NE/Prabhupada 0317 - हामी कृष्णमा शरणागत छैनौं, यो रोग हो



Lecture on BG 4.7 -- Bombay, March 27, 1974

बुझ्ने प्रयास गर कि धर्म भनेको के हो | भगवान् एक हुनुहुन्छ | भगवानले "यो धर्म हो, यो धर्म होइन" भनेर भन्न सक्नुहुन्न | भगवान् कृष्ण भगवद्-गीतामा भन्नुहुन्छ ... यहाँ भनिएको छ कि यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भ गी ४|७), परित्राणाय साधू... अर्को श्लोकमा उहाँले भन्नुहुन्छ, परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे (भ गी ४|८) | यी दुई कार्यहरु, कृष्णका कार्यहरु | किनकि उहाँले पहिल्यै वर्णन गर्नुभएको छ, भूतानाम् ईश्वरः | "म सम्पूर्ण जीवहरुको नियन्त्रक हुँ |" जब धर्म निर्वाह गर्नमा त्रुटी उत्पन्न हुन्छ, तब उहाँले दण्ड अथवा आशिर्वाद दिनुहुन्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् | दुई कुराहरु | जस्तै सरकारको कर्तव्य भनेको कानून पालन गर्ने नागरिकको रक्षा गर्नु र अपराधीलाई दण्ड दिनु हो | सरकारका यी दुई कर्तव्यहरु हुन् | र परम सरकार, कृष्ण...... किनकि यो विचार कहाँबाट आयो ? सरकारले कानून पालन गर्ने व्यक्तिलाई सम्मान वा सुरक्षा प्रदान गर्छ र कानून पालन नगर्ने व्यक्तिहरुलाई पनि सुरक्षा प्रदान गरिन्छ, तर दण्डको रुपमा | कृष्णले भगवद्-गीतामा भन्नुभए अनुसार धर्म भनेको, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | यो धर्म हो | र हाम्रो धर्म, हाम्रो गुण पनि त्यस्तै छ | किनकि हामि सबैजना कोहि सामु शरणागत छौं | सबैलाई विश्लेषण गर | उसको कोहि वरिष्ठ व्यक्ति छ, जसमा ऊ शरणागत छ | त्यो उसको परिवार, उसकी श्रीमती, उसको सरकार, उसको समुदाय, उसको समाज वा उसको राजनीतिक पार्टी हुनसक्छ | तिमी जहाँ गएपनि तिम्रो गुण भनेको शरणागति हुन्छ | त्यो तिमीले नकार्न सक्दैनौ | प्रोफेसर कोटोभ्स्कीसँग मस्कोमा यहि कुरा भएको थियो | मैले उनलाई सोधेँ, "तिमीसँग आफ्नो साम्यवादी सिद्धान्त छ | " हामीसँग आफ्नो कृष्ण दर्शन छ | सिद्धान्तमा के भिन्नता छ ? तिमी लेनिनमा शरणागत छौ र हामी कृष्णमा शरणागत छौँ | के भिन्नता छ ?"

सबैजना शरणागत हुनुपर्छ | यो मतलब हुँदैन कि ऊ कहाँ शरणागत छ | यदि शरणागति सहि छ भने सबै कुरा सहि हुन्छ | यदि शरणागति सहि छैन भने कुनै पनि कुरा सहि हुँदैन | यो सिद्धान्त हो | हामी शरणागत छौँ | श्री चैतन्य महाप्रभुले यो वर्णन गर्नुभएको छ | जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चै च मध्य २०|१०८-१०९) | हामी शरणागत छौँ, तर हामी कृष्णमा शरणागत छैनौं | यो रोग हो | र कृष्ण भावनामृत अभियान भनेको यहि रोग निवारण गर्नको लागि हो | यो रोगबाट मुक्त होऊ | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य (भ गी ४|७)| धर्मस्य ग्लानिः धर्म सम्पन्न गर्ने कार्यमा त्रुटी, जब त्रुटीहरु हुन्छ, कृष्णले भन्नुहुन्छ, तदात्मानं सृजाम्य् अहम् | र अभ्युत्थानम् अधर्मस्य​ | दुईवटा कुराहरु छन् | जब मानिसहरु कृष्णमा शरणागत हुँदैनन्, तब तिनीहरुले धेरै कृष्णहरुको आविष्कार गर्छन् | शरणागत हुन धेरै धूर्तहरु हुन्छन् | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा शरणागत हुनु, तर कृष्णमा शरणागत नभएर तिनीहरु कुकुर, बिरालो, यो, त्यो, धेरै कुराहरुमा शरणागत हुन चाहन्छन् | त्यो अधर्म हो | कृष्ण यहाँ हिन्दु, मुस्लिम, इशाई धर्म स्थापना गर्न आउनुभएको होइन | होइन | उहाँ वास्तविक धर्म स्थापना गर्न आउनुभएको हो | वास्तविक धर्म भनेको हामी वास्तविक व्यक्तिमा शरणागत हुनुपर्छ | त्यो वास्तविक धर्म हो | हामी शरणागत छौँ | सबैजनासँग केही विचार हुन्छ | ऊ त्यहाँ शरणागत हुन्छ | राजनीति, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैजनासँग केहि विचार हुन्छ | र त्यस सिद्धान्तको अगुवा पनि हुन्छ | त्यसैले हाम्रो कर्तव्य भनेको शरणागत हुनु हो | यो तथ्य हो | तर हामीलाई कहाँ शरणागत हुने भनेर थाहा छैन कि | त्यो कठिनाइ छ | र शरणागतिमा त्रुटी वा गल्ति भएको कारण सम्पूर्ण संसार अराजक परिस्थितिमा छ | हामी एउटा शरणागतिबाट अर्को शरणागतिमा परिवर्तन गर्दैछौं | "कांग्रेस पार्टी धेरै भयो, अब साम्यवादी पार्टी |" फेरी, "साम्यवादी पार्टी धेरै भयो | यो ... यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गर्नुमा के फाइदा छ ? किनकि यो पार्टी र त्यो पार्टी, तिनीहरु कृष्णमा शरणागत छैनन् | त्यसैले कृष्णमा शरणागत नभएसम्म शान्ति प्राप्त गर्न सकिंदैन | त्यो मुख्य कुरा हो | केवल तातो भाँडोबाट आगोमा स्थानान्तरण गर्नाले सुरक्षा प्राप्त हुँदैन |