्ता व्यक्तित्वहरुले स्वीकारेका छन्, जसले आध्यात्मिक जगततर्फ मार्गनिर्देशन गरेका छन् | तसर्थ तपाईले त्यस प्रक्रियाद्वारा स्वीकार्नुपर्छ |