NE/Prabhupada 0385 - गौराङ्ग बोलिते हबे तात्पर्य



Purport to Gauranga Bolite Habe -- Los Angeles, December 29, 1968


यो भजन नरोत्तम दास ठाकुरबाट लेखिएको हो, एक महान भक्त - आचार्य जो गौडीय वैष्णव सम्प्रदायको गुरु शिष्य परम्पराबाट आउँनु भएको छ | गौडीय वैष्णव सम्प्रदाय भनेको चैतन्य महाप्रभुबाट आएको सम्प्रदाय हो | त नरोत्तम दास ठाकुरले धेरै भजनहरु लेख्नु भएका छन् , र यसलाई सबै वैष्णवहरुबाट अधिकारिक मानिएको छ | उहाँले भजनहरु साधारण बंगाली भाषामा गाउँनु भएको छ, तर यस भजनको तात्पर्य र गहिरो अर्थ धेरै महत्व छ | उहाँ भन्नुहुन्छ : गौराङ्ग बोलिते हबे पुलक​-शरीर​ | यो जपको पूर्णता हो, कि जब हामीले जप गर्छौ वा गौरंगको नाम लिन्छौ, जसले यो संकिर्तन आन्दोलन सुरु गर्नुभयो, अचानक त्यहाँ शरीरको कम्पन हुन्छ | त यसको अनुकरण गर्नुहुदैन | तर नरोत्तम दास ठाकुरले निर्देशन दिनुभएको छ कहिले त्यो अनुकुल समय आउँछ, जब हामी गौरंगको नाम जप गर्छौ, त्यहाँ शरीरको कम्पन हुन थाल्छ | र, त्यो कम्पन पछि, हरि हरि बोलिते नयने ब​ऽबे नीर्, हरे कृष्ण जप गरेर आँखामा आँसु आउँछ | त्यसपछि उहाँले भन्नुहुन्छ, आर कबे निताइचन्द कोरुणा करिबे | हामीहरु सबैले नित्यानन्दको कृपा खोज्दै छौ | नित्यानन्द प्रभु हाम्रो वास्तविक अध्यात्मिक गुरु हुनुहुन्छ | त हामी नित्यानन्द प्रभुको कृपाद्वारा गौरंग वा चैतन्य महाप्रभुको नजिक जानुपर्छ | नित्यानन्द प्रभुको कृपा पाएका मानिसहरुका लक्षण के हुन्छन् ? नरोत्तम दास ठाकुर भन्नुहुन्छ जसले नित्यानन्द महाप्रभुको अहैतुकी कृपा पाएको हुन्छ, उसको कुनै अरु भौतिक इच्छा हुदैन | त्यो नै लक्षण हो | अर कबे निताइचन्द कोरुणा करिबे संसार​-वासना मोर कबे तुच्छ​ | संसार​-वासना ​भनेको भौतिक रामिलो गर्ने इच्छा, जब यो धेरै तुच्छ हुन्छ | वास्तव मै, जब हामीसँग यो शरीर छ हामीले धेरै कुराहरु स्विकार्नु पर्छ, भौतिक कुराहरु | तर रमाइलो गर्ने भावमा नभएर, शरीर र आत्मालाई संगै राख्न गर्नुपर्छ | त....उहाँले भन्नुहुन्छ : रूप रघुनाथ​-पदे हैबे आकुति | कहिले म छ गोस्वमीहरुले दिनुभएका पुस्तकहरु उत्सुकता भएर पढ्न सक्छु | अकुती भनेको उत्सुकता | एक...... किनकि रुप गोस्वमी भक्तिमय सेवाको पिता हुनुहुन्छ | उहाँले एउटा पुस्तक लेख्नु भएको छ, भक्ति रसामृत​-सिन्धु | यो पुस्तकमा त्यहाँ राम्रो बाटो दिएको छ | वास्तवमै चैतन्य - चरितामृत​, वा अरु पुस्तकमा..... हामीले यसको सार हाम्रो पुस्तक "चैतन्य महाप्रभुको दिव्य उपदेश" मा लेखिएको छ, त एकले राधा - कृष्णको प्रेममय प्रेम समबन्द, छ गोस्वमिका शिक्षाहरुद्वारा अध्यन गर्नुपर्छ | नरोत्तम दास ठाकुरले हामीलाई निर्देशन दिनुभएको छ कि, तिमीले राधा - कृष्णको प्रेममय समबन्द आफ्नै प्रयत्नमा बुझ्न नखोज | तिमीले गोस्वमीहरुले दिनुभएको बाटोबाट बुझ्न खोज्नुपर्छ | त नरोत्तम दास ठाकुर गाउँनु हुन्छ..... ( बिश्राम ) ...नरोत्तम | रुप - रघुनाथ -पदे हैबे आकुति कबे हाम बुझब श्री युगल​-पीरिति | युगल​-पीरिति भनेको प्रेममय सम्बन्ध | र अर्कोमा उहाँले गाउँनु हुन्छ विषय छाडिया कबे शुद्ध ह​ऽबे मन​ | यो मन, त जब सम्म यो मन भौतिक सोचाईमा माग्न हुन्छ, ऊ वृन्दावन राज्यमा प्रवेश गर्न सक्दैन | नरोत्तम दास ठाकुर भन्नुहुन्छ : विषय शुद्ध कबे शुद्ध ह​ऽबे मन​ | कहिले मेरो मन भौतिक चिन्ता र इच्छाबाट पुरै शुद्ध हुन्छ, तब मैले वृन्दावन के हो बुझ्न सक्छु, राधा - कृष्णबीचको प्रेममय समबन्द के हो बुझ्न सके भने मेरो अध्यात्मिक जीवन सफल हुन्छ |