NE/Prabhupada 0337 - यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0336
Next Page - Video 0338 Go-next.png

यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर
- Prabhupada 0337


Lecture on CC Madhya-lila 20.103 -- Washington, D.C., July 8, 1976

हामीले संघर्ष गर्नुपर्ने धेरै कुराहरु छन् | यसलाई अस्तित्वको लागि संघर्ष भनिन्छ | आधुनिक वैज्ञानिकहरु पनि त्यहि भन्छन् ... यो धेरै शान्त अवस्था होइन | त्यहि प्रश्न सनातन गोस्वामीले प्रस्तुत गर्नुभएको थियो, कि किन अस्तित्वको लागि संघर्ष गर्नुपर्छ ? किन सजिलो र शान्त जीवन प्राप्त हुँदैन ? किन केहि बाहिरी तत्त्वहरु हाम्रो विपक्षी बन्छन् ? म खुसी हुन चाहन्छु, तर केही प्रतिरोध हुन्छ | त्यो अस्तित्वको लागि संघर्ष हो | यो प्रश्न सोध्नुपर्छ: किन ? एउटा झिंगासँग पनि हामीले झगडा गर्नुपर्छ | म बसिरहेको छु, झिंगालाई केहि नगरि, तर त्यसले मलाई आक्रमण गर्छ, मलाई दिक्क बनाउँछ | धेरै कुराहरु छन् | तिमी कुनै अपराध बिना बसे पनि...... ... जस्तै तिमी बाटोमा हिँड्दै हुन्छौ, कुनै अपराध गरेको छैन, तर एउटा घरबाट सबै कुकुर भुक्न थाल्छन्: "तिमी किन यहाँ आयौ? तिमी किन यहाँ आयौ ? " त्यो कुकुरले भुक्न कुनै कारण थिएन, तर त्यो कुकुर भएको कारण त्यसको कार्य भनेको "किन तिमी आयौ, किन तिमी आयौ ?" त्यसैगरी, वर्तमान समयमा हामीलाई एउटा स्थानबाट अर्को स्थानमा जाने स्वतन्त्रता छैन | त्यहाँ आप्रवासी विभाग हुन्छ : "तिमी किन आयौ ? तिमी किन आयौ ?" धेरै स्थानमा हामीलाई प्रवेश निषेध गरिएको छ | हामीलाई हवाईजहाजमा रोकिएको थियो | "होइन, तिमी जान सक्दैनौ, फर्केर जाऊ |" म फर्कनुपर्यो | धेरै बेफाइदाहरु छन् | पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८)| यो भौतिक संसारमा तिमी निकै शान्तिपूर्वक बस्न सक्दैनौ | निकै शान्तिपूर्वक होइन, थोरै पनि शान्तिपूर्वक बस्न सक्दईनौ | धेरै बाधाहरु हुन्छन् | शास्त्रमा भनिएको छ, पदं पदं यद् विपदाम्: हरेक पाइलामा खतरा हुन्छ | तल्लो स्तरको पशुबाट मात्र होइन, तर मानव समाज, प्रकृतिबाट पनि, जसमा हाम्रो कुनै नियन्त्रण छैन |

