NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर



Lecture -- Seattle, October 2, 1968

बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उहाँ बसेर ध्यान मात्र गर्नुहुन्थ्यो ?

प्रभुपाद : हो |

बच्चा : ठिक छ, मैले सोचेको थिएँ कि यो युगमा ध्यान गर्न सकिंदैन तर भगवान् बुद्ध, जो भगवानको पुत्र हुनुहुन्थ्यो, उहाँले ध्यान गर्नुभयो |

प्रभुपाद : हो |

बच्चा : तर के त्यस समय कलि युग थिएन ?

प्रभुपाद : थियो |

बच्चा : थियो ? प्रभुपाद : हो |

बच्चा : तब कसरी ध्यान गर्न सकिन्छ त ?

प्रभुपाद: धेरै राम्रो | (हाँसो) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ कि ध्यान सम्भव छैन | तिमीले बुझ्छौ ? तिमीले अब बुझ्यौ ? भगवान् बुद्धले भन्नुभयो,"ध्यान गर," तर भगवान् बुद्धजा अनुयायीले गर्न सकेनन् | तिनीहरु असफल भए | हामीले नयाँ प्रकाश दिंदैछौँ, कि "ध्यान असफल हुनेछ | तिमी यो ग्रहण गर |" के यो स्पष्ट छ ? यदि कसैले तिमीलाई केही भन्यो र यदि तिमी असफल भयौ भने मैले भन्नेछु, "तिमी यो नगर | यो ग्रहण गर | यो धेरै राम्रो हुनेछ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै नाच्न सक्छौ | भगवान् बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति हौ | तर उनीहरुको बेकार कार्य रोक्नको लागि उहाँले केवल "बसेर ध्यान गर" भन्नुभयो | त्यति हो |(हाँसो) जस्तै एउटा उत्ताउलो केटाले नराम्रो कार्य गर्छ | उसका अभिभावकले भन्छन् "प्रिय जोन, तिमी यहाँ बस |" पितालाई थाहा छ कि ऊ बस्न सक्दैन तर केही समयको लागि ऊ बस्नेछ | पितालाई थाहा छ कि ऊ बस्नेछैन, तर केही समयको लागि उसलाई नराम्रो कार्यबाट रोक्नु नै उनको मनसाय हुन्छ | ठिक छ | हरे कृष्ण जप |