NE/Prabhupada 0285 - कृष्ण र उहाँको भूमी वृन्दावन मात्र प्रेम गर्न योग्य पात्र हुन्



Lecture -- Seattle, September 30, 1968

कृष्ण गाई चराउन जानुहुन्थ्यो र गोपीहरु घरमा..... उनीहरु युवती वा महिला थिए | उनीहरु...... युवती वा महिलालाई काम गर्ने अनुमति थिएन | त्यो वैदिक चलन हो | उनीहरुलाई घरमा राख्नुपर्छ र पिता, पति वा हुर्केको छोराले सुरक्षा दिनुपर्छ | उनीहरुलाई बाहिर जाने अनुमति थिएन | त्यसैले उनीहरुले घरमा बस्थे | तर कृष्ण धेरै टाढा गाई चराउँदै बस्नुहुन्थ्यो, र गोपीहरुले घरमा सोच्थे,"ओहो, कृष्णको चरणकमल यति कोमल छ | अहिले उहाँ कच्चा-रुखो जमिनमा हिंड्दै हुनुहुन्छ | ढुङ्गाले उहाँको पैतालामा घोच्छ | उहाँलाई पीडा अनुभव भएको होला |" यस प्रकारले सोच्दै उनीहरु रुने गर्थे | हेर्नुहोस् त | कृष्ण धेरे टाढा बस्नुहुन्थ्यो र कृष्णले के अनुभव गर्दै हुनुहुन्छ, उनीहरु केवल त्यस अनुभूतिको बारेमा सोच्दैछन्, "कृष्णलाई यस्तो अनुभव भएको होला |" यो प्रेम हो | उनीहरु कृष्णलाई सोध्दैनन् "मेरो प्रिय कृष्ण, हजुरले त्यहाँबाट हामीलाई के ल्याउनुभयो ? हजुरको गोजीमा के छ ? मलाई हेर्न दिनुहोस् |" होइन | केवल कृष्णको बारेमा सोच्ने, कसरी कृष्ण सन्तुष्ट हुनुहुनेछ | उनीहरु आफुलाई सजाउँथे किनकि...... र कृष्णको सामु सुन्दर वस्त्रमा जान्थे,"ओहो उहाँले हेरेर खुसी हुनुहुनेछ |" साधारणतया, एउटा युवा वा पुरुषले आफ्नी प्रेमिका वा पत्नीले सुन्दर वस्त्र लगाएको मनपराउँछ | तसर्थ, सुन्दर वस्त्र पहिरिनु महिलाको प्रकृति हो | र वैदिक चलन अनुसार, एउटी महिलाले केवल आफ्ना पतिलाई सन्तुष्ट पार्न राम्रो वस्त्र पहिरिनुपर्छ | त्यो वैदिक चलन हो | यदि उसको पति घरमा हुँदैन भने उसले राम्रो वस्त्र पहिरिनुहुँदैन | यी उपदेशहरु हुन् | प्रोषित भर्तृका | महिलाका विभिन्न वस्त्रहरु छन् | उसको वस्त्र हेरेर उसलाई बुझ्न सकिनेछ | उसको वस्त्रद्वारा ऊ कुमारी हो भनेर बुझ्न सकिन्छ | केवल उसको वस्त्रद्वारा ऊ विवाहित पत्नी हो भनेर बुझ्न सकिन्छ | उसको वस्त्रद्वारा ऊ विधवा हो भनेर बुझ्न सकिन्छ | उसको वस्त्रद्वारा ऊ वेश्या हो भनेर बुझ्न सकिन्छ | त्यसैले वस्त्र महत्वपूर्ण हुन्छ | प्रोषित भर्तृका |

