NE/Prabhupada 0345 - कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ



Lecture on SB 1.15.1 -- New York, November 29, 1973


हामी सबैजनाको कृष्णसँग आत्मीय सम्बन्ध छ, र कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | कृष्ण यति धेरै दयालु हुनुहुन्छ, कि उहाँ केवल प्रतिक्षा गर्दै हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो अनुहार फर्काउला |" उहाँ धेरै दयालु हुनुहुछ | तर हामी जीवाहरु, हामी यति धेरै धूर्त छौं, हामी आफ्नो अनुहार कृष्णबाहेक अन्य सम्पूर्ण वस्तुतर्फ फर्काउँछौं | हाम्रो अवस्था त्यस्तो छ | हामी विभिन्न विचारका साथ खुसी हुन चाहन्छौं | सबैसँग आ-आफ्ना विचारहरु छन्,"यो यस्तो, त्यो त्यस्तो.... " तर धूर्तहरुलाई थाहा छैन कि, खुसी प्राप्त गर्ने वास्तविक तरिका के हो | त्यो तरिका कृष्ण हुनुहुन्छ | तिनीहरुलाई यो कुरा थाहा छैन | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिनः (श्री भा ७|५|३१) | तिमीले आफ्नो देशमा देख्न सक्छौ, तिनीहरु धेरै प्रयास गर्दैछन्, धेरै गगनचुम्बी भवनहरु छन्, धेरै गाडीहरु छन्, धेरै ठूलाठूला शहरहरु छन्, तर त्यहाँ खुसी भने छैन | किनकि तिनीहरुलाई त्यहाँ के छुटेको छ भनेर थाहा छैन | त्यो छुटेको कुरा हामीले दिईरहेका छौँ, "तिमी कृष्ण लिऊ र खुसी होऊ |" यो हाम्रो कृष्णभावनामृत अभियान हो | कृष्ण र जीवात्माको धेरै आत्मीय सम्बन्ध छ | पिता र पुत्र जस्तै, अथवा मित्र-मित्र जस्तै, अथवा मालिक र दास जस्तै | हाम्रो धेरै आत्मीय सम्बन्ध छ | तर हामीले कृष्णसँगको आत्मीय सम्बन्ध बिर्सिएको कारण, र यो भौतिक संसारमा खुसी हुन चाहेको कारण, हामीले यति कठोर यातना भोग्नुपर्छ | हाम्रो अवस्था यस्तो छ | कृष्ण भुलिया जीव भोग वाञ्छा करे | हामी जीवात्माहरु यो भौतिक संसारमा खुसी हुन चाहन्छौं, "तिमी किन यो भौतिक संसारमा छौ, किन आध्यात्मिक संसारमा छैनौ ?" अध्यात्मिक संसारमा कोहि पनि भोक्ता हुन सक्दैन | त्यहाँ केवल भगवान्, भोक्तारं यज्ञ​-तपसां सर्व​... (भ गी ५|२९)| त्यहाँ कुनै गल्ति हुँदैन | त्यहाँ पनि जीवात्मा हुन्छन्, तर तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि, कृष्ण नै मालिक हुनुहुन्छ | त्यो आध्यात्मिक राज्य हो | त्यसैगरी, यो भौतिक संसारमा पनि, यदि हामीले राम्ररी बुझ्छौं कि हामी भोक्ता होइनौं, कृष्ण नै भोक्ता हुनुहुन्छ, तब यो भौतिक संसार नै आध्यात्मिक संसार हुनेछ | यो कृष्णभावनामृत अभियानले सबैलाई सम्झाउने प्रयास गर्दैछ, कि हामी भोक्ता होइनौं तर कृष्ण नै भोक्ता हुनुहुन्छ | जस्तै, यो सम्पूर्ण शरीर, भोक्ता पेट हो, र हात, खुट्टा, आँखा, कान, दिमाग सबै, यिनीहरु मिठो खानेकुरा खोजेर पेटमा पुर्याउने कार्यमा संग्लग्न हुनुपर्छ | यो प्राकृतिक हो | त्यसैगरी, हामी भगवान् कृष्णको अंश हौँ, हामी भोक्ता होइनौं |