NE/Prabhupada 0314 - शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने



Lecture on SB 6.1.10 -- Los Angeles, June 23, 1975

यो कलि युगमा, झगडा, कलह र मनमुटावको युग- यसलाई कलि युग भनिन्छ - यो युगमा हरि किर्तनात् एकमात्र मार्ग हो | सङ्कीर्तन अभियान हरि कीर्तन हो | हरि कीर्तन ... कीर्तन भनेको भगवानको महिमागान गर्नु | र श्रीमद्-भागवतममा पनि यसको पुष्टि गरिएको छ : कलेर् दोष​-निधे राजन् अस्ति ह्य् एको महान् गुणः कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् (श्री भा १२|३|५१) यो सिफारिश गरिएको छ, त्यसैगरी चैतन्य महाप्रभुको बारेमा श्रीमद्-भागवतममा उल्लेख गरिएको छ त्विषाकृष्णं... कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदं यज्ञ्ऐः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः (श्री भा ११|५|३२)| त्यसैले हाम्रो पहिलो कर्तव्य भनेको चैतन्य महाप्रभुको आराधना गर्नु हो | हामीले विग्रह राखेका छौं | सर्वप्रथम हामी चैतन्य महाप्रभुलाई दण्डवत गर्छौं, उहाँका पार्षदलाई पनि दण्डवत गर्छौं, त्यसपछि गुरु-गौराङ्गलाई, त्यसपछि राधा-कृष्णलाई वा जगन्नाथलाई | यो कलि-युगको प्रक्रिया भएको कारण, यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः, जब तिमीले यस सङ्कीर्तन प्रकृय अपनाउँछौ, चैतन्य महाप्रभुको अगाडि सम्भव भएसम्म, तब तिम्रो सफलता निश्चित हुन्छ | तिमीलाई अरु केहि चाहिँदैन | यो सिफारिश गरिएको छ : यज्ञैः सङ्कीर्तन​-प्रायैर् यजन्ति हि सुमेधसः | त्यसैले जो बुद्धिमान छन्, तिनीहरुले आत्म-साक्षात्कारको सजिलो तरिकाको आत्मसात गर्छन् | तिमीले जति धेरै जप गर्छौ, तिम्रो हृदयको सफाइ प्रक्रिया त्यति नारी राम्ररी अगाडि बढ्छ | चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२)| यो सिफारिश गरिएको छ | चेतो-दर्प.... यो सुरुवात हो, किनकि हाम्रो आध्यात्मिक जीवन चेतो-दर्पण-मार्जनम् नभएसम्म सुरु हुँदैन, जबसम्म हाम्रो हृदयको ऐना सफा हुँदैन | तर यो सबभन्दा सजिलो विधि हो | यदि तिमीले हरे कृष्ण महामन्त्र परमानन्दका साथ जप्छौ भनेपहिलो फाइदा भनेको तिम्रो हृदय सफा हुनेछ | तब तिमीले आफ्नो स्तर के हो, तिमी को हौ, तिम्रो कार्य के हो थाहा पाउन सक्छौ | यदि तिम्रो हृदय सफा छैन भने.... यो हृदयको मैलोलाई प्रायश्चितको प्रक्रियाले सफा गर्न सक्दैन | त्यो सम्भव छैन |

त्यसैले ... परीक्षित महाराज धेरै बुद्धिमान छन् | उनी भन्छन्, प्रायश्चित्तम् अथो अपार्थम् | अप भनेको "नकारात्मक" र अर्थ भनेको "आशय " हो | "त्यसको कुनै अर्थ छैन |" उनले तुरुन्तै अस्विकार गर्छन्, प्रायश्चित्तम् अपार्थम् | "त्यहाँ के फाइदा छ ? ऊ अशुद्ध रहन्छ | उसले आफ्नो भित्री हृदयको शुद्धिकरण गर्दैन |" उसको हृदयको कुनामा धेरै फोहोर जम्मा भएको छ : "मैले कसरी ठग्ने, मैले कसरी कालो बजारी गर्ने, कसरी इन्द्रियतृप्ति गर्ने, कसरी वेश्यावृत्ति गर्ने र नशा सेवन गर्ने |" यी कुराहरु थुप्रिएका छन् | त्यसैले केवल मन्दिर वा चर्च गएर केहि प्रायश्चित गर्नाले कुनै फाइदा मिल्नेछैन | मानिसले केवल यस संकिर्तनम् प्रक्रियालाई गम्भिरतापूर्वक ग्रहण गर्नुपर्छ | चेतो-दर्पण​-मार्जनं भव​-महा-दवाग्नि-निर्वापणम् (चै च अन्त्य २०|१२) | पहिलो पाइला भनेको तिमीले आफ्नो हृदय सफा गर्नुपर्छ | दोस्रो पाइला भनेको भव​-महा-दवाग्नि-निर्वापणम् | यदि तिम्रो हृदय सफा छ भने तिमीले बुझ्नेछौ कि यो भौतिक संसारमा तिम्रो स्तर कस्तो छ | र तिम्रो अशुद्ध हृदयले बुझ्न सक्दैनौ | यदि तिम्रो हृदय शुद्ध छ भने तिमीले बुझ्न सक्छौ कि "म यो शरीर होइन |" म आत्मा हुँ | मैले वास्तवमा आफ्नो लागि के गरिरहेको छु त ? म आत्मा हुँ | म यो शरीर होइन | म यो शरीरमा रुमल्लिँदैछु, तर म पीडित छु |" यस्तो हुँदैछ | भौतिक सभ्यता भनेको तिनीहरु शरीरको हेरचाह गर्दैछन्, तर शरीर भित्रको आत्माको बारेमा कुनै जानकारी छैन | यो भौतिक सभ्यता हो | र हाम्रो कृष्ण भावनामृत अभियान भनेको, शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने | यो कृष्ण भावना हो, ठिक उल्टो | तसर्थ तिनीहरु यो अभियानलाई बुझ्न सक्दैनन् | यो पूर्णतः आध्यात्मिक अभियान हो | यो भौतिक अभियान होइन | त्यसैले तिनीहरु कहिलेकहीं भन्ने गर्छन् कि "तिम्रा भक्तहरुको स्वास्थ्य राम्रो छैन | तिनीहरु यस्तो र उस्तो भएका छन् | तिनीहरु मासु खाँदैनन्, त्यसैले तिनीहरुको शक्ति कम छ |" तब "हामी शक्तिको त्यति मतलब गर्दैनौं | हामीलाई आध्यात्मिक जीवनसँग मतलब छ |" त्यसैले तिनीहरु कहिलेकहीं बुझ्दैनन् | मानिसले बुझुन् अथवा नबुझुन्- त्यसले केहि फरक पार्दैन | तिमी कीर्तन बन्द नगर र पक्का होऊ कि कुनै भौतिक जीवन छैन |

धेरै, धेरै धन्यवाद |