NE/Prabhupada 0389 - हरि हरि बिफले तात्पर्य



Purport to Hari Hari Biphale -- Hamburg, September 10, 1969


हरि हरि ! बिफाले जनाम गोङाइनु | यो भजन नरोत्तम दास ठाकुरबाट लेखिएको हो, एक निष्ठावान आचार्य, जो चैतन्य महाप्रभुको सम्प्रदायबाट आउँनु भएको छ, गुरु शिष्य परम्परा मा | उहाँले धेरै भजनहरु गाउँनु भएको छ, महत्वपूर्ण भजन, र उहाँका भजनहरुमा वैदिक निष्कर्ष पाईन्छन् | धेरै नै आधिकारिक भजन | त उहाँ भन्नुहुन्छ, भगवान कृष्णलाई प्राथना गर्दै हुनुहुन्छ, " मेरो प्यारो भगवान," हरि हरि, "मैले आफ्नो जीवन नाश गरेको छु |" हरि हरि बिफाले जनम गोङाइनु | तिमीले आफ्नो जीवन नाश किन गर्यौ ? उहाँ भन्नुहुन्छ, मनुष्य​-जनम पाइया, " मैले यो मनुष्य जीवन पाए," राधा-कृष्ण ना भजिया, " तर मैले राधा कृष्णको पुजा गर्न वास्ता गरिन | त्यसैले मैले आफ्नो जीवन नाश गरेको छु |" र त्यो कसरि ? यो जानी बुझी विष खानु जस्तै हुन्छ | यदि कसैले अन्जानमा विष लिन्छ भने, त्यहाँ माफी हुन्छ, तर यदि उसले जानी बुझी विष लिन्छ भने, त्यो आत्महत्या हुनजान्छ | त उहाँ भन्नुहुन्छ " मैले यो जीवनमा राधा कृष्णको पुजा नगरेर आफैले आत्महत्या गरेको छु |" त्यसपछि उहाँ भन्नुहुन्छ, गोलोकेर प्रेम​-धन​, हरि-नाम​-सङ्कीर्तन​ | यो कृष्ण चेतना आन्दोलन, संकिर्तन आन्दोलन कुनै भौतिक कुरा होइन | यो सिधै अध्यात्मिक राज्य गोलोक वृन्दावनबाट आयात गरिएको हो | त गोलोकेर प्रेम​-धन​ | र यो कुनै साधारण भजन होइन | यो केवल भगवानको प्रेमको खजाना हो | त....." तर मलाई यो मा कुनै आकर्षण नै छैन |" रति ना जन्मिलो केने ताय् | " यसको विपरीत, मलाई यसमा कुनै आकर्षण छैन | " विषय​-बिषानले, दिबा-निशि हिया ज्वले, " र मैले यो स्वीकार गरिन, त्यसैले यो भौतिक अस्तित्वको प्रज्वलित आगोले निरन्तर मलाई जलाई रहेको छ |" दिबा-निशि हिया ज्वले | " दिन रात मेरो हृदय जलिरहेको छ, यो भौतिक अस्तित्वको विषालु प्रभावले गर्दा |" र तरिबरे ना कोइनु उपाय् | " तर मैले यसको लागि कुनै उपाय नै निकालिन |" अर्को शब्दमा, यो भौतिक अस्तित्वको प्रज्वलित आगोको उपाय भनेको संकिर्तन आन्दोलन हो | यो अध्यात्मिक दुनियाबाट आएको छ | र यसलाई कसले आयात गरेको हो ? कसले ल्याएका हो ? त्यसपछि उहाँ भन्नुहुन्छ, ब्रजेन्द्र​-नन्दन जेइ, शचि-सुत होइलो सेइ | ब्रजेन्द्र​-नन्दन ब्रजका राजाका पुत्र | उहाँ कृष्ण हुनुहुन्छ | कृष्णलाई नन्द महाराजको पुत्र भनेर चिनिन्छ | उहाँ ब्रजभुमिका राजा हुनुहुन्थ्यो | त ब्रजेन्द्र​-नन्दन जेइ, उही व्यक्तित्व जो पहिले नन्द महाराजकापुत्रको रुप, अहिले उहाँ सचि माताको पुत्रको रुपमा आउनुभएको छ | शचि-सुत होइलो सेइ | र बलराम होइलो नितई | र भगवान बलराम नित्यानन्द हुनुभएको छ | त यी दुई दाजु भाई बद्ध जीवको उद्धारको लागी अवतरित हुनुभएका छन् | पापी-तापी जत छिलो | यो दुनियामा जतिनि बद्ध जीवहरु थिए, उहाँहरुले केवल यो जपको प्रक्रियाबाट उनीहरुको उद्धार गर्नुभएको छ | हरि-नामे उद्धारिलो, केवल यो जपको प्रक्रियाबाट | यो कसरि सम्भव छ ? तब उहाँ भन्नुहुन्छ, तार साक्षी जगाइ र माधाइ | जीवित उदाहरण दुई भाई, जगाई र मधाई हुन् | यी जगाई र मधाई, दुई भइ, उनीहरुले ब्राह्मण परिवारमा जन्म लिएका थिए, तर उनीहरु सबै भन्दा ठुला ठग थिए | र... वास्तव मै, आजकाल यो समयमा, उनीहरुको योग्यतालाई ठग मानिदैन | उनीहरु ठग थिए किनकि उनीहरु जड्या र स्त्री लम्पट थिए | तसर्थ उनीहरुलाई ठग भनिन्छ | र मांसाहारी पनि | त.....पछि उनीहरु चैतन्य मह्प्रभु र नित्यानन्द प्रभुद्वारा उद्धार गरिएका थिए | त नरोत्तम दास ठाकुरको ब्याख्याले भन्छ किन कि यो समयमा, चाहे मानिसहरु जड्या छन्, स्त्री लम्पट, मांसाहारी, र अरु......,जुवाडे छन्, र सबै खालका पापका नायक, तब, यदि उनीहरुले यो कृष्ण चेतनाको आन्दोलन र हरे कृष्ण जपमा संलग्न भए भने, उनिहरुको उद्धार हुन्छ, नि:सन्देह | यो चैतन्य महाप्रभुको आशिर्वाद हो | तब नरोत्तम दास ठाकुर प्राथना गर्नुहुन्छ, हा हा प्रभु नन्द​-सुत​, वृषभानु-सुता-जुत​ | " मेरो प्यारो कृष्ण, तिमि नन्द महाराजको पुत्र हुनुहुन्छ, र तपाईको शाश्वत संगिनी वृषभानु दुलाली राधारानी हुनुहुन्छ | र तपाईहरु सँगै यहाँ उठ्नु भएको छ |" नरोत्तम दास कहे, ना ठेलिहो राङ्गा पाय्, " अब म तपाईमा समर्पण भएको छु , कृपया मलाई लात हानेर पर नपठाउँनु होस्, वा मलाई आफ्ना चरण कमलले धक्का नदिनुहोस्, किनकि मसँग अरु कुनै आश्रय छैन | मैले अरु कुनै तरिका नभएर तपाइको चरण कमलमा आफुलाई समर्पण गरेको छु | त कृपया मलाई स्वीकार गरेर मलाई उद्धार गर्नुहोस् |" यो नै यो भजनको मूल सार हो |