NE/Prabhupada 0358 - यो जीवनमा हामीले समाधान निकाल्नेछौं, अब पुनः कहिल्यै नफर्कने



Lecture on BG 7.14 -- Hamburg, September 8, 1969

अब, हामीले कस्तो मृत्यु पाउनेछौं ? कुकुर बिरालो जस्तै ? त्यसो भए यो मानव जीवनको के फाइदा ? कुकुर बिरालोसँग पनि शरीर छ | उनीहरुको पनि मृत्यु हुन्छ | र मसँग पनि शरीर छ, म पनि मर्नेछु | के म पनि कुकुर बिरालो जसरी मर्नुपर्ने हो त ? त्यसो भए म कस्तो प्रकारको मनुष्य हुँ ? होइन | शास्त्रमा भनिएको छ, लब्ध्वा सु-दुर्लभम इदं बहु-सम्भवान्ते | धेरै धेरै शरीरको विकासपछि..... तिमीले क्रमागत उन्नतिको सिद्धान्त थाहा छ | यो डार्विनको सिद्धान्त जस्तो होइन, तर यस सिद्धान्त अनुसार पनि क्रमागत उन्नति हुन्छ | त्यो वैदिक साहित्यमा स्वीकृत छ | तल्लो स्तरको पशु जीवनबाट माथिल्लो स्तरको पशु जीवनसम्म | त्यसैले यो मानव जीवनलाई बुझ्नुपर्छ | हामीले यो मानव जीवन धेरै तल्लो स्तरका जीवनपछि पाएका छौं | लब्ध्वा सु-दुर्लभम् | र यो धेरै दुर्लभ छ | तिमी गणना गर, जो पनि जीवविज्ञानी छन्, तिमीले कति प्रकारका प्राणीहरु छन् भनेर गन्न सक्छौ | संसारमा ८४,००,००० प्रकारका जीव छन् | त्यो मध्येम, मनुष्यको संख्या धेरै सानो मात्रामा छ | ८४,००,००० मध्ये, मनुष्यहरु ४,००,००० मात्रै छन् ; अरु पशुको तुलनामा निकै कम | त्यसमध्ये पनि धेरै असभ्य मानिसहरु छन् | उनीहरु पशुजस्तै छन् | अनि हामी जस्तै सभ्य मानिसहरु पनि छन् | तिनीहरु मध्ये, धेरै थाहा छैन .... धेरैलाई अध्यात्मिक जीवन के हो भनेर थाहा छैन | मनुष्याणाम् | यो भगवाद् गीतामा पनि भनिएको छ: मनुष्याणां सहस्रेषु (भ गी ७|३) | हजारौं मनुष्यहरु मध्ये एउटा मानिस यो समस्याबाट मुक्त हुन खोज्छ | सबैजना होइन | धेरैलाई समस्या के हो भन्ने कुरा पनि थाहा छैन | न त उनीहरुले त्यसको बारेमा ध्यान दिन्छन् | उनीहरु सोच्छन् ," ठिकै छ, समस्या हुन देऊ | हामीसँग यो जीवन छ, हाम्रो इन्द्रियतृप्ति गरौँ |" त्यसैले उनीहरु पशु समान छन् | तर जुन मानिसहरु समस्याको समाधान प्रति जिज्ञासु हुन्छन्, उनीहरुलाई वास्तवमा मनुष्य मानिन्छ | अरु त मनुष्य समेत पनि होइनन् | उनीहरु लगभग पशु हुन् | तिमीसँग यो अवसर छ | यो शरीर राम्ररी प्रयोग गर्नुपर्छ, समस्याहरु कसरी समाधान गर्ने भन्ने बारेमा सोच्नुपर्छ | यदि हामीले आफुलाई जन्म मृत्युको चक्रमा राखिरहन्छौं भने, त्यसलाई बुद्धिमानी भनिंदैन | बुद्धिमानी नै होइन |

त्यसैले यो मनुष्य जीवन भनेको यी समस्याको समाधान गर्नका लागि प्रयोग गर्नुपर्छ | त्यो वैदिक सभ्यता हो | वैदिक सभ्यतामा मुख्यतः वास्तविक समस्याको समाधानमा जोड दिइन्छ | भौतिक जीवन भनेको समस्याहरु सिर्जना गर्नु र वृद्धि गर्नु हो | त्यो उत्तम मनुष्य सभ्यता होइन | उत्तम मनुष्य सभ्यता भनेको तिमीले धेरै शान्त, मौन भएर दार्शनिकतापूर्वक सोच्नुपर्छ, "यो समस्यालाई कसरी समाधान गर्ने ? मैले कहाँबाट ज्ञान पाउँछु ?" यो मनुष्य जीवन हो | सम्पूर्ण वैदिक अनुदेश यसैमा आधारित छ | त्यसैले तिमीले यो मानव जीवनको उपयोग गरेर आफ्नो समस्याको समाधान गर | मृत्यु ग्रहण नगर, मृत्यु आउनुभन्दा आगाडी समस्याको समाधान गर | कुकुर बिरालो जसरि नमर | हुँदैन | र जसले प्रयास गर्छ.... वेदमा भनिएको छ, एतद् विदित्वा य: प्रयाति स ब्राह्मण​: "जसले आफ्नो समस्याको समाधान गर्ने प्रयास गरेर मर्छ, उसलाई ब्राह्मण भनिन्छ |" र जो कुकुर बिरालो जसरी मर्दछ, उसलाई कृपण​ भनिन्छ | कृपण​ भनेको बुद्धिहिन मानिस | त्यसैले हामी कुकुर बिरालो जसरी मर्नुहुँदैन | हामीहरु ब्राह्मण जसरी मर्नुपर्छ | एकै जीवनमा यो समस्याको समाधान हुँदैन भने, तिमीले अर्को जीवनमा अवसर प्राप्त गर्दछौ | जस्तै यी युवाहरु जो हामीकहाँ आएका छन्, यो बुझ्नुपर्छ कि, उनीहरुले अघिल्लो जीवनमा प्रयास गरेका थिए, यो समस्याको समाधान गर्नका लागि, तर त्यो पूर्ण भएको थिएन | उनीहरुले अर्को मौका पाएका छन् | यी कुराहरु भगवाद् गीतमा भनिएको छ | त्यसैले यो जीवनमा तिमी दृढ हुनुपर्छ | जो पनि कृष्ण भावनाको सम्पर्कमा आउँछन् र दिक्षित हुन्छन् , उनीहरु दृढ हुनपर्छ "म यहि जन्ममा यो समस्याको समाधान गर्छु | धेरै होइन | अब धेरै होइन |" हाम्रो दृढता यस्तो हुनुपर्छ | यस कृष्ण भावनामृत अभियानको उद्देश्य यहि हो, सबै समस्याको समाधान गरेर घर फर्किनु, भगवद् धाम फर्किनु , जहाँ हामीले सत्चिदानन्दमय जीवन प्राप्त गर्दछौं | यहि नै कृष्ण भावनामृत अभियानको सार हो |