हामी सामाजिक कुराको बारेमा छलफल गर्नेछैनौं | हामी कृष्णको प्रेममय सम्बन्धको चर्चा गर्दैछौं | कृष्ण र गोपीहरुको सम्बन्ध यति आत्मीय र विशुद्ध थियो कि कृष्ण स्वयंले स्वीकार्नुभयो,"मेरा प्रिय गोपीहरु, तिमीहरुको प्रेमको ऋण चुक्ता गर्ने सामर्थ्य मसँग छैन |" कृष्ण परम पुरुषोत्तम भगवान् हुनुहुन्छ | उहाँ यति गरिब हुनुभयो कि "मेरा प्रिय गोपीहरु, यो मेरो लागि सम्भव छैन कि तिमीहरुले मलाई प्रेम गरेर सिर्जना गरेको ऋण मैले तिन सकूँ |" त्यो प्रेमको सर्वोच्च पूर्णता हो | रम्या काचिद् उपासना व्रजवधू | म केवल चैतन्य महाप्रभुको लक्ष्यको वर्णन गर्दैछु | उहाँले हामीलाई उपदेश दिंदै हुनुहुन्छ, उहाँको लक्ष्य यो छ कि कृष्ण र उहाँको भूमी वृन्दावनमात्र प्रेम गर्न योग्य वस्तु हुन् | र उहाँलाई प्रेम गर्ने प्रक्रियाको ज्वलन्त उदाहरण गोपीहरु हुन् | कोहि पनि पुग्न सक्दैन | भक्तका धेरै स्तरहरु छन् र गोपीहरुलाई सर्वोच्च स्तरमा रहेको मानिन्छ | र गोपीहरुमध्ये सर्वोच्च राधारानी हुनुहुन्छ | तसर्थ कसैले पनि राधारानीको प्रेमलाई जित्न सक्दैन | रम्या काचिद् उपासना व्रजवधू-वर्गेण या कल्पिता, श्रीमद्-भागवतम् अमलं पुराणम् | अब भगवनलाई प्रेम गर्ने यस विज्ञान सिक्नको लागि कुनै पुस्तक हुनुपर्छ, कुनै आधिकारिक शास्त्र हुनुपर्छ | हो | चैतन्य महाप्रभुले भन्नुहुन्छ, श्रीमद्-भागवतम् अमलं पुराणम् | श्रीमद् भागवतम् भगवानलाई प्रेम गर्ने सम्बन्धि विशुद्ध विवरण हो | अरु कुनै विवरण छैन | सुरुवात देखि यसमा भगवानलाई प्रेम गर्ने तरिका सिकाइएको छ | जसले श्रीमद् भागवतम् पढ्नुभएको छ, प्रथम स्कन्धको प्रथम श्लोक, जन्माद्य् अस्य यतः, सत्यं परं धीमहि (श्री भा १।१।१) | सुरुवातमा भनिएको छ "म ती परमब्रह्मलाई आफ्नो शुद्ध भक्ति अर्पण गर्छु, जसबाट सबै कुरा उत्पन्न भएको छ |" जन्माद्य् अस्य यतः | तपाईलाई थाहा छ, यो महान विवरण हो | तर, श्रीमद् भागवतम्...... यदि तपाई भगवान् वा कृष्णलाई कसरी प्रेम गर्ने सिक्न चाहनुहुन्छ भने श्रीमद् भागवतम् अध्ययन गर्नुहोस् | र श्रीमद् भागवतम् बुझ्न प्रारम्भिक अध्ययन भगवद्-गीता हो | त्यसैले वास्तविक प्रकृति बुझ्न भगवद्-गीता अध्ययन गर्नुहोस्, वा भगवान् र तपाईको परिचय तथा एक-आपस बीचको सम्बन्ध बुझ्न अध्ययन गर्नुहोस् र जब तपाई थोरै परिचित हुनुहुन्छ, जब तपाई तयार हुनुहुन्छ कि "हो, कृष्ण एकमात्र प्रेम गर्न योग्य वस्तु हुनुहुन्छ," तब तपाईले लिनुपर्ने अर्को पुस्तक श्रीमद् भागवतम् हो | र तपाई अघि बढ्नुहोस् | जस्तै भगवद्-गीता यथारूप प्रवेशद्वार हो | जसरी विद्यार्थीहरु विद्यालयको परिक्षा उत्तीर्ण गरेर कलेज प्रवेश गर्छन् | त्यसैगरी भगवानलाई प्रेम गर्ने परिक्षामा भगवद्-गीता यथारूप अध्ययन गरेर उत्तीर्ण हुनुहोस् | त्यसपछि श्रीमद् भागवतम् अध्ययन गर्नुहोस् र...... यो स्नातक तहको अध्ययन हो | र जब तपाई अझै विकसित हुनुहुन्छ, स्नातकोत्तर तह, तब चैतन्य महाप्रभुको दिव्योपदेश अध्ययन गर्नुहोस् |