NE/Prabhupada 0287 - कृष्णप्रतिको आफ्नो स्मृति, आफ्नो प्रेम पुनर्जागृत गर्नु



Lecture -- Seattle, September 30, 1968

प्रभुपाद: कुनै प्रश्न छ ?

मधुद्विष: प्रभुपाद ? के हामीले हजुरको भगवद् गीता प्रकाशन भएपछि श्रीमद् भागवतम् पढ्दा हुन्छ ? वा हामीले सारा समय भगवद् गीताको अध्ययन गरौँ, र...... र त्यहाँबाट प्रगति गरौँ वा हामीले श्रीमद् भागवतम् अध्ययन गर्न निरन्तरता दिऔं ?

प्रभुपाद: होइन | तिमीले भगवद् गीता यथारूपको अध्ययन गर्नुपर्छ | यो केवल प्रारम्भिक विभाजन हो | आध्यात्मिक स्तरमा सबै कुरा समान हुन्छन् | यदि तिमीले भगवद् गीताको अध्ययन गर्छौ भने तिमीले श्रीमद् भागवतममा प्रस्तुत गरिएको प्रस्ताव नै पाउनेछौ | यो होइन कि तिमीले श्रीमद् भागवतम् अध्ययन गरेको कारण भगवद् गीताको अध्ययन गर्नुपर्दैन | यो त्यस्तो होइन | तिमी यी शास्त्रहरुको अध्ययन गर र हरे कृष्ण जप, नियम पालन गर र खुसी भएर बाँच | हाम्रा कार्यक्रम धेरै खुसीको कार्यक्रम हो | हामी जप्छौँ, हामी नाच्छौँ, हामी कृष्ण प्रसादम् खान्छौं, हामीले कृष्णको सुन्दर तस्विर बनाउँछौं र तिनलाई सुन्दर रुपमा सजाउँछौं, र हामी दर्शनको अध्ययन गर्छौं | तिमीलाई अरु के चाहिन्छ ? (हाँस्नुहुन्छ)

जाह्नवा: सुरुवातमा कृष्णप्रतिको वास्तविक प्रेमको चेतना हामीले कसरी र किन गुमायौं ?

प्रभुपाद: हँ ?

तमाल कृष्ण: कसरी र किन......हामीले सुरुवातमा कृष्णप्रतिको प्रेम कसरी र किन गुमायौं ?

जाह्नवा: होइन, प्रेम होइन | केवल कृष्णप्रतिको हाम्रो वास्तविक प्रेमको चेतना |

प्रभुपाद: हाम्रो चेतना यथावत छ | तिमी कसैलाई प्रेम गर्छौ | तर तिमीले कृष्णलाई प्रेम गर्नुपर्छ भन्ने कुरा बिर्सिएका छौ | विस्मृति पनि हाम्रो प्रकृति हो | कहिलेकहीं हामी बिर्सन्छौं | र विशेषगरी हामी धेरै सुक्ष्म भएको कारण, मैले हिजो रति यो समयमा के गर्दै थिएँ पनि स्मरण गर्न सक्दिनँ | विस्मृति हाम्रो लागि अप्राकृतिक कुरा होइन | र फेरी, यदि कसैले हाम्रो स्मृतिलाई पुनर्जागृत गराउन चाहन्छ भने त्यो स्वीकार्नु पनि अप्राकृतिक होइन | हाम्रो प्रेम गर्ने पात्र कृष्ण हुनुहुन्छ | कुनै कारणवश हामीले उहाँलाई बिर्सिएका छौं | हामीले बिर्सिएको समय पत्ता लगाउन सक्दैनौं | त्यो निरर्थक मेहेनत हो | तर यो तथ्य हो कि हामीले बिर्सिएका छौं | अब यसलाई पुनर्जागृत गर | यहाँ अवसर छ | यसको इतिहास पत्ता लगाउने प्रयास नगर कि तिमीले किन बिर्सियौ र आफ्नो विस्मृतिको मिति के हो | तिमीलाई थाहा भए पनि यसको के महत्व हुन्छ ? तिमीले बिर्सिएका छौ | यसलाई लिऊ | जस्तै यदि तिमी चिकित्सककहाँ जान्छौ भने उसले कहिल्यै पनि सोध्दैन कि तिमीलाई रोग कसरी लग्यो, त्यो रोगको इतिहास के हो, तिमी कहिले संक्रमित भयौं | होइन | उसले केवल तिम्रो धड्कन जाँच्छ र तिमीलाई रोग लागेको देखेर औषधि दिन्छ: "ठिक छ | तिमी यो लिऊ |" त्यसैगरी, हामी पीडित छौं | त्यो तथ्य हो | कसैले अस्वीकार गर्न सक्दैन | तिमीले किन पीडा भोग्दैछौ ? कृष्णलाई बिर्सिएर | त्यति हो | अब कृष्ण सम्बन्धि तिम्रो स्मृति पुनर्जागृत गर, तिमी खुसी हुन्छौ | त्यति हो | धेरै सजिलो कुरा | तिमीले बिर्सिएको इतिहास पत्ता लगाउने प्रयास नगर | तिमीले बिर्सिएको छौ, त्यो तथ्य हो, किनकि तिमी पीडामा छौ | अब, यहाँ अवसर छ, कृष्ण भावनामृत अभियान | आफ्नो स्मृति, कृष्णप्रतिको प्रेम पुनर्जागृत गर | सजिलो कुरा | हरे कृष्ण जप, नाच र कृष्ण प्रसाद ग्रहण गर | र यदि तिमी शिक्षित छैनौ, तिमी निरक्षर छौ भने तिमी सुन | तिमीसँग कान जस्तो प्राकृतिक उपहार छ | तिमीसँग प्राकृतिक जिब्रो छ | तिमीले हरे कृष्ण जप्न सक्छौ र तिमीले ज्ञानमा अवस्थित व्यक्तिबाट भगवद् गीता वा श्रीमद् भागवतम् श्रवण गर्न सक्छौ | त्यसमा कुनै बाधा छैन | यसलाई कुनै पूर्व-योग्यता चाहिंदैन | तिमीले केवल आफुसँग भएको सम्पत्तिको प्रयोग गर | त्यति हो | तिमी सहमत हुनुपर्छ | त्यो आवश्यक छ | "हो, म कृष्ण भावना ग्रहण गर्नेछु |" त्यो तिमी माथि निर्भर हुन्छ किनकि तिमी स्वतन्त्र छौ | यदि तिमी "होइन | मैले कृष्णलाई किन ग्रहण गर्ने ?" भनेर असहमत हुन्छौ भने कसैले तिमीलाई दिन सक्दैन | तर यदि तिमी सहमत हुन्छौ भने तिमीले यहाँ धेरै सजिलै प्राप्त गर्न सक्छौ | यसलाई लिऊ |