NE/Prabhupada 0343 - हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं



Lecture on BG 3.27 -- Madras, January 1, 1976

"जब कृष्ण यो ग्रहमा उपस्थित हुनुहुन्थ्यो, उहाँले व्यावहारिक रुपमा देखाउनुभयो, कि उहाँले सबैलाई नियन्त्रण गर्नुभयो तर कसैले उहाँलाई नियन्त्रण गरेन | त्यो हो ईश्वर | त्यो परमेश्वर हो | सबैजना ईश्वर हुनसक्छ | सबैजना भगवान् हुनसक्छ | तर परम भगवान् कृष्ण हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो उपनिषद् २|२|१३) | हामीले ुराम्ररी झ्नुपर्छ, र यो धेरै गाकठिन छैन | उही नियन्त्रक हाम्रो अगाडि मानिसको रुपमा आउनुभएको छ | तर हामीले उहाँलाई स्वीकारेका छैनौं | त्यो कठिनाइ छ | आवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९|११)| त्यो धेरै खेदपूर्ण कुरा हो | कृष्णले भन्नुहुन्छ कि "म परम नियन्त्रक को हो भनेर देखाउन चाहन्छु, र सबैलाई बुझाउनको लागि मानवको भूमिका निर्वाह गर्दैछु | म भगवद् गीतामा ज्ञान दिंदैछु | तर पनि, यी मूर्खहरु, यी धूर्तहरुले बुझ्न सक्दैनन् |" भगवान् हुनुहुन्छ | हामीले भगवानको नाम प्रचार गर्दैछौँ, कृष्ण, भगवानको ठेगाना पनि, वृन्दावन, भगवानको पिताको नाम, माताको नाम | त्यसैले किन ... भगवानलाई प्राप्त गर्न के कठिनाइ छ ? तर तिनीहरुले यो स्वीकार्दैनन् | तिनीहरु स्वीकार्दैनन् | मुढ | तिनीहरुलाई मुढ भनेर सम्बोधन गरिएको छ | आज बिहान प्रेसका अधिकारीहरुले मलाई सोध्दै थिए, "हजुरको अभियानको उद्देश्य के हो ?" मैले भनें,"मुढहरुलाई ज्ञान दिने, त्यति हो |" यो नै कृष्ण भावनामृत अभियानको मूल सार हो, कि हामी मुढहरुलाई ज्ञान दिन प्रयासरत छौं | र मुढ को हो ? कृष्णले त्यसको वर्णन गर्नुभएको छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७|१५)| किन ? माययापहृत​-ज्ञानाः | किन मायाले उसको ज्ञान ढाकिदिन्छिन् ? आसुरं भावम् आश्रिता | हाम्रो धेरै सजिलो परिक्षण छ, जस्तै एउटा रसायनशास्त्रीले सानो टेस्टट्युबमा तरल पदार्थको बारेमा विश्लेषण गर्न सक्छ | हामी धेरै बुद्धिमान छैनौं | हामी पनि एक मुढ हौँ, तर हामीसँग टेस्टट्युब छ | कृष्ण भन्नुहुन्छ ... हामीलाई मुढ रहेर कृष्णसँग ज्ञान लिन चाहन्छौं | यो कृष्ण भावना हो |

हामी आफुलाई धेरै विद्वान सम्झिदैनौं-"हामीलाई सबै थाहा छ |" होइन | हामी ... चैतन्य महाप्रभु, उहाँले पनि मुढ रहने प्रयास गर्नुभयो | जब उहाँ प्रकाशानन्द सरस्वतीसँग कुरा गर्नुभयो ... उनी मायावादी सन्यासी थिए | चैतन्य महाप्रभु नाच्दै किर्तन गर्नुहुन्थ्यो | यी मायावादी सन्यासीहरुले उहाँको निन्दा गर्थे कि"उहाँ एक सन्यासी हुनुहुन्छ, र उहाँ केही भावुक व्यक्तिसँग केवल किर्तन गर्दै नानाच्नुहुन्छ | यो के हो ?" प्रकाशानन्द सारस्वती र चैतन्य महाप्रभु बीच एउटा भेटवार्ताको व्यवस्था गरियो | उक्त भेटवार्तामा चैतन्य महाप्रभु एक विनम्र सन्यासीको रुपमा प्रस्तुत हुनुभयो | प्रकाशानन्द सरस्वतीले उहाँलाई प्रश्न गरे,"महासय, हजुर सन्यासी हुनहुन्छ |" हजुरको कर्तव्य सदैव वेदान्त अध्यन गर्नु हो | त्यसैले किन हजुर किर्तन गर्दै नाच्नुहुन्छ ? हजुर वेदान्त अध्ययन गर्नुहुन्न |" चैतन्य महाप्रभुले भन्नुभयो, "हो, महासय, त्यो सत्य हो | म यो गर्दैछु किनकि मेरो गुरुमहाराजले मलाई मुढ वा धूर्त पाउनुभयो |" "त्यो कसरी? " "उहाँले भन्नुभयो, गुरु मोरे मूर्ख देखिऽ करिल शासन (चै च आदि ७|७१)| मेरो गुरु महाराजले मलाई सबभन्दा मूर्ख देख्नुभयो, र उहाँले मलाई गाली गर्नुभयो |" "उहाँले हजुरलाई कस्तो गाली गर्नुभयो ?" "तिमीलाई वेदान्त पढ्ने अधिकार छैन | तिम्रो लागि त्यो सम्भव छैन | तिमी मुढ छौ | योभन्दा उत्तम, तिमी हरे कृष्ण जप |" उहाँको उद्देश्य के हो ? उहाँको उद्देश्य भनेको, वर्तमान समयमा यी मुढाहरुले कसरी वेदान्त बुझ्न सक्छन् ? हरे कृष्ण जप गर्दा नै उत्तम हुन्छ | तब तिमीले सबै ज्ञान प्राप्त गर्छौ | हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यो युगमा मानिसहरु यति पतित छन् कि तिनीहरुले वेदान्त कसरी बुझ्छन् र वेदान्त अध्यानको लागि कोसँग समय छ ? त्यसैले उत्तम मार्ग भनेको, कृष्णले भन्नुभए जसरी वेदान्तको अध्यन गर, वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५|१५)| वेदान्त ज्ञान शब्दाद् अनावृत्ति हो | शब्द-ब्रह्मको जप गरेर हामी मुक्त हुन सक्छौँ | यो शास्त्रमा उल्लेख गरिएको छ : हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यदि कोहीलाई यो भौतिक बन्धनबाट मुक्त हुन चाहन्छ भने जन्म​-मृत्यु-जरा-व्याधि (भ गी १३|९) - यी समया हुन्- त्यसैले शास्त्र अनुसार, महाजन अनुसार, हामीले हरे कृष्ण महामन्त्रको जप गर्नुपर्छ | यो नै हाम्रो उद्देश्य हो |