NE/Prabhupada 0335 - मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने



Lecture on BG 2.24 -- Hyderabad, November 28, 1972

एउटा ब्राह्मणले कृष्णलाई प्राथना गर्छ : "प्रिय भगवान्, म आफ्नो इन्द्रियको दास भएको छु |" यहाँ सबैजना इन्द्रियको दास भएका छन् | तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | आनन्द होइन - तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | मेरो जिब्रोले भन्छ, "कृपया मलाई यो रेस्टुरेन्टमा लग, यो कुखुराको जुस ख्वाऊ |" म तात्काल जान्छु | आनन्दको लागि होइन, तर आफ्नो जिब्रोको आदेश मान्नको लागि | त्यसैले आनन्दको नाममा हामी इन्द्रियको दास भएका छौँ | संस्कृतमा यसलाई गो-दास भनिन्छ | गो भनेको इन्द्रिय | जबसम्म तिमी गोस्वामी बन्दैनौ, तिम्रो जीवन बेकार हुन्छ | गोस्वामी | तिमी इन्द्रियद्वारा निर्देशित हुन सक्दैनौ | तिमीले इन्द्रियलाई निर्देशन दिनुपर्छ | जब तिम्रो जिब्रोले भन्छ,"अब मलाई त्यो रेस्टुरेन्ट लग, मलाई चुरोट ख्वाऊ," यदि तिमीले "हुँदैन |चुरोट हुँदैन , रेस्टुरेन्ट हुँदैन; केवल कृष्ण-प्रसाद" भन्छौ भने तिमी गोस्वामी हौ | तब तिमी गोस्वामी हुन्छौ | यो गुण हो, सनातन | किनकि म कृष्णको नित्य दास हुँ | यसलाई सनातन धर्म भनिन्छ | त्यो हामीले अजामिल-उपख्यानमा व्याख्या गर्दैछौं | यो स्तर प्राप्त गर्न सकिन्छ | तपसा ब्रह्मचर्येण शमेन दमेन शौचेन त्यागेन यमेन नियमेन (श्री भा ६|१|१३)| त्यसैले सम्पूर्ण वैदिक शास्त्र इन्द्रियलाई नियन्त्रण गर्ने शिक्षा दिनको लागि हो | योग | योग इन्द्रिय-संयम | त्यो योग हो | योग भनेको जादु देखाउने कार्य होइन | यो पहिलो श्रेणीको जादु हो |

यदि तिमिले योग-अभ्यास गर्दैछौ भने ... मैले धेरै तथाकथित योगी देखेको छु तर तिनीहरु चुरोट खाने इच्छा रोक्न सक्दैनन् | हेर त | चुरोट र धेरै कुराहरु खाँदैछन् | तर पनि, तिनीहरु आफुलाई योगी भन्छन् | कस्तो किसिमको योगी ? योगी भनेको जसले इन्द्रियलाई नियन्त्रण गरेको छ | शमेन दमेन ब्रह्मचर्येण​ | त्यहाँ.... भगवद् गीटामा योग प्रणाली सम्बन्धि चर्चा गरिएको स्थानमा यो सबै वर्णन गरिएको छ | र पाँच हजार वर्ष अगाडि, अर्जुनले इन्द्रियलाई नियन्त्रण गर्ने यस योग प्रणाली सम्बन्धि सुन्दैथे | उनी गृहस्थ थिए, र राजनीतिज्ञ पनि थिए, किनकि शाही परिवारका सदस्य थिए | उनले राज्य प्राप्तिको लागि युद्ध गर्दैथे | अर्जुनले खुला रुपमा भने, "प्रिय कृष्ण, म योगी बन्न असक्षम छु, किनकि यो धेरै कठिन कार्य हो |" हजुर मलाई एकान्त पवित्र स्थानमा बस्न भन्नुहुन्छ, सीधा अवस्थामा, केवल नाकको टुप्पोमा हेरेर बस्न भन्नुहुन्छ, धेरै कुराहरु .... तर त्यो मेरो लागि सम्भव छैन |" उनले खुला रुपमा अस्वीकार गरे | त्यसैले कृष्णले आफ्नो मित्र तथा भक्तलाई प्रोत्साहन दिन... उहाँले बुझ्न सक्नुहुन्थ्यो कि अर्जुन निराश थिए | उनले स्वीकारोक्ति गर्दैछन् कि त्यो उनको लागि सम्भव छैन | वास्तवमा, उनी एक राजनीतिज्ञ हुन् | उनलाई योगी बन्न कसरी सम्भव हुन्छ ? तर हाम्रा राजनीतिज्ञहरु योग अभ्यासको विज्ञापन गर्दैछन् | कस्तो प्रकारको योग ? के तिनीहरु अर्जुनभन्दा ठुलो भएका छन् ? यो कलियुग जस्तो पतित युगमा ? पाँच हजार वर्ष अगाडि, त्यहाँ धेरै अनुकूल अवस्था थियो | र अहिले, यस्तो प्रतिकुल अवस्थामा, पतित अवस्था तिमी तथाकथित योगी बन्न चाहन्छौ ? त्यो सम्भव छैन | कृते यद् ध्यायतो विष्णुम् (श्री भा १२|३|५२)| योग भनेको विष्णुको ध्यान गर्नु हो | त्यो सत्य युगमा सम्भव थियो | जस्तै वाल्मीकि | उनले साठ्ठी-हजार वर्षसम्म ध्यान गरे र पूर्णता प्राप्त गरे | को साठ्ठी हजार वर्ष बाँच्न सक्छ ? त्यो सम्भव छैन | त्यसैले कृष्ण उनलाई प्रोत्साहन दिनको लागि ... वास्तवमा योगको उद्देश्य, उहाँले अर्जुनलाई बताउनुभयो,

योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना
श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
(भ गी ६|४७)

प्रथम श्रेणीको योगी | को हो ? योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | जसले सधैँ मलाई, कृष्णलाई सम्झिन्छ |" कृष्ण भावनामृत अभियानले मानिसहरुलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिंदैछ | कृष्णको बारेमा चिन्तन गराउने | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | यो झुटो कुरा होइन | यो वास्तविक तथ्य हो | तिमी पनि योगी बन्न सक्छौ | तिमि ब्राह्म हुन सक्छौ | ब्रह्म-भुयाय कल्पते |

मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते
स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते
(भ गी १४|२६)

जसले आत्मानुभूति गरेको छ, आत्म-साक्षात्कार गरेको व्यक्ति, ब्रह्म-भूत (श्री भा ४|३०|२०) ब्रह्म​-भूतः प्रसन्नात्मा (भ गी १८|५४), उसको लागि के बाँकी रहन्छ ? त्यो जीवनको पूर्णता हो, अहं ब्रह्मास्मि | वैदिक शास्त्रमा शिष्य दिइएको छ कि "तिमी यो भौतिक तत्त्वसँग सम्बन्धित छैनौ | तिमी ब्रह्म हौ |" कृष्ण पर-ब्रह्म हुनुहुन्छ र हामी अधीनस्थ ब्राह्मण हौँ | नित्य-कृष्ण-दास | हामी दास ब्रह्म हौँ | उहाँ मालिक ब्रह्म हुनुहुन्छ | त्यसैले आफुलाई दास ब्रह्म नठानेर, मैले आफुलाई मालिक ब्रह्म ठान्दैछु | त्यो अर्को भ्रम हो |