NE/Prabhupada 0309 - आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ



Lecture -- Seattle, October 2, 1968

मधुद्विष: के एउटा इशाईलाई आध्यात्मिक गुरुको सहायता बिना येशु ख्रिस्टको वाणीमा विश्यास गर्दै उहाँका उपदेशहरु पालन गरेर आध्यात्मिक आकाश पुग्न सम्भव छ ?

प्रभुपाद : मैले बुझिनँ |

तमाल कृष्ण : के यस युगमा एउटा इशाई कुनै आध्यात्मिक गुरु बिना, केवल बाइबल अध्ययन गरेर र येशुका वाणीहरु पालन गरेर.....

प्रभुपाद : जब तिमी बाइबल पढ्छौ, तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसार गर्छौ | तिमीले कसरी उहाँ बिना भन्न सक्छौ ? तिमीले बाइबल पढ्नु भनेको तिमीले येशुको वाणी अनुसरण गर्नु हो, त्यो भनेको तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसरण गरेका छौ | त्यसैले आध्यात्मिक गुरु बिना सिक्ने अवसर कहाँ रहन्छ ?

मधुद्विष: मैले जीवित आध्यात्मिक गुरु भन्न खोजेको हुँ |

प्रभुपाद : आध्यात्मिक गुरु भनेको ........... आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ | तिम्रो प्रश्न आध्यात्मिक गुरु बिना कार्य गर्ने सम्बन्धि छ | तिमीले आध्यात्मिक गुरु बिना जीवनको कुनै पनि क्षणमा प्रगति गर्न सक्दैनौ | तिमीले यी आध्यात्मिक गुरु, ती आध्यात्मिक गुरु स्वीकार्न सक्छौ | त्यो फरक कुरा हो | तर तिमीले स्वीकार्नैपर्छ | जब तिमीले "बाइबल पढेर" भन्छौ, जब तिमीले बाइबल पढ्छौ, त्यो भनेको आध्यात्मिक गुरुको अनुसरण गर्नु हो, जसको प्रतिनिधित्व येशु ख्रिस्टको परम्परामा आएका कुनै पुजारी वा पादरीले गर्छन् | त्यसैले जुनसुकै अवस्थामा पनि तिमीले आध्यात्मिक गुरुलाई अनुसरण गर्नुपर्छ | आध्यात्मिक गुरु बिना कार्य गर्ने प्रश्न नै उठ्दैन | के यो स्पष्ट छ ? मधुद्विष: मैले भन्न खोजेको कुरा, जसरी हामीले तपाईको मदत बिना, तपाईको प्रस्तुति बिना भगवद्-गीताको ज्ञान बुझ्न सक्दैनौं |

प्रभुपाद: त्यसैगरी, तिमीले बाइबल पनि चर्चको पादरीको सहायताले बुझ्नुपर्छ | मधुद्विष: हो | तर के उनले आफ्नो गुरु शिष्य परम्परा अन्तर्गत वा आफ्नो बिसपबाट सहि व्याख्या प्राप्त गरेका छन् ? किनकि बाइबलको व्याख्यामा केही त्रुटी देखिन्छ | बाइबलको अनुवाद विभिन्न इशाई समुदायहरुले विभिन्न किसिममा गरेका छन् |

