NE/Prabhupada 0387 - गौराङ्गेर दूति पद तात्पर्य



Purport to Gaurangera Duti Pada -- Los Angeles, January 6, 1969


गौराङ्गेर सङ्गे-गणे, नित्य​-सिद्ध बोलि माने | जसले पनि चैतन्य महाप्रभुका पार्षदहरुलाई बुझेका छन्, उनीहरु साधारण आत्मा होइनन्......उनीहरु मुक्त आत्माहरु हुन् | नित्य​-सिद्ध बोले मानि | तिन प्रकारका भक्तहरु हुन्छन् | एक हो साधना​-सिद्ध​ | साधना​-सिद्ध​ भनेको भक्तिमय सेवाका नियमहरु पालन गर्ने भक्तहरु, यदि एक पूर्ण भयो भने, उसलाई साधना-सिद्ध भनिन्छ | अर्को भक्तलाई कृपा-सिद्ध​ भनिन्छ | कृपा-सिद्ध​ भनेको त्यस्तो भक्त जसले नियमहरु दृढ़तासँग पालन गर्दैन, फेरी पनि, आचार्य वा भक्तको कृपाबाट, वा कृष्णको कृपाबाट, ऊ पूर्णताको स्तरमा पुग्छ | त्यो विशेष गरी | र अर्को भक्तलाई नित्य - सिद्ध भनिन्छ | नित्य-सिद्ध भनेको उनीहरु कहिले पनि दूषित हुदैनन् | साधना सिद्ध र कृपा सिद्धहरु भौतिक सम्पर्कबाट दुषित भएका हुन्छन् , र नियमहरु पालन गरेर, वा भक्त र आचार्यको कृपाले, उनीहरु पूर्णताको स्तरमा पुग्छन् | तर नित्य - सिद्ध भनेको उनीहरु कहिलेपनि प्रदुषित हुँदैनन् | उनीहरु पहिला देखि नै मुक्त हुन्छन् | त चैतन्य महाप्रभुका सबै पार्षद जस्तै अद्वैत प्रभु, श्रीवास, गधाधर, नित्यानन्द, उहाँहरु सबै विष्णु-तत्त्व हुनुहुन्छ | उहाँहरु सबै मुक्त हुनुहुन्छ | उहाँहरु मात्रै नभएर, गोस्वमीहरुपनि..... अरु धेरै छन् | उनीहरु पहिले देखि नै मुक्त छन् | त जसले चैतन्य महाप्रभुका पार्षदहरु मुक्त छन् भनेर बुझ्छन्...... नित्य​-सिद्ध बले मानि, सेइ यय व्रजेन्द्र सुत​-पाश​ | तुरुन्तै ऊ कृष्णको धाममा प्रवेश गर्न योग्य हुन्छ | त्यसपछि उसले भन्छ, गौड​-मण्डल​-भूमि, येबा जानि चिन्तामणि | गौड​-मण्डल​ भनेको पश्चिम बंगालमा अवास्तित एक ठाउँ जहाँ चैतन्य महाप्रभुले आफ्ना लिला गर्नुभयो | नवद्वीप​मा, चैतन्य महाप्रभुको जन्मोत्सवमा, भक्तहरु जान्छन्, र चैतन्य महाप्रभुको लिलाका ठाउँहरु दर्शन गर्छन् | यसलाई नौ दिन लाग्छ | त पश्चिम बंगालको त्यो भागलाई गौड - मण्डल भनिन्छ | त नरोत्तम दास ठाकुर भन्नुहुन्छ, " जसले बुझ्छ कि कुनै भिन्नता छैन, वृन्दावन र यो स्थान बीच," तार हय व्रज​-भूमि वास​, " यो वृन्दावन बस्नु जस्तै राम्रो हुन्छ |" अनि उहाँ भन्नुहुन्छ, गौर​-प्रेम रसार्णर्वे | चैतन्य महाप्रभुका लिलाहरु कृष्णको प्रेममय सम्बन्धको सागर जस्तै छ | त्यसैले जसले यो सागरमा डुबुल्की लगाउँछ, गौर​-प्रेम रसर्नवे, सेइ तरङ्ग येबा डुबे | जस्तै जब हामी डुबुल्की लगाउँछौ र स्नान गर्छौ, र समुन्द्रको छालमा खेल्छौ | त्यसरी नै, जसले चैतन्य महाप्रभुको प्रेमको वितरण गर्ने समुन्द्रको छालमा आनन्द लिन्छ, त्यस्तो व्यक्ति तुरुन्तै भगवान कृष्णको आत्मीय भक्त बन्न पुग्छ | सेइ राधा-माधव​-अन्तरङ्ग​ |अन्तरङ्ग​ भनेको साधारण भक्त होइन | उनीहरु आत्मीय भक्तहरु हुन् | नरोत्तम दास ठाकुर भन्नुहुन्छ, गृहे वा वनेते थाके | " त्यस्ता भक्तहरुले चैतन्य महाप्रभुको आन्दोलनको छालमा आनन्द लिन्छन् ," किनकि ऊ भगवानको आत्मीय भक्त हुन्छ...... त्यसैले नरोत्तम दास ठाकुर भन्नुहुन्छ, " त्यस्ता भक्तहरु, यसले केहि फरक पर्दैन, चाहे ऊ सन्यास जीवनमा होस्, वा गृहस्थ होस् |" ग्रह | ग्रह भनेको गृहस्थ जीवन | चैतन्य महाप्रभुको आन्दोलनले तिमि सन्यासी बन भनेर भन्दैन | जसरी मायावादी सन्यासीहरु, निराकारवादी, संकराचार्य, उनीहरुले पहिलानै शर्त राख्छन् " तिमि पहिला सन्यास लिऊ र अध्यात्मिक प्रगतिको कुरा गर |" त शङ्कर सम्प्रदाय​मा कसैलाई पनि प्रामाणिक निराकरवादी मानिदैन जब सम्म उसले सन्यास लिएको छैन | तर यहाँ, चैतन्य महाप्रभुको आन्दोलनमा त्यस्तो केहि सिमा छैन | अद्वैत प्रभु, उहाँ एक गृहस्थ हुनुहुन्थ्यो | नित्यानन्द प्रभु गृहस्थ हुनुहुन्त्यो | गदाधर, उहाँ गृहस्थ हुनुहुन्थ्यो | र श्रीवास, उहाँपनि गृहस्थ हुनुहुन्थ्यो | र चैतन्य महाप्रभुले पनि दुईचोटी विवाह गर्नुभयो | त यसले फरक पर्दैन | नरोत्तम दास ठाकुर भन्नुहुन्छ, सन्यासी होस्, वा गृहस्थ जीवनमा होस्, यसले फरक पर्दैन | यदि उसले चैतन्य महाप्रभुको आन्दोलनमा भाग लिएको छ भने, र वास्तवमा यसको बारेमा बुझेर, भक्तिको सागरमा उसले आनन्द लिन्छ भने त्यस्तो व्यक्ति सधै मुक्त हुन्छ | र नरोत्तम दास ठाकुर उसको संगको लागि सधै आकांक्षी हुनुहुन्छ | यो नै यो भजनको मूल र सार हो |