NE/Prabhupada 0348 - यदि कसैले पचास वर्ष हरे कृष्ण जप्छ भने ऊ अवश्य पूर्ण हुनेछ



Lecture on BG 7.14 -- Hamburg, September 8, 1969


अंग्रेज युवा: के यो जीवनमा कोही सक्षम बन्न सक्छ ? के कसैको पतन हुने सम्भावना छ ?

प्रभुपाद : यदि तिमी गम्भीर छौ भने यो एक सेकेन्डमा सम्भव हुन्छ | यो धेरै गाह्रो छैन | कृष्ण भक्ति ... बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते: (भ गी ७|१९) "धेरै धेरै जन्मपछि, कोहि बुद्धिमान व्यक्ति, विद्वान व्यक्ति मेरो शरणमा आउँछ," कृष्णले भन्नुहुन्छ | त्यसैले यदि म बुद्धिमान छु भने मैले देख्नेछु कि "यदि जीवनको उद्देश्य धेरै जन्मपछि कृष्णमा शरणागत हुनु हो भने किन म तत्काल शरणागत नहुने ?" यो बुद्धिमानी हो | यदि हामी यो स्तरसम्म आउनैपर्छ, यदि धेरै जन्म-जन्मान्तर ज्ञान विकास गरेपछि यो स्तरमा आउनैपर्छ भने, किन यसलाई तत्काल स्वीकार नगर्ने ? यदि यो तथ्य हो भने किन धेरै, धेरै जन्मसम्म प्रतिक्षा गर्ने ? यसको लागि थोरै बुद्धि चाहिन्छ | यसको लागि धेरै जन्म चाहिँदैन | यसलाई थोरै बुद्धि चाहिन्छ | यो कृष्णभावनालाई गम्भीरतापूर्वक ग्रहण गर, तिम्रा समस्याहरु समाधान हुनेछन् | अब, यदि तिमीलाई यसमा विश्वास लाग्दैन भने तर्क गर, दर्शन बुझ | तर्क गर्दै जाऊ | यहाँ धेरै पुस्तकहरु छन् | विश्वस्त होऊ | तिमीले यो बुझ्न सक्छौ | भगवाद्-गीतमा सबै प्रश्नको उत्तर छ | तिमीले यसलाई तार्किक रुपमा बुझ्न सक्छौ | यो खुल्ला छ | (विराम)

जस्तै अर्जुन | अर्जुनलाई कति पटक भगवद्-गीता पढाइएको थियो ? बढीमा आधा घण्टा | किनकि उनि धेरै बुद्धिमान थिए | यो भगवद्-गीता, संसारका धेरै मानिसहरुले पढिरहेका छन् | धेरै, धेरै विद्वान व्यक्तिहरुले पढिरहेका छन् | तिनीहरुले यो बुझ्ने प्रयास गर्दैछन्, विभिन्न धारणा प्रस्तुत गर्दैछन् | हजारौँ संस्करण, अनुवादहरु छन् | तर अर्जुन बुद्धिमान थिए; उनले आधा घण्टामै बुझे | त्यसैले यसलाई सापेक्षिक बुद्धि चाहिन्छ | यो संसारमा सबै कुरा सापेक्षिक छन् | सापेक्षताको नियम | यो वैज्ञानिक छ | प्राध्यापक आइन्सटाइनको सिद्धान्त हो ? सापेक्षताको नियम ? यो सापेक्षिक हुन्छ | कोहि एक सेकेन्डमै तत्काल कृष्णभावना भावित हुन सक्छ, र कोहि धेरै, धेरै जन्म पछि पनि कृष्णभावना भावित बन्न सक्दैन | यदि तिमीसँग पर्याप्त बुद्धि छ भने तिमीले यसलाई तत्काल स्वीकार गर्न सक्छौ | यदि थोरै बुद्धि छ भने केही समय लाग्छ | तिमीले भन्न सक्दैनौ कि "त्यो धेरै वर्षपछि सम्भव हुनेछ |" त्यसो भन्न सकिंदैन | त्यो सापेक्षिक हुन्छ | सबै कुरा सापेक्षिक हुन्छ | मानिसलाई यहाँदेखि त्यहाँसम्म जान एक पाइला लाग्छ; र एउटा सानो किटाणुलाई, यहाँदेखि त्यहाँसम्म जाँदा, उसको लागि दश माइल जस्तो हुन्छ | सबै कुरा सापेक्षिक हुन्छ | यो संसार सापेक्षिक छ | यहाँ कुनै सुत्र छैन कि "कोहि धेरै वर्ष पछि कृष्णभावना भावित हुन सक्छ |" छैन | यहाँ त्यस्तो सुत्र छैन | कोहि लाखौं जन्मपछि पनि कृष्णभावना भावित नहुन सक्छ , र कोहि एक सेकेन्डमै कृष्णभावना भावित हुन सक्छ | तर अर्को तर्फबाट हेर्दा, यदि हामीले यसलाई गम्भीरतापूर्वक लियौं भने यहि जीवनमा पनि हामी कृष्णभावनामा पूर्ण हुन सक्छौँ | विशेषगरी तिमीहरु सबै युवावस्थामा छौ | तिमीहरु अझै पचास वर्ष बाँच्न सक्छौ | ओहो, त्यो पर्याप्त समय हो | पर्याप्त | पर्याप्त भन्दा धेरै | यदि पचास वर्षसम्म कसैले हरे कृष्ण, हरे कृष्ण जप्छ भने ऊ अवश्य पनि पूर्ण हुनेछ | यसमा कुनै शंका छैन | यदि उसले केवल यो हरे कृष्ण मन्त्र जप्छ भने यसमा कुनै शंका छैन |