NE/Prabhupada 0301 - सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्



Lecture -- Seattle, October 2, 1968

कृष्ण भावनामृत अभियानको बारेमा हामीले चैतन्य महाप्रभुको शिक्षाबाट बुझुपर्छ | उहाँ ... पाँच हजार वर्षअघि उहाँ बङ्गालमा आउनुभयो, भारतको एउटा प्रान्तमा र उहाँले विशेषगरी कृष्ण भावनामृत अभियान प्रचार गर्नुभयो | उहाँको उदेश्य भनेको जो भारतवर्षमा जन्मिएको छ, उसले कृष्ण भावनाको सन्देश फैलाउने जिम्मा लिनुपर्छ, र सारा संसारभरि यसको वितरण गर्नुपर्छ | त्यो आदेश पुरा गर्न हामी तिमीहरुको देशमा आयौँ | त्यसैले मेरो आग्रह छ कि तिमीहरु यो कृष्ण भावनामृत अभियानको बारेमा बुझ्ने प्रयास गर, आफ्नो पूर्ण ज्ञानद्वारा, विस्तृत रुपमा | यसलाई अन्धो रुपमा स्वीकार नगर | तिम्रो तर्क, ज्ञान, विवेक, अनुभूतिद्वारा बुझ्ने प्रयास गर - तिमी मानिस हौ - र तिमीले यसलाई अवश्य पनि दिव्य पाउनेछौ | हामीले यो पुस्तक प्रकाशित गरेका छौँ, चैतन्य महाप्रभुको दिव्य उपदेश र अरु धेरै पुस्तकहरु छन् | त्यसैले ती पुस्तकहरु अध्ययन गर्ने प्रयास गर | हामीसँग पत्रिका पनि छ, भगवद्-दर्शन | हामी भावुकतावादी होइनौं कि हामी केवल नाच्दैछौं | यो नृत्यको ठुलो मुल्य छ; यदि तिमी हामीसँग नाच्छौ भने तिमीले अनुभव गर्नेछौ | यो होइन कि केही पागल मानिसहरु नाच्दैछन् | होइन | सबभन्दा बुद्धिमान मानिसहरु नाच्दैछन् | यो कार्य धेरै राम्रो छ- जस्तै एउटा युवा पनि यहाँ सहभागी हुँदैछ | सार्वभौमिक | आबद्ध होऊ, हरे कृष्ण जप र नाच, तब तिमीले अनुभव गर्नेछौ | धेरै सजिलो प्रकृया | तिमीले कुना उच्च सिद्धान्त वा शब्दको खेल वा अरु केही बुझ्नुपर्दैन | सजिलो कुरा | त्यो सजिलो कुरा के हो ? भगवान् महान हुनुहुन्छ, सबैलाई थाहा छ र हामी महानका अंश हौँ | जब महानसँग हाम्रो पुनर्मिलन हुन्छ, हामी पनि महान बन्छौं |

जस्तै तिम्रो शरीरको एउटा सानो अंश, एउटा सानो औंला, त्यसको मुल्य पनि सम्पूर्ण शरीर बराबर हुन्छ | तर जब त्यस सानो अंश शरीरबाट छुट्टिन्छ, त्यसको कुनै मूल्य हुँदैन | त्यसको कुनै मुल्य हुँदैन | यो औंला तिम्रो शरीरको धेरै सानो अंश हो | यदि यो दुख्यो भने तिमी लाखौं डलर खर्च गर्न तयार हुन्छौ | तिमीले उक्त पीडा सन्चो पार्न चिकित्सकलाई लाखौं डलर तिर्छौ र जब चिकित्सकले भन्छन् कि "यो औंला काट्नुपर्छ, अन्यथा सारा शरीरमा संक्रमण फैलिनेछ," जब यो औंला तिम्रो शरीरबाट काटिन्छ, तिमीले यसको मतलब गर्दैनौ | कुनै मुल्य रहँदैन | बुझ्ने प्रयास गर | एउटा टाइपराइटरको सानो पेच हरायो भने त्यो टाइपराइटरले राम्ररी कार्य गर्न सक्दैन, तिमी मर्मत गर्ने पसलमा जान्छौ | उसले तिमीसँग दश डलर माग्छौ | तिमीले तत्काल तिर्छौ | जब त्यो सानो पेच उक्त यन्त्र बाहिर हुन्छ, त्यसको मूल्य एक पैसा बराबर पनि हुँदैन | त्यसैगरी, हामी पनि भगवानका अंश हौँ | यदि हामी भगवानसँग सहकार्य गर्छौं, अर्थात् यदि हामी कृष्ण भावना वा भागवत चेतनामा कार्य गर्छौं, कि "म अंश हुँ....." जस्तै यो औंलाले पूर्ण रुपमा मेरो शरीरको चेतना अनुरुप कार्य गर्दैछ | जब थोरै पीडा हुन्छ, मैले अनुभव गर्न सक्छु | त्यसैगरी, यदि तिमी कृष्ण भावनाभावित हुन्छौ भने त्यो तिम्रोको जीवनको साधारण अवस्था हुन्छ, तिम्रो जीवन सफल हुन्छ | र जब तिमि कृष्ण भावनाबाट टाढा रहन्छौ, तिम्रा सारा समस्याहरु सुरु हुन्छन् | हरेक दिन हामी यस कक्षामा धेरै उदाहरणहरु दिन्छौं | यदि हामी खुसी हुन चाहन्छौं र आफ्नो साधारण अवस्थामा रहन चाहन्छौं भने हामीले यस कृष्ण भावना स्वीकार्नुपर्छ | यो कृष्ण भावनामृत अभियान हो |