NE/Prabhupada 0354 - एउटा अन्धो मानिसले अरु अन्धा मानिसहरुको नेतृत्व गर्दैछ



Lecture on SB 2.3.2-3 -- Los Angeles, May 20, 1972


प्रद्युम्न​ : " तात्पर्य: सारा संसारभरि मानव समाजमाअर्बौं पुरष र स्त्रीहरु छन् र उनीहरु लगभग सबैजना बुद्धिहिन छन् किनकी उनीहरुलाई आत्माको बारेमा निकै कम ज्ञान छ |"

प्रभुपाद: यो हाम्रो चुनौती हो, यो दुनियामा करोडौं, खरबौं पुरुष र स्त्रीहरु छन्, तर उनीहरुको थोरै पनि बुद्धि छैन | यो हाम्रो चुनौती हो | अरुले यस कृष्ण भावनामृतलाई पागल भन्न सक्दछन्, तर हामीले पनि चुनौती दिन्छौं कि " तिमीहरु सबै पागल हौ |" हामीसँग एउटा सानो पुस्तक पनि छ, " को पागल हो ?" किनकि उनीहरुले सोच्छन् कि, " यी कपाल खौरिएका युवा र युवतीहरु पागल हुन् ," तर वास्तवमा उनीहरु पागल छन् | किनकि उनीहरुको बुद्धि छैन | किन ? उनीहरुलाई आत्मा के हो भनेर थाहा नै छैन | यो पशुको चेतना हो | कुकुर, बिरालो, उनीहरुले सोच्छन् कि उनीहरु शरीर हुन् | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः यत तीर्थ​-बुद्धिः सलिले न कर्हिचिज जनेष्व अभिज्ञेषु स एव गो-खरः (श्री भा १०|८४|१३) गो-खर | गो भनेको गाई, र खर भनेको गधा | जुन मानिस शारीरिक चेतनामा अवस्थित छ, " म यो शरीर हुँ |" यो संसारको ९९.९% जनसंख्या, उनीहरु यस्तै छन्, " म यो शरीर हुँ, " " म अमेरिकि हुँ," " म भारतीय हुँ," "म अफ्रीकि हुँ," " म यो हुँ ....." र उनीहरु कुकुर बिरालो जसरी झगडा गर्दैछन्, उनीहरु झगडा गर्छन्, " म बिरालो हुँ, तिमी कुकुर हौ | तिमी कुकुर हौ, म बिरालो हुँ |" त्यति हो | यो चुनौती छ कि, " तिमीहरु सबै धुर्त हौ, " यो धेरै शक्तिशाली शब्द हो, तर वास्तवमा यो तथ्य हो | यो क्रान्तिकारी अभियान हो | हामीले सबैलाई चुनौती दिंदैछौं कि " तिमीहरु सबै गधा, गाई र पशु हौ, किनकि तिमीसँग यो शरीर भन्दा परको ज्ञान छैन |" त्यसैले यहाँ भनिएको छ.... यो तात्पर्यमा, मैले विशेषगरि उन्लेख गरेको छु | " उनीहरुसँग आत्माको बारेमा निकै कम ज्ञान भएको कारण उनीहरु सबैजना बुद्धिमानी छैनन् |" मैले ठुला-ठुला प्राध्यापकहरुसँग वार्तालाप गरेको छु | मस्कोमा, ती महानुभाव, प्राध्यापक कोटोव्स्की, उनले भने, " स्वामीजी मृत्यु पछाडी केहि नि छैन | सबैकुरा सकिनेछ |" र उनी देशको ठुलो प्राध्यापाक थिए | यहि नै मानव सभ्यताको दोष हो, कि सबै समाजलाई कुकुर र बिरालोले शासन गरिरहेका छन् | तब सुख शान्ति कसरी हुन्छ ? यो सम्भव छैन | अन्धा यथन्धैर् उपनीयमाना: | एउटा अन्धो मानिसले अरु अन्धा मानिसहरुको नेतृत्व गर्दैछ | यदि कसैसँग आँखा छ भने उसले सैयौं-हजारौं मानिसहरुको नेतृत्व गर्नसक्छ, "कृपया मेरो पछाडी आउनुहोस् , म बाटो काट्नेछु |" तर यदि नेतृत्व गर्ने मानिस नै अन्धो छ भने उसले कसरी नेतृत्व गर्नसक्छ ? अन्धा यथन्धैर उपनीयमानाः | त्यसैले भागवतमा कुनै तुलना गरिएको छैन | कुनै तुलना हुनैसक्दैन | यो दिव्य विज्ञान हो | अन्धा यथन्धैर उपनीयमानास ते ऽपीश​-तन्त्र्याम उरु-दाम्नि बद्धा: (श्री भा ७|५|३१) | इश​-तन्त्र्याम्, यी अन्धा नेताहरु, उनीहरु यो भौतिक प्रकृतिका नियमद्वारा बाँधिएका छन्, र उनीहरुले सुझाव दिंदैछन् | उनीहरुले के सुझाव दिनसक्छन् ?