NE/Prabhupada 0319 - भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर



Room Conversation with Sanskrit Professor, other Guests and Disciples -- February 12, 1975, Mexico

अतिथि (४): धर्म भनेको धार्मिक विश्वास हो वा कर्तव्य हो ?

प्रभुपाद : होइन, धर्म भनेको कर्तव्य हो, वर्णाश्रम-धर्म | त्यो पनि त्याग्नुपर्छ | त्यो भनेको एकमात्र कर्तव्य कृष्ण भावना हो | उहाँले भन्नुभयो, सर्व-धर्मान् परितज्य | सुरुमा उहाँले भन्नुभयो कि धर्म​-संस्थापनार्थाय​ | हो | युगे युगे सम्भवामि | उहाँले भन्नुभयो कि "म धार्मिक सिद्धान्त पुनर्स्थापना गर्न आउँछु |" अन्तिम स्तरमा उहाँले भन्नुभयो, सर्व​-धर्मान् परित्यज्य​ | त्यो भनेको यो संसारमा विद्यमान तथाकथित धर्महरु वास्तविक होइनन् | त्यसैले भागवतमा भनिएको छ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र (श्री भा १|१|२), कि "सबै किसिमको झुटो धर्म अस्वीकार गर्नुपर्छ |" झुटो धर्म भनेको के हो ? झुटो.... जस्तै सुन | सुन सुन नै हुन्छ | यदि सुन कोहि हिन्दुको हातमा भयो भने के त्यसलाई हिन्दु सुन भनिन्छ ? त्यसैगरी, धर्म भनेको भगवानप्रति आज्ञाकारी गर्नु | हिन्दु धर्म कहाँ छ ? इशाई धर्म कहाँ छ ? मुस्लिम धर्म कहाँ छ ? भगवान् सर्वत्र हुनुहुन्छ, र हामीले केवल भगवानको आज्ञा पालना गर्नुपर्छ | त्यो एउटा धर्म हो, आज्ञा पालना गर्ने | किन तिनीहरुले हिन्दु धर्म, मुस्लिम धर्म, इशाई धर्म, यो, त्यो उत्पादन.....? त्यसैले तिनीहरु सबै झुटो धर्म हुन् | धर्म भनेको आज्ञाकारी.... धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | जस्तै कानून | कानून राज्यले बनाउँछ | त्यो कानून हिन्दु कानून, मुस्लिम कानून, इशाई कानून हुन सक्दैन | कानून सबैको लागि बनाइएको हुन्छ | राज्यको नियम पालना गर्नु | त्यो कानून हो | त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालना गर्नु | त्यसोभए, भगवान् सम्बन्धि कुनै धारणा नभएको, कुनै विचार नभएको मानिसको लागि धर्म कहाँ छ ? त्यो झुटो धर्म हो | त्यसैले तिमीले भागवतमा पाउँछौ, धर्मः प्रोज्झित​-कैतवो ऽत्र​: (श्री भा १|१|२) | "सबै झुटो किसिमका धर्महरु अस्वीकार गर्नुपर्छ |" र कृष्णले पनि उही कुरा भन्नुभएको छ, सर्व-धर्मान् परितज्य: (भ गी १८|६६) "तिमी यो सबै झुटो धर्म त्याग | तिमी केवल ममा शरणागत होऊ | त्यो वास्तविक धर्म हो |" झुटो धर्मको बारेमा कल्पना गरेर के फाइदा मिल्छ | त्यो धर्म नै होइन | जस्तै झुटो कानून | कानून झूटो हुन सक्दैन | कानून भनेको कानून हो, राज्यले दिएको | त्यसैगरी, धर्म भनेको भगवानले दिनुभएको आज्ञा हो | त्यो धर्म हो | यदि तिमीले पालन गर्छौ भने तिमी धार्मिक हुन्छौ | यदि तिमीले पालन गर्दैनौ भने तिमी राक्षस हुन्छौ | कुराहरु सजिलो बनाऊ | तब यो सबैको लागि आकर्षक हुन्छ | यो कृष्ण भावनामृत अभियान कुराहरुलाई सहज बनाउनको लागि हो | भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर | त्यति हो, तीन शब्दहरु |