NE/Prabhupada 0325 - कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो



Class in Los Angeles -- Los Angeles, November 15, 1968

कृष्णभावना धेरै राम्रो छ | त्यो नै परिक्षा हो | कोहि पनि आएर यी सबै युवाहरुलाई सोध्न सक्छ कि यिनीहरुले कस्तो अनुभव गर्दैछन् | तिनीहरुले आध्यात्मिक सन्तुष्टि प्राप्त नगरेसम्म कसरी तिनीहरुले सबै कुरा त्यागेर कृष्ण भावनामा जप गर्दै संग्लन हुन सक्छन् ? त्यसैले यो परिक्षा हो | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | मतिस् तावद् | मतिस् तावद् उरुक्रमाङ्घ्रिम् | उरुक्रमाङ्घ्रिम् | उरुक्रम, कृष्णको अर्को नाम उरुक्रम हो | उरुक्रम भनेको ... उरु भनेको धेरै कठिन, र क्रम भनेको पाइला | जस्तै वामन अवतारमा कृष्णले आफ्ना पाइला आकाशसम्म पुर्याउनुभयो | त्यसैले उहाँको नाम उरुक्रम हो | कसैले पनि कृष्णको चरणकमलमा तबसम्म आफ्नो मन एकाग्र पार्न सक्दैन, जबसम्म महीयसां पाद-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो तबसम्म गर्न सकिंदैन, जबसम्म उसले निष्किञ्चन​ भक्तको चरण कमलको धुली स्पर्श गर्ने अवसर प्राप्त गरेको छैन, त्यस्तो भक्त जसको कुनै पनि भौतिक आकांक्षा हुँदैन र उनको जीवन केवल कृष्णको लागि समर्पित हुन्छ | जब कोहि त्यस्तो व्यक्तित्वको समिपमा आउँछ, तब उनको कृपाले कृष्ण भावना प्राप्त हुन्छ | अरु कुनै तरिकाबाट होइन | नैषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२) | त्यो परिक्षा भनेको स्पृशत्य् अनर्थापगमो यद्-अर्थः महीयसां पादो-रजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यो परिक्षा हो, र यो नै आधिकारिक व्यक्तित्वको समिपमा जाने विधि हो र यो नै उनको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्ने विधि हो | जब कसैले उक्त कृपा पाउँछ, तत्काल उसको भौतिक बन्धनबाट मुक्ति सुरु हुन्छ | तत्काल | र तब उसले थप प्रगति गर्छ, उसको जीवन दिव्य हुन्छ | अब एउटा कुरा ... कसैले सोध्न सक्छ, मानौं कसैले कृष्ण भावना भावुकतावश स्वीकारेको छ, र उसले त्यो पूरा गर्न सकेन | त्यसको परिणाम के हुन्छ ? त्यो पनि श्रीमद् भागवतममा उल्लेख गरिएको छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १|५|१७)| स्व​-धर्मम् | स्व​-धर्मम् भनेको सबैको कुनै निर्धारित कार्य वा कर्तव्य हुन्छ | सबैको | त्यसैले यदि कसैले आफ्नो निर्धारित कर्तव्य त्याग्छ भने, त्यक्त्वा स्व​-धर्मम्...

जस्तै धेरै युवा युवतीहरु यहाँ आउँछन् | तिनीहरु अरु कुनै कार्यमा व्यस्त थिए, तर अचानक तिनीहरुले त्यागे र कृष्ण भावनामृत अभियानमा सहभागी भए | तिनीहरुको लागि भागवतमा भनिएको छ, त्यक्त्वा स्व​-धर्मम्... स्व भनेको उसको आफ्नै कार्य, धर्म | यहाँ धर्म भनेको विश्वास होइन | मौलिक कर्तव्य | त्यक्त्वा स्व​-धर्मम् चरणाम्बुजं हरेर् | मानौँ कृष्ण भावनको केहि प्रवचन सुनेर उसले भन्छ, "अब म कृष्ण भावाना सुरु गर्नेछु," र उसले आफ्नो मौलिक कर्तव्य त्याग्छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि (श्री भा १|५|१७)| भजन्न् | अब उसले जप वा चार नियम सुरु गर्छ गर्छ, तर केही कारणवश, उसको पतन हुन्छ | उसको पतन हुन्छ | उसले सम्पन्न गर्न सक्दैन | कुनै कारणवश वा केही परिस्थितिवश उसको पतन हुन् | भागवतमा भनिएको छ, "उसको पतन भए पनि के हानी हुन्छ ?" हेर त | यदि कृष्ण भावनामा अपरिपक्व विकासको कारण उसको पतन भए पनि उसले केही गुमाउँदैन | र भागवतमा भनिएको छ, को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः मौलिक कर्तव्यमा स्थिर रुपमा संग्लग्न भए पनि उसले के लाभ प्राप्त गर्न सक्छ ? उसले केवल गुमाउँछ किनकि उसलाई आफ्नो जीवनको लक्ष्य थाहा छैन | तर यहाँ, हामीसँग कृष्ण भावनामा केहि दिन मात्र बिताउने मानिस, उसले कृष्ण भावनाको रस पाउँछ ताकी अर्को जीवनमा उसले पुनः सुरु गर्नेछ | उसले केही गुमाउँदैन | हामीले उसलाई दिएको कृष्ण भावनको थोरै रसले पनि उसलाई कुनै दिन कृष्ण भावनामा कुनै दिन पूर्ण बनाउनेछ र ऊ अवश्य पनि भगवद् धाम फर्कनेछ | त्यसैले यो कृष्ण भावानामृत अभियान प्रचार गर्न प्रयास गर | र यो नै तिम्रो साधना, तपस्या र ध्यान हो | किनकि तिमीले धेरै विपक्षी तत्वसँग भेट्नुपर्छ | तिमीले तिनिहरुसँग झगडा गर्नुपर्छ | त्यो तपस्या हो | तिमीले धेरै अपमान, धेरै झन्झट र धेरै कठिन परिस्थिति सहन्छौ, व्यक्तिगत असहजता सहन्छौ, सबै कुरा त्याग्छौ, पैसा - तर त्यो नाश हुनेछैन | विश्वस्त होऊ | त्यो नाश हुनेछैन | मेरो मतलब कृष्णले तिमीलाई पर्याप्त मात्रामा फल दिनुहुनेछ | तिमी केवल कृष्ण भावनामा संग्लग्न होऊ |

धेरै, धेरै धन्यवाद |