प्रभुपाद : अवश्य पनि, बाइबलको कुनै अपव्याख्या गर्नुहुँदैन | तब बाइबलको कुनै अधिकार रहँदैन | यदि तिमीले केहि अपव्याख्या गर्छौ भने... जस्तै "सुरतलाई सुरत भन |" यदि तिमीले अरु केहि भन्छौ भने त्यो फरक कुरा हुन्छ | ऊ आध्यात्मिक गुरु हुँदैन | जस्तै यो घडी हो | सबैले यसलाई घडी भन्छन्, र यदि मैले यसलाई चस्मा भनेँ भने म आध्यात्मिक गुरु हुनुको के अर्थ रहन्छ ? मैले पथभ्रष्ट पार्दैछु | यो घडी हो, मैले त्यहि भन्नुपर्छ | (हाँसो) त्यसैले ... जब अपव्याख्या हुन्छ ऊ आधिकारिक आध्यात्मिक गुरु होइन | ऊ अध्यात्मिक गुरु पनि होइन, अधिकारीकको के कुरा गर्नु | यदि मैले तिमीलाई यो घडी कसरी हेर्ने भनेर सिकाउनु पर्यो भने, मैले भन्न सक्छु कि "यो घडी हो, यसलाई हात भनिन्छ, र यसलाई समय संकेत भनिन्छ, यसलाई यो भनिन्छ..." त्यो सहि हुन्छ | र यदि मैले भन्छु कि "सबैले यसलाई घडी भन्छन् | म भन्छु कि यो चस्मा हो," तब म कस्तो किसिमको आध्यात्मिक गुरु हुँ त ? त्यस्तो गुरुलाई तत्काल अस्वीकार गर्नुपर्छ | त्यो बुद्धि तिमीसँग अनिवार्य हुनुपर्छ, को झुटो आध्यात्मिक गुरु हो वा को वास्तविक आध्यात्मिक गुरु हुन् | अन्यथा तिमी ठगिनेछौ | र वर्तमान समयमा त्यो हुँदैछ | सबैजना आफ्नै तरिकाले व्याख्या गर्दैछन् | भगवद्-गीताका हजारौं संस्करण छन् र तिनीहरुले आफ्नै तरिकाले व्याख्या गर्ने प्रयास गरेका छन्, सबै बेकार छन् | तिनीहरु सबै फालिदिनुपर्छ | तिमीले केवल भगवाद्-गीता यथारुप पढ्नु पर्छ | तब तिमीले बुझ्नेछौ | अपव्याख्याको कुनै प्रश्न नै उठ्दैन | तब अधिकार पनि रहँदैन | जब तिमीले अपव्याख्या गर्छौ, तब अधिकार रहँदैन | संविधान | के तिमीले भन्न खोजेको यो हो कि यदि तिमीले न्यायाधीशको अगाडि "प्रिय महाजन, म यो हरफलाई यसरी व्याख्या गर्छु" भन्छौ भने के यो स्वीकार्य हुन्छ ? न्यायाधीशले तत्काल भन्नेछन्, "व्याख्या गर्नको लागि तिमी को हौ ? तिमीसँग कुनै अधिकार छैन |" यो कानुनको के अधिकार रहन्छ यदि सबैले "म यसरी व्याख्या गर्छु" भन्छन् | र व्याख्या कहिले आवश्यक हुन्छ ? जब कुनै कुरा बुझिंदैन | जब मैले "यो घडी हो" भन्छु र सबैले बुझ्छन् कि "यो घडी हो," तब यो चस्मा हो भनेर व्याख्या गर्ने आवश्यकता कहाँ हुन्छ ? यदि सबैजनाले हरफ स्पष्ट रुपमा बुझ्न सक्छन् भने ... जस्तै बाइबलमा, "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो |" व्याख्याको प्रश्न कहाँ उठ्छ ? हो, भगवानले सृष्टि गर्नुभयो | तिमीले गर्न सक्दैनौ | अनुवाद गर्ने आवश्यकता कहाँ छ ? अनावश्यक व्याख्या जरुरि छैन र त्यो अधिकारिक होइन, र जसले अनावश्यक ढंगले व्याख्या गरिरहेका छन्, तिनीहरुलाई तत्कालअस्वीकार गर्नुपर्छ | तत्काल, कुनै विचार बिना | भगवानले भन्नुभयो, "सृष्टि होस |" त्यसैले सृष्टि भयो | सजिलो कुरो | व्याख्या गर्नुपर्ने आवश्यकता कहाँ छ ? यहाँ के व्याख्या गर्नुपर्छ ? सुझाव देऊ कि यो ठाउँमा व्याख्या हुनुपर्छ | के म ठिक छु ? के बाइबलको सुरुवातमा त्यसो भनिएको छ ? "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो | तिम्रो व्याख्या के छ ? तिम्रो व्याख्या के छ मलाई भन | के व्याख्याको कुनै सम्भावना छ ? के तिमीहरु कसैले सुझाव दिन सक्छौ ? व्याख्याको आवश्यकता कहाँ छ ? कसैले भन्न सक्छ | त्यो फरक कुरा हो, तर भगवानले सृष्टि गर्नुभएको हो भन्ने तथ्य विद्यमान रहनेछ | त्यो तिमीले परिवर्तन गर्न सक्दैनौ | अब, त्यो सृष्टिको कार्य कसरी भयो, त्यो भागवतममा भनिएको छ : सर्वप्रथम आकाश थियो, त्यसपछि आवाज आयो, त्यसपछि यो, त्यो | यो सृष्टिको प्रक्रिया हो, त्यो अर्को कुरा हो | तर भगवानले सृष्टि गर्नुभएको हो भने तथ्य कुनै पनि परिस्थितिमा विद्यमान रहनेछ | यो होइन कि धूर्त वैज्ञानिकहरुले भन्छन्, "सर्वप्रथम एउटा थुप्रो थियो र त्यो छुट्टियो, त्यसपछि यी ग्रहहरुको सृष्टि भयो | यो होला र त्यो होला," यी सबै बेकार हुन् | तिनिहरु केवल व्याख्या गर्छन् कि, "होला," "हुन सक्छ |" त्यो विज्ञान होइन -"होला," "हुन सक्छ |" किन होला ? यहाँ प्रष्ट बयान छ, "भगवानले सृष्टि गर्नुभयो |" त्यति हो | सकियो |