यस प्रकार, यो भौतिक संसारमा हाम्रो जीवन सुखी छैन, र हामीले यसको बारेमा जिज्ञासा राख्नुपर्छ, कि किन धेरै बाधाहरु छन् | त्यो मानव जीवन हो | कसरी जिज्ञासा राख्ने ? कसरी खुसी हुने ? जीवनको लक्ष्य के हो ? सनातन गोस्वामी ... सनातन गोस्वामी मात्र होइन, उहाँले हाम्रो प्रतिनिधित्व गर्दै हुनुहुन्छ | हामीलाई थाहा छैन | चैतन्य महाप्रभुको कृपाले अथवा उहाँका सेवकहरुको कृपाले, मानिस प्रबुद्ध हुन सक्छ ... जीवनको लक्ष्य के हो , किन जीवनको लागि संघर्ष गर्नुपर्छ, किन मृत्यु हुन्छ | म मर्न चाहन्नँ; किन जन्म हुन्छ ? म आमाको गर्भमा गएर धेरै दिनसम गाह्रो अवस्थामा बस्न चाहन्नँ | म बुढो हुन चाहन्नँ; तर यी कुराहरु मैले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैले यी प्रश्नहरुको समाधान खोज्नु नै हाम्रो वास्तविक कर्तव्य हुन्छ, आर्थिक विकासको लागि व्यवस्थापन गर्ने होइन | आर्थिक विकास, हाम्रो भाग्यमा जे लेखिएको छ, हामीले त्यो पाउनेछौँ | चाहे सुख वा दुःख, हामीले त्यो पाउनेछौं | जस्तै हामी दुःखको लागि प्रयास गर्दैनौं, तर त्यो सामना गर्नुपर्छ | त्यो हामीले बलपूर्वक सामना गर्नुपर्छ | त्यसैगरी, तिम्रो भाग्यमा लेखिएको थोरै खुसी पनि तिमीले प्राप्त गर्नेछौ | यो शास्त्रको सुझाव हो | कृत्रिम रुपमा खुसी प्राप्त गर्न आफ्नो समय नाश नगर | जुन खुसी तिम्रो भाग्यमा लेखिएको छ, त्यो आफैँ आउनेछ | त्यो कसरी आउनेछ ? यथा दुःखम् अयत्नतः | उही तरिकाले | तिमी समस्याको लागि प्रयास गर्दैनौ, तर त्यो तिमीले अवश्य भोग्नुपर्छ | त्यसैगरी, यदि तिमी खुसीको लागि प्रयास गर्दैनौ भने तिम्रो भाग्यमा लेखिएको कुरा तिमीले अवश्य पाउनेछौ | त्यसैले यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर | योभन्दा राम्रो, आफ्नो अमूल्य समय जीवनको लक्ष्य के हो भनेर बुझ्न प्रयोग गर, किन यति धेरै समस्याहरु छन्, किन जीवनको लागि संघर्ष गर्नुपर्छ | यो तिम्रो कार्य हो ... यो कृष्ण भावनामृत अभियान हो, कि हामी मानिसहरुलाई समस्या बुझ्नको लागि प्रेरित गर्दैछौँ | यो साम्प्रदायिक अभियान होइन अथवा कुनै धार्मिक अभियान होइन | यो शैक्षिक सांस्कृतिक अभियान हो | हरेक मानिसले जीवनको लक्ष्य बुझ्नुपर्छ | सबै मानिसले बुझ्नुपर्छ कि ,जीवनको लागि संघर्ष किन गर्नुपर्छ, कुनै समाधान छ कि छैन, के कुनै प्रक्रिया छ, जसबाट हामी कुनै विचलन बिना शान्तिपूर्वक बस्न सक्छौं.... यी विषयहरु मानव जीवनमा जान्नुपर्ने विषय हो, र मानिस...... जस्तै सनातन गोस्वामी, उहाँ मन्त्रि हुनुहुन्थ्यो, धेरै विद्वान, धनी हुनुहुन्थ्यो, तर उहाँ चैतन्य महाप्रभुमा शरणागत हुनुभयो | हामी पनि चैतन्य महाप्रभु अथवा उहाँको प्रतिनिधि समक्ष शरणागत हुनुपर्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | चुनौति गर्नु सहि तरिका होइन "तिमी मलाई भगवान् देखाउन सक्छौ ?" यी चुनौतीहरु हुन् | यो तरिका होइन | भगवान् सर्वत्र हुनुहुन्छ, सर्वप्रथम भगवान् देख्न सक्ने आँखा बनाऊ, त्यसपछि चुनौती देऊ, "के मलाई भगवान देखाउन सक्छौ ?" यस्तो प्रवृत्तिले हामीलाई सहायता गर्दैन | विनम्रता | तद् विद्धि प्रणिपातेन | यो शास्त्रको निर्देशन हो | यदि तिमी दिव्य विज्ञान बुझ्न चाहन्छौ भने तद् विद्धि - बुझ्ने प्रयास गर - तर प्रणिपातेन, निकै विनम्र भएर | जस्तै सनातन गोस्वामी निकै विनम्र भएर सोध्दै हुनुहुन्छ |